खेलकुद

    Showing २३१-२४० of ५६२ items.
  • साविक विजेता जनकपुरले लगातार तेस्रो हार बेहोर्दा पोखराले निकाल्यो पहिलो जीत

    काठमाडौंः नेपाल प्रिमियम लिगको पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स जारी दोस्रो सिजनमा अङ्कविहीन छ । हालसम्म खेलेका तीनै खेलमा उसले जीत निकालेको छैन ।ब्याटिङमा सुमित वर्माको अर्धशतक अनि बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जीत हात पारेको छ । साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै पोखराले अङ्कको खाता खोलेको हो ।१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जीतसम्म पु¥याउन भने सकेनन् । आठौं

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २५० पटक पढिएको
  • सुदूरपश्चिमले लगातार चौथो जीत निकाल्दा लुम्बिनीको तेस्रो हार

    काठमाडौंः सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जीत हात पारेको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूर पश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।लगातार चार जीतपछि ८ अङ्कका साथ शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । सुदूर पश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफमा पुग्नेछ । लुम्बिनीको यो लगातार तेस्रो हार हो । ४ खेलमध्ये एउटा खेलमात्र लुम्बिनीले जितेको छ ।आजक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २७५ पटक पढिएको
  • एनपीएलः चौथो खेलमा पराजित बन्यो विराटनगर किंग्स

    काठमाडौंः नेपाल प्रिमियम लिग एनपीएलमा हालसम्म अपराजित यात्रा गरिरहेको विराटनगर किंग्सको यात्रामा विराम लागेको छ । आज भएको खेमा विराटनगरलाई अलआउट गर्न चितवन राइनोजका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजनमा एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बने ।बायाँ हाते स्पीनर रन्जित कुमारले पाँच विकेट लिएपछि विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लागेको हो । आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भएको हो

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १६२ पटक पढिएको
  • लगातार चौंथो जितको खोजिमा विराटनगर, जितको लयमा फर्किने चितवनको लक्ष्य

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर र चितवन आमने सामने हुँदैछन् । आज एक मात्रै खेल दिउँसो ४ बजेबाट सुरु हुँदै छ ।प्रतियोगिताको १२ औं खेलमा विराटनगर आफ्नो चौंथो खेलमा अपराजित रहने लक्ष्यमा रहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो। चितवन अघिल्लो खेलमा लुम्बिनी लायन्स सँग ६ विकेटले हारेकाले जितको लयमा फर्कने लक्ष्य सहित मैदान उत्रिनेछ।अर्कोतर्फ विराटनगरले जारी सिजन निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकाले विराटनगर आफ्नो अपराजित यात्रा कायम राख्दै अघि बढ्ने लक्ष्यमा छ। विराटनगरले प्रतियोगिताका सबै तीन खेल जितेकाले आत्माविश्वासी रहेको छ।विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ र

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २४५ पटक पढिएको
  • लुम्बिनीविरुद्ध काठमान्डु २२ रनले विजयी

    इटहरी । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायोन्सले लगातार दोस्रो हार बेहोरेको छ। लुम्बिनी २२ रनले पराजित भएको हो।त्रिवि क्रिकेट रङ्गशालामा काठमान्डु गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १३५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि दिलीप नाथले २५ रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै, डी आर्सी सर्टले २२ रन बनाए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सेयर मल्लले १८ बलमा ३ छक्काको सहयोगमा २७य रन प्रहार गर्दै रन आउट भए।कप्तान रोहितकुमार पौडेल र गुलबदिन नाबिले समान ११, ओपनर सन्दीप जोराले ७ रन बनाए। यो जितसँगै ४ खेलमा काठमान्डुले दोस्रो जित दर्ता गरेको छ। यता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • २८७ पटक पढिएको
  • एनपीएल : आज काठमाडौं र लुम्बिनी आमनेसामने हुँदै

    इटहरी । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ। उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ।करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाडौं दुई अङ्कसहित तेस्रो स्थानमा छ।रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • २०७ पटक पढिएको
  • एनपीएलः विराटनगर किंग्सको लगातार तेस्रो जीत, साबिक विजेता जनकपुर बोल्ट्स पराजित

    काठमाडौंः नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरी विराटनगर किंग्सले लगातार तेस्रो जीत हात पारेको छ । विराटनगरले यो सिजनका सबै तीन खेल जितेको हो ।विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि लफ्टी इतनले सर्वाधिक ४२ रन बनाएका थिए ।विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाए

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • ३०६ पटक पढिएको
  • एनपीएल– जनकपुरले टस जितेर रोज्यो फिल्डिङ

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ।टीयू क्रिकेट मैदानमा विराटनगर किंग्स विरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।डिफेन्डर च्याम्पिययन जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग पराजित भएको छ। विराटनगर भने यसअघिका दुई खेलमै विजयी बनेको छ।टीयू क्रिकेट मैदानमा आजै अर्को खेल पनि हुनेछ। आज बेलुका ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • १७९ पटक पढिएको
  • ब्लाइन्ड महिला विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेता

    इटहरी । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो भने भारतले १२ ओभरमै तीन विकेटको क्षतिमा ११७ रन पूरा गर्दै लक्ष्य भेटाएको हो।फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन् भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन योगदान गरिन्।प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका सहभागी थिए। सेमिफाइनलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतले अस्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो।यसप्रकारको क्रि

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २१७ पटक पढिएको
  • एनपीएल : आज कर्णाली र लुम्बिनी, काठमाडौं र विराटनगर भिड्दै

    इटहरी । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् ।करण केसीको कप्तानीमा रहेको

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • ३०७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल