विराटचोकः शनिबार सुकुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सुकुना बहुमुखी क्याम्पसको सभा हलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष टीकाप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सो समितिका संयोजक होमप्रसाद खनालले प्रस्तुत गरेका थिए । साधारणसभामा पुरस्कार र प्रशंसापत्र वितरण, नयाँ सदस्य स्वागत तथा छलफल प्रतिवेदन पारित लगायतका कार्यक्रम सञ्चालन गरिएका थिए ।संस्थाका व्यवस्थापक शारदा ढकालका अनुसार शेयर सदस्य नरेन्द्र बस्नेतकी बुहारी प्रीतिका बस्नेतलाई एमफिल गरेकोमा प्रोत्साहनस्वरूप २५ हजार रूपैयाँ प्रदान गरी
इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ प्रति तोला १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला २० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा २९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको थियो ।
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १३५ रुपैयाँ तोकिएको छ ।शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको थियो ।
भोजपुर । भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ । व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापा बताउनुभयो । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, कोदोको घाँस थ
इटहरी । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०३ प्रतिशत अर्थात् ०.७९ अङ्कले घटेर २ हजार ५६०.२९ बिन्दुमा अडिएको छ ।आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर ६६ हजार ७९ पटक किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छाएको छ । आज होटल समूह सर्वाधिक अर्थात् १.१६ प्रतिशतले बढ्दा फाइनान्स समूह सर्वाधिक अर्थात् ०.७१ प्रतिशतले घटेको छ ।आज साहस ऊर्जाको सर्वाधिक शेयर कारोबार भयो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको पनि १६ करोड ९३ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करो
विराटचाेकः आज सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ । सुनकाे भाउ ताेलामा ७०० रुपैयाँ र चाँदीकाे भाउ ताेलामा ३५ रुपैयाँ बढेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबारको बजारमा प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेको छ ।त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५० रुपैयाँ कायम भएको छ ।हिजो सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको थियो ।
इटहरी । आज पनि सुनचाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ९० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो । अस्ति आइतबार सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको थियो ।
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४३ हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको थियो ।
इटहरी । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजदेखि शुरु हुँदै छ । उत्पादन क्षेत्रमा काम गर्न जान आवेदन दिएकाहरुको आज परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान १ लाख २ हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका छन् ।भाषा परीक्षा दुई