आर्थिक

    Showing ७११-७२० of १,२७२ items.
  • उतारचढावका बीच स्थिर बन्यो नेप्से, जलविद्युत समूहका कम्पनीको उच्च कारोबार

    इटहरी ।  साताको चौथो कारोबार दिन आज शेयरबजारमा दिनभर उतारचढाव आयो । अन्तिम समयमा भने नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०४ अंकले घटेर २ हजार ६६२.०९ विन्दुमा रोकिएको छ ।नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात ०.४७ प्रतिशतले बढ्न पुग्यो । होटल समूह सर्वाधिक अर्थात ०.६३ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज रिडी पावरको सर्वाधिक ६५ करोड ४७ लाख ६६ हजार ५७२ रुपैयाँको

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २३० पटक पढिएको
  • नेपालीरिका होटलमा ‘वेलनेस’ सेवा सञ्चालनमा

    विराटचोकः आजदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा ‘वेलनेस’ सेवा सञ्चालनमा आएको छ ।आज सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की तथा नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गर्नुभएको हो । रोपान्स वेलनेस सेन्टरसँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ ।भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण पूर्ण रूपमा क्षति पुगेको सेवा पुनः सञ्चालनमा ल्याइएको निर्देशक दुलालले बताउनुभयो । स्वास्थ्य, सौन्दर्य तथा शारीरिक तन्दुरुस्तीसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले वेलनेस सेन्टर सुरु गरिएको

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २५२ पटक पढिएको
  • लगातार चौथो दिन बढ्यो सुनको भाउ

    इटहरी ।  आज लगातार चौथो दिन पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार २९० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २१२ पटक पढिएको
  • रिज लाइन इनर्जीले आजदेखि आईपीओ निष्काशन गर्ने

    इटहरी । सर्वसाधारणका लागि रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर विदेशमा रोजगार गर

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २७७ पटक पढिएको
  • सवा १० अङ्कले घटेको शेयर बजारमा उच्च कारोबार गर्ने १० कम्पनीमा ९ वटा जलविद्युत समूहका

    विराटचोकः साताको तेस्रो कारोबार दिन आज पनि शेयर बजार परिसूचक मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) ०.३८ प्रतिशत अर्थात् १०.२५ अंकले घटेर २ हजार ६६२.१४ अङ्कमा अडिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२४ वटा कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक किनबेच हुँदा ८ अर्ब १६ करोड ६४ लाख १० हजार १३२ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सामुहिक लगानी कोष र व्यापार समूह मात्रै क्रमशः ०.१९ र ०.५२ प्रतिशतले बढेका छन् । आज विकास बैंक समूह सर्वाधिक अर्थात् १.१५ प्रतिशतले घटेको छ ।घटेको बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४५ करोड २८ लाख ४२ हजार ४९२ रुपैयाँको

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १९६ पटक पढिएको
  • मूल्य घट्ने, मूल्य बढ्ने, धेरै कारोबार हुने, धेरै कित्ता कारोबार हुने अधिकांश जलविद्युत समूहका

    इटहरी ।  नेपाली शेयर बजारमा सोमबार एउटा संयोग देखिएको छ । २६.०५ अंकले घटेर २६७२.३९ अङ्कमा रोकिएको शेयर बजारमा उच्च मूल्य घट्ने र उच्च मूल्य बढ्ने कम्पनीमा जलविद्युत समूहका कम्पनी परेका छन् । त्यतिमात्रै होइन धेरै रकम कारोबार गर्ने, धेरै पटक कारोबार हुने र धेरै कित्ता कारोबार हुने अधिकांश कम्पनी पनि जलविद्युत समूहकै छन् ।खानीखोला हाइड्रोपावर र रिडी पावरको शेयरमूल्य १० प्रतिशत हाराहारीमा बढ्दा लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनीलगायतका जलविद्युत समूहका कम्पनीहरु उच्च मूल्य बढ्ने कम्पनीमा परे । उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये दुई वटा

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २५८ पटक पढिएको
  • १६ पैसा बढ्यो अमेरिकी डलरको भाउ

    इटहरी ।  आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य १६ पैसा बढेको हो ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपै

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २३१ पटक पढिएको
  • २६ अङ्कले घटेको शेयर बजारमा ४२ कम्पनीको बढ्यो मूल्य

    इटहरी ।  आज नेपाली शेयर बजारको सूचक मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९६ प्रतिशत अर्थात् २६.०५ अंकले घटेर २ हजार ६७२.३९ अङ्कमा अडिएको छ । बजार घटे पनि ४२ कम्पनीको मूल्य बढेको छ । खानीखोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढ्दा रिडी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ११ प्रतिशत बढेको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १ लाख २ हजार २८१ पटक किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँको शेयर किनबेच भएको छ ।व्यापार समूह मात्रै ०.२२ प्रतिशतले बढेको बजारमा फाइनान्स समूह आज सर्वाधिक अर्थात् २.२९ प्रतिशतले घटेको छ ।घटेको बजारमा ९

    • प्रकाशित मितिः माघ २६, २०८२
    • ४१० पटक पढिएको
  • आज पनि बढ्यो सुनचाँदीको भाउ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ हजार १०० रुपैयाँ बढेको हो । चाँदीको भाउ तोलामा २४० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २४६ पटक पढिएको
  • शुभम् पावरको सवा १४ लाख कित्ता शेयरको ‘लक–इन’ अवधि आज सकिने

    इटहरी ।  शुभम् पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको शेयरको ‘लक–इन’ अवधि आज  माघ २६ गते सकिने भएको छ ।कम्पनीका अनुसार १४ लाख ३१ हजार ३० कित्ता शेयरको लक–इन अवधि सकिने भएको हो । लक–इन अवधि समाप्त भएपछि ती शेयरहरू दोस्रो बजार कारोबारका लागि योग्य हुनेछन् ।लक इन सकिने शेयरहरूमध्ये संस्थापक समूहको १४ लाख कित्ता रहेको छ । त्यसैगरी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ता र कर्मचारीहरूका लागि सुरक्षित ११ हजार ६१० कित्ता शेयर रहेको छ ।कम्पनीका सञ्चालकहरू र उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल