आर्थिक

    Showing ९४१-९५० of १,२७२ items.
  • सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताउनुभएको छ । किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उहाँले किसानहरुले धानको समर्थन मूल्य पाए–नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन दिनुभयो ।उहाँले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरुले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याउन निर्देशन दिनुभयो । मुख्यमन्त्

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • ४६६ पटक पढिएको
  • सुन्दरहरैंचाको नेपालीरिका होटल लक्ष्मीपूजादेखि आयो पुनः सञ्चालनमा

    इटहरी । जेन जी आन्दोलनका क्रममा अगाजनी र तोडफोड भएपछि क्षति पुगेको सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ मा रहेको नेपालीरिका होटल मर्मत–सम्भारपछि हिजो लक्ष्मीपूजाका दिनदेखि पुनः सञ्चालनमा आएको छ ।होटल सञ्चालक भोलेश्वर दुलालले पीडाबाट हार मर्मत कार्य पूरा गरी छोटो समयपछि होटल पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो । होटल पुनः सञ्चालनका अवसरमा आयोजित विशेष कार्यक्रममा सुन्दरहरैंचापालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं, पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, स्थानीय समाजसेवी, व्यवसायी र जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • २३४ पटक पढिएको
  • श्री सहकारी संस्थाको ३४ औँ तथा रेडियो सुसेलीको १५ औँ साधारणसभा सम्पन्न

    विराटचोकः श्री सहकारी संस्था लिमिटेडको ३४ औँ तथा रेडियो सुसेलीको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष रमेश खड्काको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो ।कार्यक्रममा पूर्व प्रदेश राज्यमन्त्री राजकुमार ओझा, पूर्व नगर उपप्रमुख धनमाया तामाङ विशिष्ट अतिथि हुनुहुन्थ्यो । सुन्दरहरैंचा नगरपालिकाको वडा नं. १ का वडाध्यक्ष राम विश्वास खवास, वडा नं. ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ र वडा नं. १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल कार्यक्रममा उपस्थित हुनुहुन्थ्य

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • ३४८ पटक पढिएको
  • अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

    फुङ्लिङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् ।     फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जाने भएकाले बगानमै व्यस्त भएको उहाँले बताउभयो ।     फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब एक महिनादेखि बगानमै बसिरहनु भएको छ ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • ३३८ पटक पढिएको
  • कात्तिकको पहिलो कारोबार दिन शेयर बजार सकारात्मक

    इटहरी ।  कात्तिक महिनाको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक १६.६७ अंक बढेर २५०३.८५ विन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।आज कारोबारमा आएका २४९ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक किनबेच हुँदा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँको कारोबार भएको हो । बिहीबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो ।आज आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । हिमालयन पावर पार्टनर र भगवती हाईड्रोपावर कम्पनीको शेयर मूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ । एशियन हाइड्रोपावर र अभियान लघुवित्त उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ४८३ पटक पढिएको
  • असी दिनपछि खाँदबारी–किमाथाङ्का सडक सञ्चालन

    खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो ।     लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।     स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । “कठिन भूगोल र लगातारको वर्षाका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो”, उहाँले भन

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ५१७ पटक पढिएको
  • व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

    भोजपुर । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।     बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । “व्यावसायिक रूपमा एभोकाडोखेती गरिरहेको छु, बाँझो जमिनलाई प्रयोग ल्याउने लक्ष्यले खेती विस्तारमा लागेको हुँ । एभाकाडो बिक्रीबाट घरखर्च गरेर केही पैसा बच्छ”, ”उहाँले भन्नुभयो । भावी दिनमा वार्षिक १० दे

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २७६ पटक पढिएको
  • पशुपालक किसानलाई आत्मनिर्भर बनाउन ८० लाख अनुदान

    पर्वत । जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न ८० लाख अनुदान वितरण गर्ने भएको छ ।     निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न छ प्रकारका कार्यक्रमका लागि उक्त अनुदान रकम उपलब्ध गराउने तयारी कार्यालयले गरिरहेको छ । आर्थिक वर्ष २०८२–८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसान, फार्म, कम्पनी, समूह, समिति वा सहकारी संस्थालाई उक्त अनुदान रकम उपलब्ध गराइनेछ ।     बृहत्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • ३२६ पटक पढिएको
  • श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा पर्ने झोलुङ्गे पुलको स्थानीयले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् ।     करिब २० वर्षअघि निर्माण भएको उक्त पुलमा बिछ्याइएको काठको फल्याक खस्नुका साथै भाचिँएपछि जीर्ण बनेको थियो । मर्मत भएपछि जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या अन्त्य भएको स्थानीय बताउँछन् ।     स्थानीयद्वारा उपलब्ध टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय स्थानीयले श्रमदान गरेका क्ल

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २६३ पटक पढिएको
  • कागतिहारको दिन घट्यो सुनचाँदीको भाउ

    इटहरी ।  तिहारको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदी तोलामा ७५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।गत शुक्रबार सुनको भाउ तोेलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • २३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल