इटहरी डेस्क । एएफसी एसियन कप २०२७ को छनोटअघि हङकङसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ जाने नेपाली टोलीको बिदाइ गरिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको हो। खेलाडीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सकेसम्म जितेर आउन र नसके बराबरीमा रोकेर आउन शुभकामना दिए।टोलीलाई मन्त्री चौधरी, एन्फा महासचिव किरण राईसहितका पदाधिकारीले बिदाइ गरेका थिए। छनोटका लागि २३ खेलाडीसहित ३८ सदस्यीय टोली हङकङ जानेछ।एसियन कप छनोट र हङकङसँगको मैत्रपूर्ण खेलका लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन्।
एजेन्सी । म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले १७ वर्ष लामो उपाधिको प्रतीक्षा अन्त्य गरेको छ।बुधबार राति स्पेनको सान मामेस स्टेडियममा भएको युरोपा लिगको फाइनलमा युनाइटेडलाई १–० गोल अन्तरले जित्दै टोनटह्यामले उपाधि हात पारेको हो।टोटनह्यामले यो तेस्रोपटक युरोपा लिग उापधि जितेको हो। यसअघि टोटनह्यामले सन् १९७२ र १९८४ मा उपाधि जितेको थियो। टोटनह्यामलाई उपाधि दिलाउन ब्रेनन जोन्सनले निर्णायक गोल गरे। पहिलो हाफको ४२ औँ मिनेटमा ब्रेननले गरेको गोल नै निर्णायक बन्यो। युरोपा लिग च्याम्पियन बनेसँगै टोटनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाएको छ। च्याम्पियन्स लिगमा छनोट भएप
मोरङ -पथरी शनिश्चरे – बैशाख ३१दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ अन्तर्गत पुरुष फुटबलको उपाधि देवीगञ्ज एफसीले उचालेको छ। पथरी शनिश्चरे–१ स्थित जाँते मोडको प्रस्तावित रंगशालामा आज सम्पन्न फाइनल खेलमा देवीगञ्जले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडेन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो।खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि ट्राईबेकरमार्फत निर्णय लिइएको थियो। ट्राईबेकरबाट पनि खेल बराबरी भएपछि सडेन डेथमा पुगेको खेलमा देवीगञ्ज विजयी बन्न सफल भयो।फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका देवीगञ्जका जोसन कार्की म्यान अफ द म्याच घोषित भए भने गोल्डेन बुट प्रभात
मोरङ ,पथरीशनिश्चरे, बैशाख २६ — नगर खेलकुद महोत्सवअन्तर्गत पथरीशनिश्चरेमा आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा देविगन्ज फुटबल क्लबले पुलचोक फुटबल क्लबलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।खेलको १० औं मिनेटमा देविगन्जले पहिलो अवसर गुमाएको थियो, जब बल पोलमा ठोक्किएर बाहिरिएको थियो। त्यसपछि १२ औं मिनेटमा पुलचोकका गोलरक्षक क्रिस धिमालले उत्कृष्ट बचाउ गरेका थिए।२९ औं मिनेटमा पुलचोकका डिफेन्डर राजन धिमालको आत्मघाती गोलका कारण देविगन्जले १-० को अग्रता लिएको थियो। ३१ औं मिनेटमा कप्तान सन्तोष न्यौपानेले थप गोलको प्रयास गरे पनि बल पुनः पोलमा ठोक्किएर बाहिरिएको थियो।दोस्रो ह
पथरी शनिश्चरे, चैत २५-- पथरी शनिश्चरे नगरपालिका वडा नं १ द्वारा आयोजना गरिएको प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली वडा नं १ ले जितेको छ।सोमबार जाँते रोडस्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं १ ले वडा नं ९ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो। खेलको निर्धारित समयको ८औं मिनेटमा वडा नं १ का रवीन राईले गरेको गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो।उपाधिसँगै वडा नं १ ले नगद ३१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता वडा नं ९ ले नगद २१ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ।फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १ का
पथरी शनिश्चरे, चैत २४पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा सञ्चालित प्रथम वडाध्यक्ष कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल चरणमा वडा नं. ९ ले जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वडा नं. ९ ले वडा नं. २ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा वडा नं. ९ का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न सफल भए।वडा नं. २ का खेलाडी निरोज (काउली) निर्णायक पेनाल्टीमा गोल गर्न असफल भएका थिए, जसले टिमको
मोरङको पथरी शनिश्चरेमा यही चैत्र २७ गतेदेखि चार दिनसम्म सहिद रत्न कुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता - २०८१ तथा पाँचौं मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट सञ्चालन हुने भएको छ।आज सिनभिलेज पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतियोगिताबारे जानकारी गराइएको हो। ‘सृजनाशील र स्वस्थ्य दिमागका लागि बुद्धिचाल’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता फ्रेन्डसिप चेस क्लब, पथरी शनिश्चरे - ०१ को आयोजनामा हुन लागेको हो। क्लबका सचिव लोक सागर साम्बाले बुद्धिचालको माध्यमबाट नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन र खेलाड
पथरीशनिश्चरे – नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमितिको आयोजनामा सम्पन्न ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता—२०८१’ मा एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलले उपाधि जितेको छ।९ राउण्डको खेलमा एभरेष्टका सेम्रिल राई, आयुस लिम्बू र सिद्धान्त कन्दङ्वाको टोलीले १७ अंक जोड्दै च्याम्पियन बने। मोरङ मेरिगोल्ड १४ अंकसहित दोस्रो, जबकि बाल जागरण विद्या मन्दिर १३ अंकसहित तेस्रो स्थानमा रहे। प्रतियोगितामा नगरका १० विद्यालयको सहभागिता रहेको थियो। उत्कृष्ट खेलाडीका रूपमा आयुस लिम्बू, सिद्धान्त कन्दङ्वा र कृष्टि राई पुरस्कृत भए। आयोजकका अनुसार प्रतियोगिता प्रत्येक वर्ष निरन्तर गरिनेछ।
इटहरी । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीले दिएको २३१ रनको लक्ष्य पछाएको आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।आर्मीका लागि तृतराज दासले ११२ रनको शतकीय पारी खेलेका थिए । यस पीएम कपमा बनेको यो दोस्रो शतक हो । यस अघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले गण्डकी प्रदेशविरुद्धको खेलमा १२१ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आर्मीका लागि बसिर अहमदले अविजित ६१ रन बनाएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट
काठमाडाैं । युगाण्डामा जारी चार देशीय महिला टी–२० सिरिजमा आज (शुक्रबार) समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।आजको लागि नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन् ।हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइस