इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २००० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८३५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो । चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
बेलबारीः भोलिदेखि मोरङको बेलबारीमा ‘दोस्रो बेलबारी महोत्सव २०८२’ सञ्चालन हुने भएको छ ।महोत्सव आयोजक बेलबारी उद्योग वाणिज्य संघले हिजो मेलास्थलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवले स्थानीय आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने आयोजकले जनाएको छ ।‘स्थानीय उत्पादनलाई प्राथमिकता–स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि दिउँसो १ बजे गर्ने तय भएको छ ।बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले महोत्सवलाई ३ लाखभन्
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३औँ वार्षिक साधारणसभा विराटनगरस्थित श्रीकृष्ण होटलमा भव्य रूपमा सम्पन्न भएको छ । साधारणसभाले आगामी कार्यकालका लागि राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै पद तथा गोपनीयताको सपथग्रहण पनि सम्पन्न गरेको छ ।संघका अध्यक्ष डा. डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल रहनु भएको थियो । विशिष्ट अतिथिका रूपमा कोशी प्रदेश अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापाको उपस्थिति रहेको थियो ।,सहकारी क्षेत्रमा सुधार र पारदर्शितामा जोडकार्यक्रममा
इटहरीः बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले पछिल्लो समय बिग मर्जरको नीति लिएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई नै बिग मर्जरमा जान उत्प्रेरित गरिरहेको बेला मुक्तिनाथ विकास बैंकको हालै सम्पन्न साधारण सभाले भने वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको छ । अब मुक्तिनाथ विकास बैंकलाई वाणिज्य बैंकको कारोबार गर्न राष्ट्र बैकले अनुमति दिन्छ कि दिँदैन भन्ने चासोको विषय भएको छ ।कान्छो वाणिज्य बैंक सेञ्चुरी बैंकलाई नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको अनुमति दिँदा वाणिज्य बैंकको सङ्ख्या ३२ पुगेको थियो । राष्ट्र बैंकले लिएको बिग मर्जरको नीतिपछि कान्छो बैंक सेञ
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट पनि करदाता सेवा प्रवाह आजदेखि औपचारिक रूपमा शुरु गरिएको छ ।आज सुन्दरहरैंचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोकको संयुक्त आयोजनामा भएको कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो । नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यावसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्दै सेवा प्रवाह शुरु गरिएको हो ।प्रशासनिक हस्तान्तरणमार्फत् संघीयता सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले बताउनुभयो ।प्रमुख प्रशास
विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १९५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८८० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको थियो ।
इटहरी । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता साधारण शेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मस्र्य
इटहरी । सेयरबजारमा सोमबार २८.७३ अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेर २६३९.३७ विन्दुमा चढेको हो। यस दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ। १ करोड २४ लाख कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो। योसँगै २१४ वटा सेयरको मूल्य बढेको छ, त्यस्तै ३७ वटाको घटेको र ८ वटाको आइतबारकै मूल्यमा किनबेच भएको छ। आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युतको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः १८३.३०, ११२.१०, ९३.९०, ८१.७० र ६७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। आज घटेका सेयरम
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ६८५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको थियो ।
इटहरी । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरूको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो ।साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ क