आर्थिक

    Showing ८७१-८८० of १,२७२ items.
  • बोनस शेयर दिँदा अब कम्पनीले नै कर तिर्नुपर्ने

    काठमाडौंः बोनस पाउँदा सो लाभांशमा लाग्ने कर लगानीकर्ताले तिर्नुपर्ने व्यवस्थालाई अन्त्य गर्दै अब कम्पनीले नै ब्योहोर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको छ ।बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गर्दै शेयरधनीलाई लाभांशबापतको कर नलाग्ने व्यवस्था गरेको हो । बोर्डले निर्देशिकाको दफा ४० मा उपदफा ७ थप गर्दै सङ्गठित संस्थाले लाभांशबाटै मिलान गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।‘बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था मिलान

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ३६४ पटक पढिएको
  • राष्ट्र बैंकले हिजोदेखि चलनचल्तीमा ल्यायो १०० दरका नयाँ नोट

    काठमाडौंः नेपाल राष्ट्र बैंकले १०० दरका नयाँ नोट हिजोदेखि चलनचल्तीमा ल्याएको छ ।बैंकका अनुसार साबिककै आकार र रङमा सङ्केत नम्बर क २००००००१ देखि घ ४०९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० (रुपैयाँ एक सय) तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित निम्न विशेषता भएको नोट चलनचल्तीमा आएको छ ।नयाँ नोटको अग्र र पृष्ठ भागमा निम्न विवरणहरु हुने बताइएको छःनोटको अग्रभागमा१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।२. नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको ।३. नोटको मध्यभागमा नेपालको नक्सा रहेको ।४. नोटको मध्यभागमा अशोक स्

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २९४ पटक पढिएको
  • सुनको भाउ तोलामा ४०० रुपैयाँ घट्दा चाँदीको बढ्यो ६० रुपैयाँ

    इटहरी ।  आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ६० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार २८० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ३७३ पटक पढिएको
  • यसवर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्न किसानको माग

    महाेत्तरी । किसानले यस वर्ष उखुको मूल्य प्रतिक्वीन्टल न्यूनतम ७५० रुपैयाँ कायम गर्न माग गरेका छन्। केही दिनअघि देशभरिका उखु उत्पादक कृषक प्रतिनिधिले कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारलाई भेटेर गत वर्षभन्दा बढाएर उखुको मूल्य निर्धाण गर्न माग गरेका हुन्। मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल सातसय ५० कायम गर्न माग गर्दै किसानको तर्फबाट मन्त्री परियारलाई ज्ञापनपत्रसमेत बुझाइएको जानकारी दिए। ‘हाम्रो माग अनुसार उखुको मूल्य वृद्धि नभए चरणवद्ध सडक संघर्षमा जाने चेतावनीसमेत हामीले दिएका छौँ,’ उप्रेतीले   भने, ‘सरकार, उद

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २७२ पटक पढिएको
  • ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    इटहरी ।  शेयर लगानीकर्ताका लागि ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साइन रेसुङ्गा, सर्वोत्तम सिमेन्ट र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भोलि मंसिर १२ गते बुकक्लोज गर्दैछन् । कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते आइतबार बुक क्लोज गर्दैछन् । बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश पाउने हुनाले शुक्रबार र आइतबार बुक क्लोज

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २८५ पटक पढिएको
  • ९०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको २० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार २२० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २९६ पटक पढिएको
  • लगातार दोस्रो दिन शेयरबजारमा उच्च अङ्कको वृद्धि

    विराटचोकः यो साताका शुरुका दुवै दिन शेयर बजारमा उच्च अङ्कको वृद्धि भएको छ । साताको दोस्रो दिन हिजो नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.९४ प्रतिशत अर्थात् ५०.४४ अंकले बढेर २ हजार ६५०.६६ विन्दुमा पुगेको छ ।३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता शेयर ७९ हजार ७१४ पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ रुपैयाँको शेयर कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । आइतबार ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।सोमबार नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूह सर्वाधिक अर्थात ४.९४ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरे

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ३०४ पटक पढिएको
  • सुकुना साकोसको २७ औँ वार्षिक साधारणसभा सम्पन्न

    विराटचोकः शनिबार सुकुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सुकुना बहुमुखी क्याम्पसको सभा हलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष टीकाप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सो समितिका संयोजक होमप्रसाद खनालले प्रस्तुत गरेका थिए । साधारणसभामा पुरस्कार र प्रशंसापत्र वितरण, नयाँ सदस्य स्वागत तथा छलफल प्रतिवेदन पारित लगायतका कार्यक्रम सञ्चालन गरिएका थिए ।संस्थाका व्यवस्थापक शारदा ढकालका अनुसार शेयर सदस्य नरेन्द्र बस्नेतकी बुहारी प्रीतिका बस्नेतलाई एमफिल गरेकोमा प्रोत्साहनस्वरूप २५ हजार रूपैयाँ प्रदान गरी

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • ३२७ पटक पढिएको
  • घट्यो सुनचाँदीकाे दाम

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ प्रति तोला १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला २० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा २९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ३०९ पटक पढिएको
  • सुनको भाउ २९०० रुपैयाँ बढ्यो, चाँदीको ३५ रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १३५ रुपैयाँ तोकिएको छ ।शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ३०६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल