इटहरी । वाणिज्य बैंकहरुले कर्जा लगानी बढाउन नसकेपछि कात्तिक महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।सबैभन्दा बढी माछापुच्छ्रे बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर एक प्रतिशतले घटाएका छन् । त्यस्तै नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, बैंक, ग्लोबल आइएमइ बैंक र हिमालयन बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।नबिल बैंक, प्रभु बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंकले व्याजदर एक प्रतिशत भन्दा कमले घटाएका छन् ।एक वर्ष अघिदेखि बैंकको ब्याजदर एकल अङ्कमा छ । अर्थतन्त्रमा आएको शिथिलता र निजी क्षेत्रको मनोबल
इटहरी । हिजो एकै दिन तोलामा ८ हजार १०० रुपैयाँ बढेर उच्च मूल्य बनाएको सुनको दाम आज पनि तोलामा ४०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ रहेको छ । यो मूल्य हालसम्मको उच्च हो । आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला तीन हजार २४० रुपैयाँमा किनबेच भइरहेको छ ।
इटहरी । मोरङको सुन्दरहरैंचा–१० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।इन्द्रपुर जेसीजको सभाहलमा भएको साधारणसभामा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि रहनुभएको थियो । साधारणसभाको प्रारम्भमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २७ पिण्ट रगत सङ्कलन भएको थियो ।सहकारी सञ्चालक समिति अध्यक्ष हेमराज सुवेदीले सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रगति विवरण तथा चालु आर्थिक वर्ष २०८२\०८३ को प्रस्तावित कार्यक्रम एवम् बजेट प्
इटहरी । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटीएम)बाट झिक्न सकिने रकमको सीमा घटाएर एक दिनमा ५० हजार रुपैयाँमात्रै निकाल्न मिल्ने बनाएको छ ।केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो सीमा घटाएको हो । संशोधित निर्देशिकाबमोजिम अब जुनसुकै बैंकको एटीएम कार्ड (डेबिट कार्ड)बाट प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँसम्म निकाल्न मिल्ने जनाइएको छ ।राष्ट्र बैंकका अनुसार अब प्रति कारोबार जम्मा २० हजार मात्रै निकाल्न मिल्नेछ । यसअघिको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरुको एटीएम कार्डबाट प्र
शेयर बजारमा आज नेप्से र कारोबार रकम दुवै घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४३ अङ्क घटेर २५२८ दशमलव १६ बिन्दुमा झरेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३१७ कम्पनीको ३८ हजार ८२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ रुपैयाँको ७४ लाख ८८ हजार कित्ता शेयर किनेबच भएको छ ।आज शुभम् पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढ्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ दशमलव ८६ प्रतिशत बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पन
आज एकै दिन सुनको भाउ तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ३२५ रुपैयाँ रहेको छ ।हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९५ रुपैयाँ बढेको थियो । हिजो सुन र चाँदी दुवैको भाउले हालसम्मको उच्च मूल्यको रेकर्ड कायम गरेका थिए ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा हटाएको छ ।यस अघि शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो ।राष्ट्र बैंकले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ । केन्द्रीय बैंकले यस्तो लगानी ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने बनाएको छ ।बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट सङ्गठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको स
इटहरी । हिजो तोलामा तीन हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ। तोलामा दुई हजार चारसय रुपैयाँ बढेर सुनको मूल्य आज दुईलाख ४० हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। यसअघि गत साताको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुईसय रुपैयाँ पुगेर केही घटेको थियो। गएको शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार दुईसय रुपैयाँ घटेको थियो। गएको आइतबारदेखि बिहीबारसम्म लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनले आज फेरि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको हो। त्यसैगरि चाँदीको मूल्य पनि आज बढेको छ।
पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ , असोज २६ गतेसुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको **केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)**ले पक्राउ गरेको सीआईबीका एआईजी मनोज केसीले जानकारी दिएका छन्।२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसमार्फत ७३ वटा बट्टामा राखिएका ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएर ल्याइएको अनुसन्धानमा खुलेको थियो।उक्त सुन भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा बिक्री
इटहरी । आजदेखि श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँड गरिसकेको छ ।त्यस्तै, ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्क