आर्थिक

    Showing ४४१-४५० of १,०५४ items.
  • नाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गरे पदभार ग्रहण

    काठमाडौंः बिहीबार नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गरेका छन् ।केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन् । चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २६४ पटक पढिएको
  • दुई दिनको गिरावटपछि महिनाको अन्तिम कारोबार दिन उकालो लाग्यो शेयर बजार

    इटहरी । चुनावपछि सोमबार बजार खुल्नासाथ शेयर खरीदमा आक्रामक देखिएका लगानीकर्ता मंगलबार र बुधबार भने बिक्रीमा आक्रामक देखिए । मंगलबार खरीदकर्ता र बिक्रीकर्ताबीच प्रतिष्पर्धा देखिँदा १ घण्टामै झण्डै ११ अर्बको कारोबार समेत भएको थियो ।मंगलबार र बुधबार घटेको शेयर बजार हिजो बिहीबार भने ० दशमलव ८५ प्रतिशत अर्थात् २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर १ लाख ३० हजार १५ पटक किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० रुपैयाँको शेयर किनबेच भएको छ ।सबैभन्दा बढी बैकिङ समूह २.०२ प्रतिशतले बढ्दा फाइनान्स समूह १.३० प्रतिशत, विका

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ३१४ पटक पढिएको
  • इटहरीमा आइतबारदेखि टिभिएस एक्सचेञ्ज मेला : लाइफटाइम इन्जिन वारेन्टीसहित आकर्षक अफर

    इटहरी- इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला आइतबारदेखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स प्रा.लि.को आयोजनामा इटहरीको पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्समा चैत्र १ गते आइतबारदेखि चैत्र ६ गतेसम्म ‘टिभिएस एक्सचेञ्ज मेला’ सञ्चालन हुन लागेको हो।मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ।यसका साथै मेलामा अनुभवी भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको उच्च मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ। ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस बाइक वा स्कु

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ३७० पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २०५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकिएको छ ।महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ ।हिजो सुनको मूल्य तोलामा २००० रुपैयाँ बढेको थियो भने चाँदीको मूल्य स्थिर रहेको थियो ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १४१ पटक पढिएको
  • यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनियम दर

    इटहरी ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पै

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १२४ पटक पढिएको
  • शेयर बजारमा नाफा बुकको सिलसिला बुधबार पनि जारी, बजारमा १ दशमलव ६४ प्रतिशतको गिरावट

    इटहरी ।  सोमबार लगातार तीन सर्किट लागेर १२ बजे नै बन्द भएको शेयर बजारमा मंगलबार र बुधबार नाफा बुक गर्ने बिक्रेता हाबी भएका छन् । मंगलबार उच्च अंकले घटेको नेप्से परिसूचक बुधबार पनि ४६.७८ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७९६.५७ विन्दुमा अडिएको छ ।बुधबार नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।सामुहिक लगानी कोषबाहेक सबै समूह राताम्य भएका छन । सामुहिक लगानी कोष ०.३४ प्रतिशतले बढ्दा फाइनान्स समूह २.०८ प्रतिशतले घटेको छ ।सूचक घटेको बजारमा सालपा विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढ्दा नेशनल हाइड्रो

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २२६ पटक पढिएको
  • सुनको भाउ ३८०० रुपैयाँ बढ्यो, चाँदीको ३१० रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ३१० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला ३ लाख १७ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १७२ पटक पढिएको
  • स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओ निष्काशन गर्दै टक्सार पिखुला खोला हाइड्रोपावर

    इटहरी । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।सो कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । सो शेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १७४ पटक पढिएको
  • अघिल्लो दिन ६ प्रतिशतले बढेको शेयर बजारमा आज १ दशमलव ११ प्रतिशतको गिरावट

    इटहरीः  निर्वाचनको नतिजापछि हिजो उच्च प्रतिशतले बढेर तीन पटक सर्किट ब्रेक लगाउनुपरेको शेयर बजारमा आज भने बिक्री दबाब पर्दा १ दशमलव ११ प्रतिशत अर्थात् ३२ दशमलव ०८ अङ्कले घटेको छ ।बजार खुलेको एक घण्टामा नै १० अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा बाँकी तीन घण्टामा १० अर्ब ६० करोड रुपैयाँको कारोबार भएको हो ।आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २ लाख ५ हजार ६११ पटक कारोबार भएको नेप्सेले जनाएको छ ।कारोबारमा आएका कम्पनीमध्ये १७८ को मूल्य घटेको थियो ।आज ङादी ग्रुप पावरको मात्रै १ अर्ब ९ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँको शेयर किनबेच भएको थियो ।आँखुखोला जलविद्युत कम

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १९६ पटक पढिएको
  • सुनको भाउ ३८०० रुपैयाँ बढ्यो, चाँदीको ३१० रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ३१० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला ३ लाख १७ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २०३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल