खेलकुद

    Showing २०१-२१० of ५६२ items.
  • एनपीएलमा आज विराटनगर किंग्स र साबिक उपविजेता सुदूर पश्चिम रोयल्स भिड्ने, जित्ने टोली सिधै फाइनलमा पुग्ने

    काठमाडौंः कीर्तिपुरमा भइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो क्वालिफायर खेल हुनेछ । आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूर पश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा हुँदैछ । सुदूर पश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो ।सुदूर पश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूर पश्चिमले लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो । सुदूर पश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजित भएको थियो । विराटनगरले चितवन र लुम्बिनीसँग हार बेहोरेको थियो ।आज जित्ने टोली सिधैं फाइनल पुग्नेछ । पराजि

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २८० पटक पढिएको
  • फिफा विश्वकप २०२६ को खेलतालिका सार्वजनिक

    इटहरी ।  आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वासिङटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो ।खेल अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुँदैछ । प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् । जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ ।यस्तो छ समूह चरणको खेलतालिकासमूह एः मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र प्लेअफ ‘डी’ को विजेतासमूह बीः क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार र स्वीट्जरल्यान्डसमूह सीः ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्डसमूह डीः अमेरिका, पाराग्वे, अस्ट्रेलिया

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २५६ पटक पढिएको
  • साबिक विजेता जनकपुर बोल्ट्स अन्तिम स्थानमा रहँदै बाहिरियो लिग चरणबाटै

    काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ वैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार प्लेअफ दौडबाट बाहिरिइसकेका जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा कर्णाली याक्स विजयी भएको छ । विजयी र पराजित दुवै टिम लिग चरणबाटै यसअघि नै बाहिरिइसकेका थिए ।कर्णालीसँगको पराजयसँगै गत वर्षको उपाधी विजेता जनकपुर यस वर्ष सबैभन्दा पुछारमा रहन बाध्य भयो । जनकपुरले यो वर्ष लिग चरणका ७ मध्ये एउटा खेलमात्रै जित्यो । कर्णालीले २ खेल जितेर छैटौँ स्थानमा रह्यो ।आइतबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो ।कर्णालीले दिएको १३० रनको लक्ष्य पनि जन

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २७९ पटक पढिएको
  • गछिया गोल्डकपः मैत्रीपूर्ण खेलमा मोरङ प्रहरीलाई सुन्दर भेट्रानले गर्याे शून्यका विरुद्ध दुई गोल

    गछियाः सुन्दरहरैंचा–७ गछिया खेलमैदानमा भइरहेको प्रथम आन्तराष्ट्रिय आमन्त्रण गछिया गोल्डकपमा आइतबार प्रतियोगिता अन्तर्गतका कुनै पनि खेल थिएनन् । आइतबार सुन्दर भेट्रान क्लब र मोरङ प्रहरी बीच मैत्रीपूर्ण खेल भएको थियो ।दर्शकको अनुमानविपरीत खेलमा मोरङ प्रहरीलाई शून्यका विरुद्ध २ गोल सुन्दर भेट्रानले गरेको थियो ।सुन्दर भेट्रानका तर्फबाट गछिया युवा समाजका अध्यक्ष सरोज दाहाल, खेल संयोजक प्रह्लाद थोप्रालगायतले पनि खेलेका थिए ।आज राष्ट्रिय जागृति क्लब इटहरी र गाईघाट युनाइटेड फुटबल क्लबबीच दिउँसो २ बजे फाइनल खेल हुनेछ ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २०२ पटक पढिएको
  • जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य

    काठमाडौंः कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले १३० रनको लक्ष्य दिएको छ ।लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको हो । कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए ।बलिङमा जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २–२ तथा संगीथ कुरे, अनिल शाह र माज सदाकतले समान १ विकेट लिए ।जनकपुर बोल्ट्स एनपीएलको साबिक विजेता टोली हो ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • २२१ पटक पढिएको
  • यस्तो छ हिजोसम्मको १५ औँ प्याब्सन स्पोर्ट्स मिटको नतिजा

    विराटनगरः विराटनगरमा जारी १५ औँ प्याब्सन स्पोर्ट्स मिट–२०८२ अन्तर्गत हिजो दोस्रो दिनको खेल समाप्तिसम्म सिनियरतर्फ विराटनगरको एभरेष्ट स्कुल ४ स्वर्ण पदक जित्दै अग्रस्थानमा छ ।प्लस टु (सिनियर) तर्फको टेबलटेनिसमा एभरेष्ट स्कुलले चारवटै स्वर्ण पदक जितेर वर्चस्व कायम गरेको हो । यस्तै, जुनियरतर्फ (कक्षा १० सम्म) सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमीले दुईवटा स्वर्ण पदक जित्दै अग्रस्थान ओगटेको छ ।प्लस टु तर्फको टेबलटेनिस छात्रछात्रा दुवै विधामा एभरेष्ट स्कुलले बाजी मारेको छ । प्लस टु छात्र सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम र एभरेष्टकै श्रेयन काफ्ले द्वितीय भए । तृतीय स्थानमा ब्राइट फ्य

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • २६० पटक पढिएको
  • राष्ट्रिय जागृति क्लब गछिया गोल्डकपको फाइनलमा

    इटहरी ।  क्वाटर फाइनलमा विदेशी पाहुना टोली लिजेण्ड फुटबल क्लब पश्चिम बंगाल भारतलाई ० का विरुद्ध ७ गोलले पराजित सेमीफाइनलमा पुगेको आयोजक गछिया युवा समाजले गछिया गोल्डकपको फाइनलमा स्थान सुरक्षित गर्न सकेन ।हिजो भएको क्वाटरफाइनल खेलमा ० का विरुद्ध १ गोल गरी राष्ट्रिय जागृति क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकपको फाइनलमा पुगेको छ । क्वाटरफाइनलमा राष्ट्रिय जागृतिले दमक फुटबल क्लबलाई ० का विरुद्ध २ गोल गरी पराजित गरेको थियो ।राष्ट्रिय जागृतिका लागि हिजोको खेलको एकमात्र निर्णायक गोल नाइजेरियन खेलाडी एलेक्सले गरेका थिए । खेलको म्यान अफ द म्याच पनि उनी नै घोषित हुँदै नगद ५ हजार १

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • २७३ पटक पढिएको
  • अपराजित सुदूर पश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

    काठमाडाैंः विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग एनपीएल मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउँदै पूरा गरेको हो ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • २५१ पटक पढिएको
  • एनपिएल : चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स ८ विकेटले विजयी

    इटहरी । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै लिग चरण विजयी रूपमा समापन गरेको छ।चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। दुवै टोली पहिले नै प्लेअफ दौडबाट बाहिरिइसकेकाले खेल प्रतिष्ठाका लागि मात्रै थियो।पोखराले ७ खेलमा ३ जितसहित ६ अंक जोड्दै पाँचौँ स्थानमा लिग सकायो। चितवन भने ७ खेलमध्ये ५ खेलमा हार बेहोर्दै ४ अंकमै सीमित रह्यो ।अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ। दुवै टोलीको समान २ अंक रहेको छ ।पोखराका लागि ओपनर रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित ६५ रन बनाए। उनले

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २५८ पटक पढिएको
  • एनपीएलको दोस्रो सिजनमा अपराजित सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

    काठमाडौंः जारी सिजनमा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।सुदूर पश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २०८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल