आर्थिक

    Showing ६२१-६३० of १,०५५ items.
  • सुनको भाउ २००० रुपैयाँ घट्यो, चाँदीको ७५ रुपैयाँ

    विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २८० पटक पढिएको
  • इटहरीमा टिभिएसको महा अफर : एक्सचेन्ज, क्यास डिस्काउन्ट र नागरिकतामै फाइनान्स

    इटहरी : नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा इटहरीमा ‘टिभिएस एक्सचेन्ज महा मेला’ सञ्चालन हुने भएको छ।इटहरी राजस्वढाटस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्समा पौष ६ गतेदेखि पौष ११ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनाएको छ।मेलामा जुनसुकै ब्रान्डका पुराना बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ। ग्राहकलाई लक्षित गरी मेलामा विभिन्न आकर्षक अफरहरू उपलब्ध गराइने जगदम्बा मोटर्सले जानकारी दिएको छ।अफरअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्यांकन रु. ३० हजारसम्म, रु. ८ हजारसम्म क्यास डिस्काउन्ट, रु. १० हजारसम्म भ्यालु एडिसन, निःशुल्क एक्से

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ५५३ पटक पढिएको
  • पुस ७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ मिल्स

    इटहरी ।  सर्वसाधारण लगानीकर्ताका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।बुक बिल्डिङमार्फत् कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । तर बुक बिल्डिङमार्फत् निस्कासन हुने आईपीओका लागि ८२० रुपैयाँ ८० पैसा मू

    • प्रकाशित मितिः पुस ३, २०८२
    • २७२ पटक पढिएको
  • स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भुजुङ हाइड्रोपावर आजदेखि आईपीओ निष्काशन गर्दै

    इटहरी । भुजुङ हाइड्रोपावर लिमिटेडले आज पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।सो कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्

    • प्रकाशित मितिः पुस ३, २०८२
    • २७४ पटक पढिएको
  • पुस २५ गतेदेखि दोस्रो बेलबारी महोत्सव

    बेलबारीः यही पुस २५ गतेदेखि माघ ५ गतेसम्म बेलबारी–३, पुरानो मालपोत लाइनमा स्थानीय उद्योग, कृषि, पर्यटन र उद्यमशीलतालाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित ‘दोस्रो बेलबारी महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ ।बेलबारी उद्योग वाणिज्य संघले हालै पत्रकार सम्मेलनमार्फत् महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सवको प्रचार–प्रसारको मुख्य सामग्रीका रूपमा निर्माण गरिएको ज्याकेट पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । संघका निवर्तमान अध्यक्ष तथा बेलबारी–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी र संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले संयुक्त रूपमा ज्याकेट सार्वजनिक गर्नुभएको हो ।“स्वदेशी उत्पादन, स्वावलम्बी अर्थतन्त

    • प्रकाशित मितिः पुस ३, २०८२
    • २७२ पटक पढिएको
  • नेपाल उद्योग परिसंघद्वारा उच्च करदाता सम्मानित

    काठमाडौंः राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई नेपाल उद्योग परिसंघले पनि सम्मान गरेको छ ।सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।जसअनुसार वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रा.लि., विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने सोल्टी होटेल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल

    • प्रकाशित मितिः पुस २, २०८२
    • २२४ पटक पढिएको
  • चाँदीको मूल्यमा बन्यो आज फेरि नयाँ रेकर्ड

    इटहरी ।  आज नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढे पनि उच्च मूल्यको रेकर्डभन्दा तलै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । 

    • प्रकाशित मितिः पुस २, २०८२
    • २७७ पटक पढिएको
  • अमेरिकी डलरको भाउले आज फेरि तोड्यो हिजोको रेकर्ड

     इटहरी । आज पनि अमेरिकी डलरको मूल्यले उच्च मूल्यको कीर्तिमानी बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य १४६ रुपैयाँ पुग्न लागेको छ ।नेपाल राष्ट्र बैंकद्वारा आज बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा तोकिएको छ । हिजो भन्दा आज डलरको मूल्य ४७ पैसा बढेको हो ।आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर

    • प्रकाशित मितिः पुस २, २०८२
    • १८५ पटक पढिएको
  • पुसमा पनि घट्यो बैंक ब्याजदर

    इटहरी । वाणिज्य बैंकहरुले पुस महिनामा पनि ब्याजदर घटाएका छन् । अब व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकको अधिकतम ब्याजदरको औसत ५ प्रतिशतभन्दा तल झरेको छ । २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन् ।पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेमा वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतबिन्दु कायम भएको छ । मंसिर महिनाको अधिकतम औसत ब्याजदर ५.०४०५ प्रतिशतविन्दु थियो ।मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५

    • प्रकाशित मितिः पुस १, २०८२
    • २२४ पटक पढिएको
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

    आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । यो हालसम्मकै उच्च विनिमय दर हो ।युरोपियन युरोको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा कायम गरिएको छ ।पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • १८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल