खेलकुद

    Showing २२१-२३० of ५६२ items.
  • कुशलको छक्का प्रहारमा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना

    काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् ।घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा चोट लागेको छ ।जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल  मल्लले छक्का हानेको बलले उनलाई लागेको थियो । उनी रगताम्मे भएकी थिइन् ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २७० पटक पढिएको
  • माज र अनिलको अर्धशतकमा जनकपुरको पहिलो जित

    काठमाडौं । अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ ।माज सदाकत र अनिल शाहको अर्धशतकमा जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ । जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।उता चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।पाकिस्तानी युवा अलराउण्डर माजले

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २७७ पटक पढिएको
  • टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

    काठमाडौंः आज नेपाल प्रिमियर लिग (एनपीएल)मा दुई खेल हुँदैछन् । अहिले पौने १२ बजे शुरु भएको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।चितवनले आजको खेलका लागि बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई अघि सारेको छ । जनकपुरले पनि आजको खेलमा ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्टलाई अघि सारेको छ । हालसम्म खेलेका सबै ४ खेलमा लगातार हार बेहोरेको साबिक विजेता जनकपुर आज पनि पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • १५८ पटक पढिएको
  • प्रथम गछिया गोल्डकप शुरु, उद्घाटन खेलमा बेलबारी फुटबल क्लबलाई पछि पार्दै सलहेश फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश

    गछियाः गछिया युवा समाजको आयोजनामा सुन्दरहरैंचा–७ स्थित गछिया खेलमैदानमा हिजोदेखि प्रथम गछिया गोल्डकप शुरु भएको छ । हिजो भएको उद्घाटन खेलमा बेलबारी फुटबल क्लबमाथि ० का विरुद्ध १ गोल गर्दै सलहेश फुटबल क्लब क्वाटर फाइनलमा पुगेको छ ।पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा सलहेशका जर्सी नम्बर ११ का रोमन भुजेलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेल अवधिमा दुवै टिमले गोल गर्ने धेरै मौकाको उपयोग गर्न सकेनन् ।खेलको निर्णायक एक मात्र गोल गर्ने सलहेशका जर्सी नम्बर ११ का रोमन भुजेल म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार १०० रुपैयाँ प्राप्त गरे ।आजको खेल आयोजक गछिया युवा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २४९ पटक पढिएको
  • चौथो जीतसँगै काठमाण्डु गोर्खाज प्ले अफको नजिक

    काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत हिजो भएको प्रतियोगितामा चौथो जीत निकालेसँगै काठमान्डु गोर्खाज प्ले अफको नजिक पुगेको छ ।६ खेल खेलेको काठमान्डुले ४ जीतसँगै ८ अङ्क जोडेको छ । विराटनगर किंग्ससँग समान अङ्क भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ ।आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेसँगै काठमान्डु अङ्कतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको हो ।जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभ

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २६७ पटक पढिएको
  • आजदेखि गछिया गोल्डकप, सम्पूर्ण तयारी पूरा

    गछियाः आजदेखि मंसिर २२ गतेसम्म गछिया युवा समाज मोरङको आयोजनामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।खेलमैदान सम्याउने, घाँस काट्ने, खेलमैदानको घेराबारा, प्याराफिट निर्माणलगायतका काम सम्पन्न भइसकेको आयोजक गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभएको छ ।प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार र उपविजेता टिमले नगद १ लाख १ हजार रुपैयाँ पाउनेछन् । आज उद्घाटन खेल सहलेश फुटबल क्लब र बेलबारी फुटबल क्लबबीच हुने खेल संयोजक प्रह्लाद थोप्राले बताउनुभयो ।प्रतिय

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २२३ पटक पढिएको
  • सुदूरपश्चिम पुग्यो प्लेअफमा, दुई खेल खेल्न बाँकी हुँदै अन्तिम चारमा सुरक्षित

    इटहरी ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली सुदूरपश्चिम रोयल्स बनेको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूर पश्चिम लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा पुगेको हो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २३२ पटक पढिएको
  • एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल

    इटहरी । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।टस जितेको नेपालले मलेसियालाई अजमानस्थित सेभेन डिस्टिक ग्राउन्ड–२ मा पहिलो ब्याटिङका लागि निम्तो दियो । मलेसिया १७.२ ओभरमै ५१ रनमा समेटियो । नितेशले ८ ओभरमा २ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रनमा ३ विकेट हात पारे। कप्तान अशोक धामी र रोशन विश्वकर्माले पनि १–१ विकेट जोडे।मलेसियाबाट नवौँ नम्बरका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाए । यी दुईबाहेक अन्य खेलाडी दोहो

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • १८१ पटक पढिएको
  • ३ विकेटले कर्णाली याक्समाथि विराटनगर किंग्सको जीत

    विराटनगरः त्रिवि खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा ३ विकेटले विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले प्रियांक पान्चलको अर्धशतक मद्दतमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो । ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाएका थिए ।उनको यस सिजन यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे ।गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २६८ पटक पढिएको
  • ५३ रनले पराजित गर्याे काठमान्डु गोर्खाजले चितवन राइनोजलाई

    काठमाडौंः काठमान्डु गोर्खाजले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भएपछि ५३ रनले काठमाण्डु गोर्खाज विजयी भएको छ ।त्रिवि खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दा पाँच खेल खेलिसकेको काठमान्डुको यो तेस्रो जीत हो । विराटनगर किंग्ससँग काठमाण्डु गोर्खाजको समान अङ्क भए पनि रनरेटमा विराटनगर अघि छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।काठमान्डुका लागि सिम्पसनले सर्वाधिक

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल