आर्थिक

    Showing ७९१-८०० of १,२७२ items.
  • स्तरोन्नति होला त मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंकमा

    इटहरीः बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले पछिल्लो समय बिग मर्जरको नीति लिएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई नै बिग मर्जरमा जान उत्प्रेरित गरिरहेको बेला मुक्तिनाथ विकास बैंकको हालै सम्पन्न साधारण सभाले भने वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको छ । अब मुक्तिनाथ विकास बैंकलाई वाणिज्य बैंकको कारोबार गर्न राष्ट्र बैकले अनुमति दिन्छ कि दिँदैन भन्ने चासोको विषय भएको छ ।कान्छो वाणिज्य बैंक सेञ्चुरी बैंकलाई नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको अनुमति दिँदा वाणिज्य बैंकको सङ्ख्या ३२ पुगेको थियो । राष्ट्र बैंकले लिएको बिग मर्जरको नीतिपछि कान्छो बैंक सेञ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २८३ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाबाट पनि शुरु भयो करदाता सेवा प्रवाह

    विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट पनि करदाता सेवा प्रवाह आजदेखि औपचारिक रूपमा शुरु गरिएको छ ।आज सुन्दरहरैंचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोकको संयुक्त आयोजनामा भएको कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो । नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यावसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्दै सेवा प्रवाह शुरु गरिएको हो ।प्रशासनिक हस्तान्तरणमार्फत् संघीयता सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले बताउनुभयो ।प्रमुख प्रशास

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २५१ पटक पढिएको
  • ३१०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको १९५ रुपैयाँ

    विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १९५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६८ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८८० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २८३ पटक पढिएको
  • वैदेशिक रोजगारीमा रहेकाहरु र स्थानीयका लागि आजदेखि आईपीओ निष्काशन गर्दै सुपर खुदी हाइड्रोपावर

    इटहरी ।  सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता साधारण शेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मस्र्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २३९ पटक पढिएको
  • २८ अंक बढेर बन्द भयो बजार, ५ सेयरमा लाग्यो सकारात्मक सर्किट

    इटहरी । सेयरबजारमा सोमबार २८.७३ अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेर २६३९.३७ विन्दुमा चढेको हो। यस दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ। १ करोड २४ लाख कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो। योसँगै २१४ वटा सेयरको मूल्य बढेको छ, त्यस्तै ३७ वटाको घटेको र ८ वटाको आइतबारकै मूल्यमा किनबेच भएको छ। आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युतको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः १८३.३०, ११२.१०, ९३.९०, ८१.७० र ६७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।  आज घटेका सेयरम

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३३४ पटक पढिएको
  • ४६०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको १८५ रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ६८५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २६२ पटक पढिएको
  • आजदेखि एफपीओ निष्काशन गर्दै विजय लघुवित्त

    इटहरी । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरूको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो ।साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ क

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २६६ पटक पढिएको
  • शेयर बजार राताम्य, तीन वटा उपसूचक मात्र हरियो

    इटहरी । आज नेपाली शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.२९ अंकले घटेर २ हजार ६१०.६३ अंकमा रोकिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२३ वटा कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूह १.०४ प्रतिशत, होटल ०.६२ र व्यापार ०.३४ प्रतिशतले बढेका छन् । बाँकी समूहको सूचकमा रातो पोतिएको छ । आज अन्य समूह सर्वाधिक अर्थात् १.६९ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज एसवाईपी प्यानलको सर्वाधिक ३० करोड ६५ लाख ८५ हजार ७६ रुपैयाँक

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २८२ पटक पढिएको
  • मंसिर महिनामा ब्रोकर कम्पनीले कमिसनमार्फत् कमाए झण्डै साढे ४३ करोड रुपैयाँ

    इटहरी ।  मंसिरमा महिनामा शेयर खरिद बिक्रीको काम गरेर कमिसनबापत मात्रै ब्रोकर कम्पनीहरूले ४३ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रकाशित गरेको मंसिर महिनाको मासिक विवरण अनुसार उक्त रकम नेप्सेलाई तिर्नुपर्ने कमिसन र कर दुवै कट्टा गरिसकेपछिको रकम हो ।कात्तिकको तुलनामा मंसिरमा ब्रोकरले गर्ने आम्दानी बढेको छ । नेप्सेले प्रकाशित गरेको मासिक विवरण अनुसार कात्तिकमा ९२ ब्रोकर कम्पनीहरूले ३२ करोड ७७ लाख १५ हजार २९८ रुपैयाँ ९० पैसा मात्रै कमाएका थिए ।सबैभन्दा धेरै कमाउने कम्पनीमा नासा सेक्युरिटीज परेको छ । उसले एक महिनामा ३ करोड ५ लाख रुपैयाँ कमाएको छ । कात्तिक

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २९२ पटक पढिएको
  • २१०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ४५ रुपैयाँ

    इटहरी ।   आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ६० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ३५० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल