इटहरी । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ घटेको हो । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४४ हजार ३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा ४ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको थियो ।
विराटचोकः मोरङको सुन्दरहरैँचा– १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि दुर्गा पोखरेल थिए ।साधारण सभामा संस्थाका अध्यक्ष डोलेश्वर तिम्सिनाले सञ्चालक समितिको तर्फबाट संस्थाको गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सचिव ध्रुवप्रसाद दाहालले संस्थाको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए । लेखा संयोजक पुरूषोत्तम नेपालले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीको साधारणसभामा वर्षको उत्कृष्ट ऋणी, वर्षको उत्कृष्ट बचत
इटहरी । मोरङको सुन्दरहरैंचामा रहेको खोटाङ हलेसी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष लावण्यकुमार अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य चेतनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।साधारणसभामा गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षको योजनाको विषयमा विस्तृत छलफल गरिएको थियो ।कार्यक्रममा संस्थाले उत्कृष्ट ऋणी, ज्येष्ठ शेयर सदस्य लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
इटहरी । आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात् ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५६५.१६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ५५ हजार ६३२ पटक किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँको शेयर कारोबार भएको छ ।हालै नेप्सेमा सूचीकृत भएका साइन रेसुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, माबिलुङ इनर्जी, सागर डिष्टिलरी र बुङ्गल हाईड्रोको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । केही दिन अघि आईपीओ सूचीकृत भएको दरमखोला हाईड्रोको शेयरमूल्य पनि ६ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार बढे पनि सिटी होटल्सको शेयरमूल्य आ
इटहरी । केही दिन ह्वात्तै घटेको सुनचाँदीको भाउ हिजोदेखि फेरि ह्वात्तै बढ्न थालेको छ । हिजो सुनको भाउ तोलामा २९०० रुपैयाँ बढेको थियो भने आज ४९०० रुपैयाँ बढेको छ । चाँदीको भाउ हिजो तोलामा ५० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १०५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १७० रुपैयाँ निर्धारण भएको छ ।कात्तिक ३ गते सुनको भाउ हालसम्मकै उच्च मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेपछि घट्न थालेको थियो । कात्तिक १२ गते सुनको भाउ तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँसम्म झरेपछि पुनः
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६५ रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।
इटहरी । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १५ रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
इटहरी । गत साता नेप्से परिसूचक ० दशमलव १६ प्रतिशत अर्थात् ४ दशमलव २६ अङ्क घटेर बन्द भएको छ । अघिल्लो साता २६००.३८ विन्दुमा बन्द भएको नेप्से घटेर गत साता २५९६.१२ विन्दुमा झरेको छ ।गत २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । गत साता सेन्सेटिभ इण्डेक्स १.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ ।नेप्से घटे पनि गत साता कारोबार रकम भने बढेको छ । अघिल्लो साता दैनिक औसतमा ५ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।गत साता ५ उपसमूहको परिसूचक बढेको छ भन
इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बीमा कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । एशियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता र नेपाल इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।हकप्रद शेयर सूचीकरणसँगै एशियन लाइफको सूचीकृत शेयर सङ्ख्या ५ करोड ११ हजार ५९३ पुगेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको सूचीकृत शेयर सङ्ख्या २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको छ ।
विराटचोकः सरकारले किसान सूचीकरण कार्यक्रमअन्तर्गत सूचीकृत भएका २३ लाख ८० हजार किसान सूचीकृत भएको जनाएको छ । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत् सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालेको हो ।कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार किसानलाई सूचीकृत गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने भएको छ । निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिने भएको हो ।विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज ह