आर्थिक

    Showing ७६१-७७० of १,०५५ items.
  • लामो रस्साकस्सीपछि धरान कार्यपालिकाबाट दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित

    धरान । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ ।धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यप्रसाद भट्टराई (मनोज)का अनुसार कार्यपालिका बैठकले दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको कुल बजेट साथै नीति तथा कार्यक्रम पनि बैठकबाट पारित गरिएको छ ।यसअघि गत भदौ २६ गते नगरसभा गर्ने तय भए पनि जेनजी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित गरिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बज

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ३१९ पटक पढिएको
  • साउनको राजस्व विवरण बुझाउने समय एक महिना थप

    इटहरी । सरकारले जेन जी आन्दोलनका कारण असहज परिस्थिति भएको भन्दै साउन महिनाको राजस्व विवरण बुझाउने समय एक महिना थपेको छ । अर्थमन्त्री रामेश्वर खनालले व्यवसायीले बुझाउनुपर्ने साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गर्न मङ्गलबार मन्त्रीस्तरीय निर्णय भएको बताएका छन् ।   भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनका कारण धेरै व्यवसायीमा प्रभाव परेकाले उनीहरूलाई केही राहत स्वरुप यो व्यवस्था गरिएको बताइएको छ ।एक महिना समय थपिएको जानकारी सबै आन्तरिक राजस्व कार्यालयहरूमा पत्राचारमार्फत् गरिसकिएको छ ।अब साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ४२२ पटक पढिएको
  • आज पनि सुनचाँदीको भाउमा गिरावट

    इटहरी । सुनचाँदीको भाउले आज पनि गिरावटलाई निरन्तरता दिएको छ । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५२० रुपैयाँ निर्धारण भएको छ । बुधबार सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको थियो । अघिल्लो महिना हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनचाँदीको भाउ त्यसपछि घटिरहेको छ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३९५ पटक पढिएको
  • नेप्सेमा ६ प्रतिशतले गिरावट आएपछि १२ बजे नै शेयर बजार बन्द

    इटहरी । जेन जी आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजार आज जम्मा ६ मिनेट कारोबार भएर बन्द भएको छ । प्रि ओपन सेसनबाहेक आज शेयर बजारमा ६ मिनेट मात्रै कारोबार भयो । बजार खुलेको २ मिनेट २२ सेकेण्डपछि ११ बजेर २ मिनेट जाँदा ४ प्रतिशतले झरेर बन्द भएको शेयर बजार पहिलो सर्किट बे्रक लागेर २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा खुलेको बजार ३८ सेकेण्डपछि थप १ प्रतिशतले घटेपछि ४० मिनेटका लागि ११ बजेर २३ मिनेटमा बन्द भएको थियो । ४० मिनेटपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार ३ मिनेटपछि थप १ प्रतिशत झरेपछि १२ बजेर ६ मिनेटमा आजका लागि बन्द भएको हो ।  नेप्से परिस

    • प्रकाशित मितिः असोज २, २०८२
    • ४५६ पटक पढिएको
  • शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, अब १२ बजेर ३ मिनेटमा मात्रै कारोबार शुरु हुने

    विराटचोकः पहिलो सर्किट ब्रेकपछि २० मिनेट आराम गरेर खुलेको शेयर बजारमा ३८ सेकेण्डमा नै १ प्रतिशतको गिरावट आएपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । जेन जी आन्दोलनपछि खुलेको बजारमा आज ११ बजेर २ मिनेट २२ सेकेण्डमा ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा कारोबार शुरु भएको बजारमा ३८ सेकेण्डपछि थप १ प्रतिशत घटेर ५ प्रतिशत घटेपछि बजारमा ४० मिनेटका लागि कारोबार स्थगित भएको हो । अब ४० मिनेटपछि अर्थात् १२ बजेर ३ मिनेट जाँदा बजार खुल्नेछ । दोस्रो सर्किट ब्रेकपछि बजार थप १ प्रतिशत घट्यो भने आजका लागि शेयर कारोबार बन्द हुनेछ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • ४७५ पटक पढिएको
  • २ मिनेट २२ सेकेण्डमै २० मिनेटका लागि भयो शेयर कारोबार रोक्का

    इटहरी । प्रि ओपनमा उच्च अङ्कले घटेको शेयर बजार त्यसको साढे २ मिनेटपछि नै ४ प्रतिशत घटेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । जेन जी आन्दोलनपछि पहिलो पटक आज खुलेको शेयर बजार बजार खुल्नासाथ ओरालो लागेको हो । आज बजार खुलेको २ मिनेट २२ सेकेण्डमै ४ प्रतिशत अर्थात् १०७ दशमलव ०४ अंकले बजार घटेपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो । प्रि ओपन सेसनमा नै नेप्से उच्च अङ्कले घटेको थियो । अब बजार ११ बजेर २२ मिनेट २२ सेकेण्डमा पुनः शुरु हुनेछ ।  

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३६५ पटक पढिएको
  • असोज महिनामा पनि घट्यो बैंकको ब्याजदर

    इटहरी । विगत एक वर्षदेखि लगातार घटेको बैंकको ब्याजदर असोज महिनामा पनि घटेको छ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेअनुसार भदौको तुलनामा ० दशमलव ११ प्रतिशत बिन्दुले ब्याजदर झरेको हो ।भदौ महिनामा ५ दशमलव ५७७ प्रतिशत बिन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा घटेर ५ दशमलव ४६३५ प्रतिशत बिन्दुमा झरेको छ ।लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोजमा ब्याजदर बढाए पनि ९ बैंकहरूले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • ४५५ पटक पढिएको
  • फिल्प्सको सीईओमा नेपाली फिनटेक उद्यमी विश्वास ढकाल

    इटहरी ।  ग्लोबल फिनटेक कम्पनी फिल्प्स लिमिटेडको सीईओमा नेपालका प्रख्यात फिनटेक उद्यमी विश्वास ढकाल नियुक्त भएका छन् । यो नियुक्ति नेपाली फिनटेक क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ । ढकाल नेपालको सबैभन्दा सफल फिनटेक उद्यमी मानिन्छन् । फिल्प्सको नेतृत्वमा आउन ढकालले अगष्ट २०२५ मा बंगलादेशको सिटी बैंकसँग गरिएको रणनीतिक साझेदारी उल्लेखनीय रहेको थियो । ढकालको कम्पनी एफवान सफ्ट इन्टरनेसनलको सेवा नेपालका लगभग ९० प्रतिशत बैंकहरूले प्रयोग गर्दै आएका छन् । उनले सन् २००४ मा सो कम्पनी स्थापना गरेका थिए । ढकाल  नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे इसेवा र फोन पेका संस्थापक हुन

    • प्रकाशित मितिः असोज २, २०८२
    • ४६ पटक पढिएको
  • सुनचाँदीको भाउमा गिरावट

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १६ हजार १०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । हिजो सुनको भाउ तोलमा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो । 

    • प्रकाशित मितिः असोज १, २०८२
    • २७५ पटक पढिएको
  • ‘निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन्’

    बिर्तामोड। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताउनुभएको छ । नेपाली काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको बिर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा उहाँले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्ने गर्नका लागि नीतिगत सुधार गरिएको बताउनुभयो ।मन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । “मुलुकलाई सङ्कट परेको बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिह

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ४६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल