आर्थिक

    Showing ९६१-९७० of १,२७२ items.
  • गत साता ३ प्रतिशत घट्यो नेप्से

    इटहरी । गत साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २६६३ दशमलव ५१ बिन्दुमा बन्द भएको नेप्से गत साता ३ दशमलव ०५ प्रतिशत अर्थात् ८१ दशमलव ३३ अङ्क घटेर २५८२ दशमलव १८ विन्दुमा अडिएको छ ।गत साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो । दशैंपछि खुलेको बजारमा बिक्री दबाब परेपछि घटेको बजार यो साता कस्तो रहने हो भन्ने लगानीकर्तामा खुल्दुली रहेको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ४८० पटक पढिएको
  • क्यासिनोमा विदेशी मुद्रा कारोबारमा इजाजत लिनुपर्ने

    इटहरी । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनोमा विदेशी मुद्रा कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने जनाएको छ ।विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको हुनाले सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।नेपाल राष्ट्र बैंकबाट जारी सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ । अतः

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३३८ पटक पढिएको
  • नेपाल राष्ट्र बैंकले बढायो रेमिट्यान्सको सीमा

    इटहरी ।  नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रकमको सीमा बढाएको छ । यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो । अब त्यसलाई बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ ।शुक्रबार जारी गरिएको संशोधित परिपत्रअनुसार अब नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था)बाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ (एकपटक वा पटक–पटक)को विप्रेषण रकम ल्याउन सकिने रकम सीमा बढाइएको छ

    • प्रकाशित मितिः असोज २६, २०८२
    • ३४२ पटक पढिएको
  • ५ दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट

    इटहरी । पाँच दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। आज सुनको मूल्य तोलामा चार हजार दुईसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुनको मूल्य आज दुई लाख ३५ हजार कायम भएको छ। बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार २०० थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। चाँदीको मूल्य भने आज पनि बढेको छ। बिहीबार प्रतितोला तीन हजार २५ मा खरिदबिक्री भएको चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँ बढेर तीन हजार ८५ पुगेको छ। चाँदीकाे पनि याे मूल्य हालसम्मकै सबैभन्दा बढी हाे।गएको आइतबारदेखि बिहीबारसम्म सुनको मूल्य लगाता

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २८७ पटक पढिएको
  • ४ पैसा बढ्यो डलरको भाउ, युरो र येन सस्तिए

    विराटचोकः नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको दाम ४ पैसा बढेको छ । युरो, जापानी येन लगायतका केही मुद्राको विनिमय दर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरोको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा पुगेको छ । युरो आज ३७ पैसा घटेको हो । जापानी येन पनि आज १० पैसा घटेको छ । आज १० येनको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ  ।पाउण्ड स्टर्लिङको विनिमय दर आज ४ पैसा बढेको छ ।  आज पाउण्ड स्टर्लिङ १ को

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ५५९ पटक पढिएको
  • एकै व्यक्तिलाई धेरै डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न दिइयो सुझाव

    इटहरी ।  पूँजी बजार सुधार कार्यदलले लगानीकर्तालाई दुई वा सोभन्दा बढी हितग्राही खाता (डिम्याट) खोल्न दिने सुझाव दिएको छ । अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाउँदै कार्यदलले यस्तो सुझाव दिएको हो ।कार्यदलले लगानीकर्ताको हित र पुँजी बजारको विकासका लागि विभिन्न सिफारिशहरू गरेको जनाएको छ । कार्यदलले नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीबद्ध कम्पनीहरूको वर्गीकरणलाई थप वस्तुनिष्ठ बनाउनुपर्ने सुझाव दिएको छ । यस वर्गीकरणपछि ‘जेड’ समूहमा पर्ने कम्पनीहरूको कारोबारमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।लगानीकर्ताका समस्या र गुनासोलाई तत्काल सम्बोधन गर्न गुनासो व्यवस्था

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ५०३ पटक पढिएको
  • सुनको भाउले गर्याे रेकर्ड ब्रेक

     आज पनि सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । योसँगै आज लगातार तेस्रो दिन सुनको भाउले रेकर्ड ब्रेक गरेको छ । चाँदीको भाउले पनि लगातार २ दिन उच्च मूल्यको रेकर्ड ब्रेक गरे पनि आज भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।हिजो असोज २० गते सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो । हिजो सुन र चाँदीको भाउले अस्ति कायम उच्च मूल्यको रेकर्ड तोडेको थियो ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ३३१ पटक पढिएको
  • सिटी होटलको ८० प्रतिशत हकप्रदमा आवेदन दिने म्याद थप

    सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीको ८० प्रतिशत हकप्रद शेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको हुनाले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ३७७ पटक पढिएको
  • रिभर फल्सले थप्यो शतप्रतिशत हकप्रदमा आवेदन दिने अवधि

    रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपिएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुक क्लोज गरेको हुनाले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका बेंसीशहर

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ३६७ पटक पढिएको
  • धरान कृषि बजारबाट दुई अर्ब ४० करोडको खसीको कारोबार

    इटहरी । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ। प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन्। सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन्। उनले भने, ‘चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष धरानको कृषि बजारमा आउने गरेको छु। यो पटक १५ वटा खसीबोका ल्याएको छु, अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ।’धनकुटाको सागुरीगढी गाउँपालिका-७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री ग

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ४५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल