इटहरी । सरकारले डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य बढाएको छ ।निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई ईन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर २३७ रुपैयाँ र आन्तरिक हवाई ईन्धनको मूल्य २५६ रुपैयाँ पुगेको छ ।एलपीजी ग्यास र पट्रोलको मूल्य भने बढाइएको छैन ।
इटहरी । आज नयाँ वर्ष २०८३ सालको पहिलो पटक शेयर कारोबार हुँदा नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ अङ्कमा अडिएको छ । सबै समूहमा हरियाली छाएको छ ।होटल तथा पर्यटन समूह सर्वाधिक अर्थात् ३.१६ प्रतिशतले बढेको दिन आज नेप्सेमा सूचीकृत ३४४ कम्पनीको शेयर किनबेच भएको छ । १ लाख २३ हजार ३५९ पटककको कारोबारमा २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ रुपैयाँको शेयर कारोबार भएको छ ।व्यापार समूह २.३३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, विकास बैंक समूह १.५३ प्रतिशत, बैंकिङ समूह १.३० प्रतिशत, फाइनान्स समूह १.२१ प्रतिशत, लगानी समूह ०.८९ प्रतिशत, जीवन बीमा
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
इटहरी । आज बजार खुलेदेखि नै नेपाली शेयर बजार मापक परिसूचक (नेप्से) उकालो लागेको छ । दिउँसो १ बजेसम्म अर्थात् २ घण्टामा शेयर बजार ४४ अङ्कले बढेको छ भने कारोबार ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको भएको छ ।अहिले नेप्से २८७७ बिन्दुको आसपासमा कारोबार भइरहेको छ । कारोबार रकम ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेण्टको कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, सोलु हाइड्रोपावर ङादी ग्रुप पावको सर्वाधिक कारोबार भएको छ ।
इटहरी । ७ वर्षपछि आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । गणनाका लागि देशभर गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुने र गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिने बताइएको छ ।गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने भएको छ ।वि.सं. २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा
इटहरी । नेपाल धितोपत्र बोर्डले शेयर बजार परिसूचक (नेप्से) मा उच्च अङ्कको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) केही खुकुलो बनाउने भएको छ । हाल ६ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याइने भएको छ ।बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनलाई अन्तिम रूप दिँदै सर्किट ब्रेकरको सीमा थप २ प्रतिशत बिन्दुले बढाउने भएको हो । पूर्व अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठन भएको सेयर बजार सुधार सुझाव कार्यदलको सुझावअनुसार सर्किट ब्रेकरको सीमा परिवर्तन हुन लागेको हो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांङ्लाई इक्वीटी इन्डेक्सको र
इटहरी । वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि पनि ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा १९ वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।बैंकहरुले २०८३ बैशाख महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर औसतमा ० दशमलव ०९४ प्रतिशतले घटेको हो ।चैत महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ४ बैंकहरुले अधिकतममा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा तीन बैंकहरुले ब्याजदर घटाएपछि १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो । चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५ प्रतिशतसम्म ब्
इटहरी । मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुने भएको छ ।मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने र केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहने सम्झौता भएको छ । जीवन विकासका हालका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्ने भएका छन् ।मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको र २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न भइसक्ने बताइएको छ ।
इटहरी । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा अडिएको छ । ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार १८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको शेयर किनबेच भएको छ ।आज ६ वटा समूहमा हरियाली छाउँदा ७ वटा समूहमा रातो पोतिएको छ । आज होटल समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्दा जलविद्युत समूह ०.६६ प्रतिशत, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, सामुहिक लगानी कोष ०.३६ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढेको छ ।आज अन्य समूह सर्वाधिक अर्थात् १.६२ प्रतिश
इटहरी । नयाँ सरकार बनेको १७ औँ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । हिजो सार्वजनिक सम्पत्ति विवरण हेर्दा मन्त्रिपरिषद्का सबै सदस्यहरूको व्यक्तिगत र पारिवारिक आर्थिक अवस्था उन्नत देखिन्छ । अधिकांश मन्त्री उच्च वर्गका र केही मध्यम आर्थिक अवस्थाका देखिन्छन् ।भ्रष्टाचार निवारण ऐनमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । तर यसरी बुझाएको विवरण सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता छैन । त्यसैले विवगतका केही मन्त्रिपरिषद्ले विवरण बुझाए पनि सार्वजनिक गरेका थिएनन् ।जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले पनि विवरण सार्