इटहरी । लगातार सुनको भाउ घट्ने क्रममा आज चौथो दिन पनि सुनको भाउमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३६ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रति तोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको थियो ।
मोरङ - मोरङको पथरी शनिश्चरे–२ कालापानीका किसान सुरेन्द्र दाहाल पछिल्ला सात वर्षदेखि व्यवसायिक रूपमा कागती खेती गर्दै आउनु भएको छ।प्रेम पोख्रेलको धानबाली लाग्ने खेत वार्षिक ८० हजार रुपैयाँमा १५ वर्षका लागि ठेक्कामा लिएर उहाँले २८ कठ्ठा जमिनमा कागती खेती गर्दै आउनु भएको हो। १५ लाख रुपैयाँ लगानीमा ७ सय कागतीका बिरुवा रोपेर व्यवसायिक रूपमा खेती सुरु गर्नुभएका दाहालले यो वर्ष भने बजारमा उचित मूल्य नपाएको र बिक्रीमा समस्या आएको बताउनुभयो।गत वर्षको तुलनामा यस वर्ष भारतीय कागतीको आयात बढ्दा उत्पादन कुहिएर नष्ट हुन पुगेको उहाँको भनाइ छ। “अघिल्लो वर्ष साउन–भदौमा राम्रो बिक्री भयो, तर यसपटक भारतीय कागती
इटहरी । लगातार बढिरहेको सुनचाँदीको भाउ तिहारपछि लगातार घटिरहेको छ । कात्तिक ३ गते सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च रहेको थियो । सो दिन सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा ३०० रुपैयाँ बढेर तोलाको २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ अघिल्लो दिनको भन्दा तोलामा ५ रुपैयाँ बढेर प्रति तोला ३ हजार २८० रुपैयाँ निर्धारण भएको थियो । सो दिन कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च मूल्य हो ।त्यसपछि तिहार बिदा भएर कात्तिक ९ गते उच्च मूल्यले घटेको सुनचाँदीको भाउ हिजो र आज पनि घटेको हो । कात्तिक ९ गते सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुप
धरान । तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरुले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् । सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, “छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन÷चार दिनमा रु तीन लाखभन्दा बढीको कारोबार हुन्छ ।”उनले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याई छठमा बिक्री गर्दै आएका छन् । “सहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ”,उनले भने । व्यापारी अमृता रौन
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ ।शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो । नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटिएफ र एसिया प्यासिफिक ग्रुप (एपिजी)सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो । यसमा सुधारका लागि केही कदम चालेको भएपनि नेपालले रणनी
भद्रपुर । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१–०८२ को सोही अवधिको तुलनामा पाँच करोड ९० लाख ३३ हजारअर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् रु छ करोड ८९ लाख पाँच हजार ले बढेको सूचना अधिकारी हु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उहाँ लाग्नुभएको छ ।दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आउनुभएको छ । “पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,” उहाँले भन्नुभयो, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।”त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । डगौराले पा
भद्रपुर । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट१२ अर्ब २८ करोड ३० लाखका मालवस्तु आयात भएका छन् । यो आव २०८१–८२ को सोही अवधिको तुलनामा एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको पहिलो त्रैमासिकमा १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिमा ६
भोजपुर । बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फँुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । “बिह
काठमाडौँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् ४८ लाख ५८ हजार निकासा गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक घाइतेलाई २० हजारका दरले वितरण गर्न सो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइ सकिएको गृह मन्त्रालयले जनाएको छ ।प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइतेको वर्गीकरणका आधारमा उचित राहत रकम व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत् रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो ।हालसम्म स्वा