वेलवारी - मोरङको बेलवारीमा असोज ११गतेदेखि १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ।आईतबार बेलवारी नगरपालिकाको सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिता आयोजना गरिएको बताईएको छ । गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट देश विदेशमा बेलबारी नगरपालिकालाई चिनाउने र नगरको शान उच्च राख्ने कुरामा आफूले विश्वास लिएको बताउनु हुंदै बेलबारी नगरप्रमुख दिल प्रसाद राईले खेलकुद क्षेत्रमा मोरङ जिल्लाकै दोस्रो ठुलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको दावी गर्नुभयो।उहाँले अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सभ्य र
इटहरी । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ। सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो । बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार रकम खातामा गइसकेको जानकारी दिएका हुन् ।
भोजराज घिमिरे विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले कृषि उत्पादनमा प्रविधिको प्रयोगद्वारा वृद्धि गर्ने र आत्मनिर्भरता हासिल गर्ने दिशामा कदम चाल्नुपर्ने आवश्यकतालाई जोड दिएको छ। महासंघले स्थानीय कृषक, व्यवसायी, र सरकारी निकायहरूबीच सहकार्यको आवश्यकता औंल्याउँदै, आधुनिक प्रविधिको प्रयोगमार्फत दीर्घकालीन कृषि विकासको खाका तयार गर्नुपर्ने उल्लेख गरेको छ।प्रेस विज्ञप्तिमा आयातमा निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आधुनिक कृषि प्रविधि र नवप्रवर्तनको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने कुरा स्पष्ट गरिएको छ। महासंघले प्रदेशलाई आत्मनिर्भर बनाउन, कृषकहरूलाई प्रविधिमा
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । नेशनल लिग फुटबलमा विजयी सुरुवात गर्ने क्रममा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दा रोनाल्डोले टिमका लागि निर्णायक गोल गरेका थिए ।३९ वर्षीय रोनाल्डोले सिक्सयार्ड बक्सबाट ३४ औं मिनेटमा नुनो मेन्डेसको क्रसलाई सदुपयोग गर्दै टिमको दोस्रो गोल गरे । त्यसअघि म्यानचेस्टर युनाइटेडका ‘फुल ब्याक’ डियोगो डलोटले टिमका लागि पहिलो गोल गरेका थिए । उनले ७ औं मिनेटमै गोल गर्दे टिमलाई अग्रता दिलाए ।रोनाल्डोले अग्रता दोब्बर बनाउँदा पहिलो हाफमै आत्माघाती गोलमार्फत क्रोएसियाले खेलमा फर्किने प्रयास गरेको थियो । डलोटलेनै
एजेन्सी । बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २–० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ । विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।शीर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अंकसहित शीर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बंगलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ । बंगलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २–० ले पराजित गरेको थियो । पहिलो टेस्ट १० विकेटले जितेको बंगलादेशले दोस्रो टेस्ट ६ विके
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेक
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो । सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो ।विजेता मोरङले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गरे । उपविजेता सलहेस युथ क्लब सिरहाले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त पुरस्कार कोशी प्रदेश
इटहरी । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (सोमबार) साविक विजेता भारत र बंगलादेश भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ। भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो। च्याम्पियनसिपमा भारत अपराजित छ। बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो। यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ। नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक–एक गोल गरेका थिए । एटलेटिको म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको पहिलो खेलमा फेलिक्सले गोल गर्दै आफ्नो सानदार सुरुवात गरेका छन् ।त्यस्तै वोल्भ्सका लागि माथेउस चुन्हा र जोर्गेन लार्सेनले एक–एक गोल गरेका थिए । यो जितपछि यस सिजनको पहिलो खेलमा हार बेहोरेको चेल्सीको २ खेलमा ३ अंक भएको छ भने वोल्भ्सले लगातार दोस्रो खेलमा हार
काठमाडाैं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा आज (शुक्रबार) भारत र माल्दिभ्स भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ। सेमिफाइनलमा पुग्नका लागि समूह बी का तीनै टोलीको बाटो खुला छ। आजको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरे समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। माल्दिभ्सले भारतविरुद्ध जित निकाले पनि हेड टु हेडमा भुटान सेमिफाइनलमा पुग्नेछ। यद्यपी फराकिलो अन्तरको जितले भने माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना जिवित छ। पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको