भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार, अलैँची ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख, अम्लिसो आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ करोड १० लाख
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवद्र्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज नेपाल अलैँची व्यवसायी महासङ्घको विर्तामोडमा आयोजित पाँचाँै महाधिवेशनमा उहाँले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकारबाट सहयोग हुने बताउनुभयो । उहाँले अलैँचीको उत्पादन र निकासी बढाउन नीतिगत रुपमा प्रदेश सरकारले निर्णय गरी स्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारसँगको सहयो
भोजपुर । औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ । दर्जनौँ धार्मिक एवं सांस्कृतिकस्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीयबासी अम्रिका तामाकार बताउनुहुन्छ । “ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो” उहाँले भन्नुभयो, “तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ । यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ ।” विसं १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा बन्ने गथ्र्यो भन्ने ऐतिहासिक तथ्य छ । तत्कालीन नेपाल सरकारले विस
कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।उहाँका अनुसार बोहराको होटलमा शङ्का लागि चेकजाँच गर्दा चरेश फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो । त्यसैगरी जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । आवश्यक कारबाहीको लागि उनीह
काठमाडौँ । नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि वनमन्त्री शाहीको पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रूपमा चिनिने भएको छ ।डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब ९०६
खोटाङ । जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् । वर्षातको समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या भएको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैँचा त कोही जिल्ला समन्वय समितिको पार्किङस्थलमा बसिरहेका भेटिन्छन् । आफन्त वा परिवारका अन्य सदस्यको स
विराटनगर - पूर्वाञ्चलको स्वास्थ्य सेवा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ—बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शैय्याको अत्याधुनिक भवन मंगलबारदेखि सञ्चालनमा ल्याएको छ।महिला स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारलाई लक्षित गर्दै निर्माण गरिएको यो नयाँ भवनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरेका हुन्।अत्याधुनिक सुविधानयाँ भवनमा ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० डिलक्स क्याबिन, छुट्टै गाइनो–आइसीयू, स्त्री तथा प्रसूति आपतकालीन सेवा र
इटहरी । चालू आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबार सुस्ताउँदा यसबाट सरकारलाई प्राप्त हुने राजस्व संकलन पनि गत वर्ष साउनको तुलनामा ५५ करोडले घटेको छ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट १ लाख ४ हजार २ सय १८ वटा घरजग्गा कारोबार भएको छ भने उक्त कारोबारबाट सरकारले कुल ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ मासिक राजस्व संकलन गरेको छ। ०८१ साउन महिनामा १ लाख २७ हजार २०६ वटा घरजग्गा कारोबार भएको थियो भने उक्त कारोबारबाट सरकारले ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको थियो।चालू आवको पहिलो महिनामा सबैभन्दा धेरै
काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ ।केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नु पर्नेछ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन वर्गमा वर्गीकरण गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।एकीकृत निर्देशिका अनुसार, पुनः संरचना गरिएको कर्जा नोक्सानी व्यवस्था ‘राइट ब्याक’ गर्न नपाइने प्रबन्ध छ । जग्गा विकास तथा भवन निर्माणको अनुमतिका लागि सम्बन्धित निकायमा पेस गरेक
- प्रदीप चापागाईं विराटनगर - महिला उद्यमी महासंघ नेपालले आफ्नो सेवा विस्तार र संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय संरचना निर्माण सुरु गरेको छ। यस क्रममा सोमबार कोशी प्रदेश कमिटीको औपचारिक गठन गरिएको छ।कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय महिला उद्यमी महासंघ कोशी गठन भएको छ। नवगठित कमिटीमा उपाध्यक्ष सुशीला सापकोटा, सचिव सपना रिजाल, कोषाध्यक्ष श्रद्धा तामाङ रहेका छन्। त्यस्तै सदस्यमा सुस्मा पौडेल, तारा बास्कोटा, चन्दा लिम्बू, माया गुरूङ र नीलम भट्टराई चयन भएका छन्।महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले नव निर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गो