खेलकुद

    Showing ३११-३२० of ५६२ items.
  • ‘वुमेन्स डे महिला टि–२० आई सिरिज’ : नेपालको पहिलो जित, घरेलु टोली युगाण्डा पराजित

    इटहरी । ‘वुमेन्स डे महिला टि–२० आई सिरिज’ अन्तर्गत नेपालले घरेलु टोली युगाण्डामाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । टोलीका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाइन् । स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रनको योगदान दिइन् । नेपालका लागि पुजा महतोले ३ विकेट लिँदा कप्तान इन्दु बर्माले २ विकेट हात पारिन् ।७६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ५६८ पटक पढिएको
  • विराट गोल्डकप: आज त्रिभुवन आर्मी क्लब र मोरङ एफए भिड्दै

    विराटनगर -  विराटनगरमा जारी ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ एफएबीच प्रतिस्पर्धा हुँदैछ। सहिद रंगशालामा साँझ ६:३० बजे खेल सुरु हुनेछ।मोरङ एफएले सोमबार सम्पन्न उद्घाटन खेलमा भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। घरेलु मैदानमा आज विभागीय टोली आर्मीको सामना गर्नुपर्ने भएकाले मोरङका समर्थकहरू उत्साहित देखिएका छन्।दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पा

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ४२४ पटक पढिएको
  • विराट गोल्डकपमा कोलकाता लाई पराजित गर्दै मोरङ को संघर्षपूर्ण संघर्षपूर्ण जित

    मोरङ - विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ले संघर्षपूर्ण जित निकालेको छ। भारतको साउर्थन समिति फुटबल क्लब, कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।रोमाञ्चक खेलको सम्पूर्ण विवरणखेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडर गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ५८७ पटक पढिएको
  • रमपम विराट गोल्डकप २०८१ : विराटनगरमा फाल्गुन १९ गतेदेखि सुरु हुँदै

    विराटनगर – विराटनगरको साथ फुटबलको विकास" भन्ने नाराका साथ रमपम विराट गोल्डकप फुटबल प्रतियोगिता २०८१ को नवौं संस्करण विराटनगरको शहीद रंगशालामा फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना गरिने भएको छ। आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको छ।१० टिमको प्रतिस्पर्धाप्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने छन्, जसमा भारतका २ टिम तथा नेपालका विभागीय टिमहरू सहित ८ टिम सहभागी हुनेछन्। खेल तालिका सार्वजनिक भइसकेको छ।१ करोड ३५ लाख खर्चको अनुमानप्रतियोगिता सम्पन्न गर्न रु. १ करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ। यस प्रतियोगितालाई सफल बनाउन कोशी प्रदेश सरक

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ६१३ पटक पढिएको
  • युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा

    इटहरी । युगाण्डामा आउँदो साताबाट सुरू हुने महिला टी–२० आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलो पटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए ।मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एशोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी–२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३–३ खेलको शृंखला खेलेको थियो । नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । ना

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ३३१ पटक पढिएको
  • भद्रपुर झापा गोल्डकप : झापा–११ र भुटानको डागा युनाइटेड भिड्दै

    झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ । प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको होे । यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ ।

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ३०६ पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र म्यानमार एक खेल अघि नै फाइनलमा

    इटहरी ।नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् ।अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । लेबनानलाई १–० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो । जितसँगै नेपाल चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।नेपालका लागि सावित्रा भण्डारी (साम्भा) ले खेलको ४२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तान विरुद्ध पनि १–० कै साँघुरो जित

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ३७७ पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला फुटबल : साम्बाको गोलमा पहिलो हाफमा लेबनानविरुद्ध नेपाललाई अग्रता

    इटहरी । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र लेबनानबीच खेल चलिरहेको छ । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा पहिलो हाफमा लेबनानविरुद्ध नेपालले अग्रता बनाएको छ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ४२ औं मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो । विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानले क्लियर गरे पनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहर लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको हो ।खेलको आठौं मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ३६४ पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट, नेपाल किर्गिजस्तानसँग भिड्दै

    इटहरी । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आज (सोमबार) बाट काठमाडौंमा सुरू हुँदैछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।आज हुने दुई वटा खेलमध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिजस्तानसँग भिडनेछ, जुन खेल साँझ ५ः३० बजेवाट सुरू हुनेछ।फिफा वरीयतामा किर्गिजस्तान नेपालभन्दा तल छ । हाल किर्गिजस्तानको फिफा वरीयता १२८औं स्थान छ ।किर्गिजस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिजस्तानमै भएको नादेज

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ३८० पटक पढिएको
  • पथरी शनिश्चरे भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई

    पथरी - पथरी शनिश्चरेमा सम्पन्न भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ ले जितेको छ। फाइनलमा वडा नं. १ ले वडा नं. ४ लाई ५-४ गोलले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो। प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजनामा पञ्चायत माविको खेलमैदानमा सम्पन्न भएको थियो। खेलमा दीपक राईले २ गोल गर्दै टिमलाई जित दिलाए। म्यान अफ द म्याच वडा नं. ४ का रोजिन शिवाकोटी घोषित भए। विजेता तथा उपविजेता टिमलाई नगर प्रमुख मोहन प्रसाद तुम्बापोले नगदसहित ट्रफी प्रदान गरे।

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल