आर्थिक

    Showing ६८१-६९० of १,०५५ items.
  • जेनजी आन्दोलनमा क्षति भएको पाँचतारे होटल ह्यात रिजेन्सीले हटाउने भयो १३३ जना श्रमिक

    काठमाडौंः जेनजी आन्दोलनमा क्षति पुगेको पाँचतारे होटल ह्यात रिजेन्सीले १३३ जना श्रमिकलाई हटाउने निर्णय गरेको छ । ह्यात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले एक सूचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागू हुने गरी होटलमा कार्यरत श्रमिकलाई हटाइने जनाएका हुन् ।सूचनामा कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा गत भदौ २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको उल्लेख छ ।होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधीभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भए

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ४०६ पटक पढिएको
  • ५० रुपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनीसँग राष्ट्र बैंकले गर्याे सम्झौता

    काठमाडौंः नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।राष्ट्र बैंकले ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बेइजिङको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो ।राष्ट्र बैंकका अनुसार नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत छनोट गरिएको हो । सोमबार उक्त कम्पनीसँग करार सम्झौता समेत गरिएको छ ।उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ३०१ पटक पढिएको
  • प्रेरणा साकोसको १८ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी ।  मोरङको सुन्दरहरैंचा नगरपालिका –१० विराटचोक स्थित प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारणसभा संस्थाका अध्यक्ष गोपाल थापाको अध्यक्षता तथा राष्ट्रिय सभाका पूर्व सांसद रमेशजंग रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो ।साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण, प्रगति विवरण र आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।संस्थाले एम्बुलेन्स सेवा, सहकारी अवलोकन भ्रमण, तालिम तथा सेमिनार, सामाजिक सेवा, व्यावसायिक कारोबारमा सहुलियत, दुर्घटना र सुत्केरी भएका सदस्यलाई आवश्यक सहयोगजस्त

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • २६१ पटक पढिएको
  • सुनको भाउ २१०० रुपैयाँ घटे पनि चाँदीको बढ्यो तोलामा ५ रुपैयाँ

    इटहरी ।  आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४४ हजार ३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा ४ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ३४५ पटक पढिएको
  • पुष्पदर्शन साकोसको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    विराटचोकः मोरङको सुन्दरहरैँचा– १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि दुर्गा पोखरेल थिए ।साधारण सभामा संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिनाले सञ्चालक समितिको तर्फबाट संस्थाको गतिविधि प्रस्तुत गरेका थिए ।  कार्यक्रममा संस्थाका सचिव ध्रुवप्रसाद दाहालले संस्थाको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए ।  लेखा संयोजक पुरूषोत्तम नेपालले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको साधारणसभामा वर्षको उत्कृष्ट ऋणी, वर्षको उत्कृष्ट बचत

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ३११ पटक पढिएको
  • खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा सम्पन्न

    इटहरी ।  मोरङको सुन्दरहरैंचामा रहेको खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष लावण्यकुमार अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य चेतनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।साधारणसभामा गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षको योजनाको विषयमा विस्तृत छलफल गरिएको थियो ।कार्यक्रममा संस्थाले उत्कृष्ट ऋणी, ज्येष्ठ शेयर सदस्य लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • २३८ पटक पढिएको
  • सूचीकृत भएका ५ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत

    इटहरी । आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात् ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५६५.१६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ५५ हजार ६३२ पटक किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँको शेयर कारोबार भएको छ ।हालै नेप्सेमा सूचीकृत भएका साइन रेसुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, माबिलुङ इनर्जी, सागर डिष्टिलरी र बुङ्गल हाईड्रोको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । केही दिन अघि आईपीओ सूचीकृत भएको दरमखोला हाईड्रोको शेयरमूल्य पनि ६ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार बढे पनि सिटी होटल्सको शेयरमूल्य आ

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ३२८ पटक पढिएको
  • ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

    इटहरी ।  केही दिन ह्वात्तै घटेको सुनचाँदीको भाउ हिजोदेखि फेरि ह्वात्तै बढ्न थालेको छ । हिजो सुनको भाउ तोलामा २९०० रुपैयाँ बढेको थियो भने आज ४९०० रुपैयाँ बढेको छ । चाँदीको भाउ हिजो तोलामा ५० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १०५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १७० रुपैयाँ निर्धारण भएको छ ।कात्तिक ३ गते सुनको भाउ हालसम्मकै उच्च मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेपछि घट्न थालेको थियो । कात्तिक १२ गते सुनको भाउ तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँसम्म झरेपछि पुनः

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • २३० पटक पढिएको
  • सुनको भाउ २९०० रुपैयाँ बढ्यो, चाँदीको ५० रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ३२६ पटक पढिएको
  • सुनको भाउ २०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ

    इटहरी । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५ रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल