आर्थिक

    Showing ५६१-५७० of १,०५५ items.
  • लोमान्थाङबाट २ करोड बढीको भेप बोकेको कन्टेनरसहित १ जना नियन्त्रणमा

    इटहरी । मुस्ताङको लोमान्थाङ  गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर चालक हुन् ।ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।उनका अनुसार नेपाल-चीन सिमानाको कोरोला नाका अगाडिबाट ८० कार्टुन भेपसहित लामालाई नियन्त्रणमा लिइएको हो ।बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २४८ पटक पढिएको
  • सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

    इटहरी । सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • १५३ पटक पढिएको
  • सुन र चाँदीको भाउ दुवैले बनाए हालसम्मकै उच्च मूल्यको रेकर्ड

    विराटचोकः आज सुन र चाँदी दुवैको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेका छन् । आज सुनको भाउ तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको २०५ रुपैयाँ बढेको छ । यो सँगै सुनको भाउले पुस १३ गते कायम गरेको उच्च मूल्यको रेकर्ड तोडेको हो । हिजो पनि सुनको भाउ पुस १३ गतेकै मूल्यमा पुगेको थियो । चाँदीको भाउले हिजो कायम भएको उच्च मूल्यको रेकर्ड तोडेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ७४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार १९५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा २१०

    • प्रकाशित मितिः पुस २८, २०८२
    • १७५ पटक पढिएको
  • बेलबारी महोत्सवमा आज दिउँसो ‘चलचित्रबाट ग्रामीण समृद्धि तर्फको यात्रा’ विषयमा बहस तथा साँझमा ‘दि फिरन्ते’को विशेष प्रस्तुति हुने

    बेलबारी  हिजोदेखि दोस्रो बेलबारी महोत्सव शुरु भएको छ । महोत्सवको कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उद्घाटन गर्नुभएको छ । आयोजक बेलबारी उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा दिनहुँ नयाँ नयाँ विषयमा बहस कार्यक्रम हुनेछन् भने साँझमा साङ्गीतिक प्रस्तुति रहने भएका छन् ।आयोजकका अनुसार आज दोस्रो दिन दिउँसोको बहस कार्यक्रम चलचित्र र ग्रामीण समृद्धि विषयमा रहेको छ । आयोजकका अनुसार ‘चलचित्रबाट ग्रामीण समृद्धितर्फको यात्रा’ शीर्षकमा महोत्सव स्थलमा दिउँसो १२ बजे हुने कार्यक्रममा चलचित्र निर्माता विशाल भण्डारी प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ । कार्यक्रमको सहजीकरण कलाक

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १५३ पटक पढिएको
  • दोस्रो बेलबारी महोत्सव शुरु, प्रदेश स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

    बेलबारीः माघ ५ गतेसम्म चल्ने दोस्रो बेलबारी महोत्सवको शुक्रबार उद्घाटन भएको छ । प्रदेश स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले महोत्सवको उद्घाटन गर्नुभएको हो ।महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री लिम्बूले बेलबारीको समृद्धिको लागि महोत्सव कोशेढुङ्गा बनोस् भन्ने कामना गर्नुभयो । महोत्सवले लगानीकर्तालाई लगानी गर्न इच्छुक बनाओस् लगानीकर्ताको लगानीको संरक्षण गर्न कोशी प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले देशमा पर्यटन व्यवसायको क्षेत्र बिस्तार ह

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १८३ पटक पढिएको
  • आज दोस्रो बेलबारी महोत्सव मुख्यमन्त्रीले उद्घाटन गर्ने

    इटहरी ।  बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि माघ ५ गतेसम्म मोरङको बेलबारीमा दोस्रो बेलबारी महोत्सव सञ्चालन हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महोत्सवको उद्घाटन गर्नुहुने भएको छ ।संघका महासचिव विवेक मिश्रका अनुसार महोत्सवमा बेलबारीका ९ वटै वडाका स्टल महोत्सवमा राखेर स्थानीय तथा कृषि उत्पादनको प्रवद्र्धन गरिने भएको छ ।संघका सचिव तथा कलाकार व्यवस्थापन संयोजक रुपेश श्रेष्ठका अनुसार महोत्सवभर हरेक साँझ साङ्गीतिक प्रस्तुति पनि रहनेछन् । जसअन्तर्गत पहिलो दिन आज द स्मृति ब्याण्ड र गायक राजनराज शिवाकोटीको आज विशेष प्रस्तुति रहनेछ ।महोत्सवबाट लगभग ४० लाख रुप

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १७२ पटक पढिएको
  • पाल्पा सिमेन्टले आजदेखि स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री गर्दै

    इटहरी ।  पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रकमबराबरको रु. १०० अंकित दरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गरी बिक्री वित

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १६७ पटक पढिएको
  • अमेरिकी डलरको भाउ पुग्यो हालसम्मकै उच्च बिन्दुमा

    इटहरी ।  अमेरिकी डलरको भाउले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा थियो ।नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा कायम गरिए

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २३७ पटक पढिएको
  • साताको अन्तिम कारोबार दिन साढे ४ अंक बढ्यो नेप्से

    इटहरी । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार सूचक नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात् ४.५९ अंकले बढेर २ हजार ६४०.५४ विन्दुमा रोकिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर ६९ हजार २६१ पटक किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो ५ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको थियो ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा बिहीबार हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.४९ प्रतिशतले बढेको छ । फाइनान्स समूह सर्वाधिक अर्थात् ०.४४ प्रतिशतले घटेको छ ।बढेको बजारमा  एसवाई प्यान

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २०२ पटक पढिएको
  • भारतबाट चामल आयातको बाढी, बजारमा मूल्यमा ठूलो गिरावट उपभोक्तालाई राहत, स्वदेशी कृषक चिन्तित

    विराटनगर। पछिल्लो समय बजारमा अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदै उपभोक्ताको ढाड सेकाइरहेका बेला चामलको मूल्यमा भने उल्लेखनीय गिरावट आएको छ। स्वदेशी नयाँ धान भित्रिनुका साथै भारतबाट ठूलो परिमाणमा धान–चामल आयात भएपछि बजारमा चामलको भाउ प्रतिबोरा (२५ केजी) २०० देखि ५०० रुपैयाँसम्म सस्तिएको हो।खुद्रा व्यापार संघका अनुसार धान काट्ने सिजन सकिएपछि मिलहरूबाट नयाँ चामल बजारमा आउन थालेको छ। त्यसमाथि भारतबाट सस्तो दरमा आयात बढ्दा आपूर्ति अत्यधिक भएकाले मूल्य घट्न पुगेको संघको भनाइ छ। “मागको तुलनामा आपूर्ति धेरै भयो, जसको सीधा असर मूल्यमा देखिएको छ,” संघका एक पदाधिकारीले बताए।नयाँ मूल्यसूचीअनुसार

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल