आर्थिक

    Showing ६३१-६४० of १,०५९ items.
  • चाँदीको मूल्यमा बन्यो आज फेरि नयाँ रेकर्ड

    इटहरी ।  आज नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढे पनि उच्च मूल्यको रेकर्डभन्दा तलै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । 

    • प्रकाशित मितिः पुस २, २०८२
    • २७७ पटक पढिएको
  • अमेरिकी डलरको भाउले आज फेरि तोड्यो हिजोको रेकर्ड

     इटहरी । आज पनि अमेरिकी डलरको मूल्यले उच्च मूल्यको कीर्तिमानी बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य १४६ रुपैयाँ पुग्न लागेको छ ।नेपाल राष्ट्र बैंकद्वारा आज बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा तोकिएको छ । हिजो भन्दा आज डलरको मूल्य ४७ पैसा बढेको हो ।आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर

    • प्रकाशित मितिः पुस २, २०८२
    • १८६ पटक पढिएको
  • पुसमा पनि घट्यो बैंक ब्याजदर

    इटहरी । वाणिज्य बैंकहरुले पुस महिनामा पनि ब्याजदर घटाएका छन् । अब व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकको अधिकतम ब्याजदरको औसत ५ प्रतिशतभन्दा तल झरेको छ । २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन् ।पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेमा वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतबिन्दु कायम भएको छ । मंसिर महिनाको अधिकतम औसत ब्याजदर ५.०४०५ प्रतिशतविन्दु थियो ।मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५

    • प्रकाशित मितिः पुस १, २०८२
    • २२५ पटक पढिएको
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

    आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । यो हालसम्मकै उच्च विनिमय दर हो ।युरोपियन युरोको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा कायम गरिएको छ ।पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • १८३ पटक पढिएको
  • पेट्रोलको मूल्य २ रुपैयाँ बढ्दा ४ रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको

    विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थपघट गरेको छ पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको छ ।खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • २९१ पटक पढिएको
  • तोलाको २ लाख ६० हजार पुगेर सुनको भाउले फेरि बनायो उच्च मूल्यको रेकर्ड

    विराटचोकः आज फेरि सुनको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । तोलाको २ लाख ६० हजार ७०० रुपैयाँ पुगेर सुनको भाउले शुक्रबार कायम उच्च मूल्यको रेकर्ड तोडेर हालसम्मको उच्च मूल्यको रेकर्ड कायम गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ हजार ९०० रुपैयाँ बढेर २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेर तोलाको ३ हजार ८७० रुपैयाँ पुगेको छ ।शुक्रबार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको थियो । चाँदीको भाउ भने तोलामा ८० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३७४ पटक पढिएको
  • सुनको भाउ हालसम्मकै उच्च मूल्यमा

    इटहरी । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको हो भने चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ८२५ रुपैयाँ निर्धारण भएको छ । सुनको भाउले शुक्रबार कायम भएको उच्च मूल्यको रेकर्डलाई आज पनि तोडेको हो ।शुक्रबार सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २३१ पटक पढिएको
  • धरानमा टिभिएस एक्सचेन्ज मेला : पुरानो साटेर नयाँ, नागरिकता-मात्रैमा फाइनान्स

    धरान - नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको ‘टिभिएस एक्सचेन्ज मेला’ धरानमा आयोजना हुने भएको छ। धरानस्थित आधिकारिक बिक्रेता न्यु कुष्ण टेडसले मंसिर २८ देखि पौष ४ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ।मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टिभिएस बाइक/स्कुटर लिन सकिनेछ। ग्राहकका लागि मेलामा विशेष अफरहरू उपलब्ध रहनेछन्—रु ३० हजारसम्मको न्यूनतम मूल्यांकन, रु ८ हजारसम्मको क्यास डिस्काउन्ट, रु १० हजारसम्मको भ्यालु एडिसन, फ्रि एक्सेसरीज, निशुल्क हेल्मेट, लाइफटाइम वारन्टी तथा नागरिकतामात्रैमा फाइनान्स सुविधा।न्यु कुष्ण टेडसका अनुसार मेलाले पुरानो सवारी साटेर नयाँ टिभि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ५३५ पटक पढिएको
  • चाँदीको भाउले आज पनि तोड्यो हिजो कायम भएको उच्च मूल्यको रेकर्ड

    इटहरी ।  आज पनि चाँदीको भाउले उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । हिजो कायम भएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५३ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ८०५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ बढेको थियो । हिजो चाँदीको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २५९ पटक पढिएको
  • वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक

    विराटचोकः सालपा विकास बैंक लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात् १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल