इटहरी । सेन्ट्रल एशिया भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो । भारत लगातार तेस्रो खेल हो ।शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले हराएको थियो । नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ ।
काठमाडाैं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज (आइतबार) नेपालका खेलाडीले दुई खेलमा आफ्नो चुनौती प्रस्तुती गर्नेछन्। ओलम्पिकमा आज नेपाल सहभागी रहेको सुटिङ र पौडीको खेल रहेको छ। नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे हुने छ। आजै हुने अर्को खेलमा पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः५ मा रहेको छ। यसअघि शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहाल सोझो सेटमा पराजित भएका थिए। पेरिस ओलम्पिकको ३३ औँ संस्
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरि र लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित भेनकुवर नाइट्सले क्यानेडियन लिग ग्लोबल टी–२० मा लगातार दोस्रो हार व्यहारेको छ। शनिबार राति भएको खेलमा सन्दीप र दीपेन्द्रको टोली भेनकुवर बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको हो। बंगाल टाइगर्सले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो। भेनकुवरका हर्ष ठाकेरले सर्वाधिक ७९ रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ड्वाइन प्रेट्रोइस २९ रन बनाउँदा सकिव अ
काठमाडाैं । एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्।खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हामीले धेरै सिक्ने अवसर पायौँ। भारत र पाकिस्तानविरुद्धको खेलमा सिक्ने राम्रो मौका मिल्यो।’ उनले थपिन्, म मेरो टोलीको खेलप्रति गर्व गरिरहेको छु। हामी राम्रो खेलेका थियौँ, केही कमजोरीहरु थिए त्यसलाई सुधार गर्दै आउने दिनमा अझै राम्रो गर्नेछौँ।’ नेपालले तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको हो। यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक
इटहरी । जारी महिला एशिया कप अन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि शुरु हुँदैछ ।यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार व्यहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो र पाकिस्तानसँग पराजित भएको थियो ।त्यस्तै समूह ‘ए’ अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार व्यहोरेको छ भने युएईले दुवै खेलमा हार व्यहोरेको छ ।एशिया कप खेल्ने नेपाली टिमइन्दु
इटहरी । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो । यसअघि शुक्रबार नै सम्पन्न समूह अन्तर्गतको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब भारतले अर्को खेल आइतबार यूएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।
काठमाडौं । उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँस–दाउरालगायतका दैनिकीमै बित्यो ।पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैले मेसो पाएनन् । गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन् ।कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन् । त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन् । धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूम
एजेन्सी । मासन ग्रीनवूड फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले मार्सेलीसँग २०२९ सम्मका लागि सम्झौता गरेका हुन् । ग्रीनवूडलाई मार्सेलीले ३० मिलियन युरोमा किनेको बताइएको छ ।२२ बर्षीय ग्रीनवुड यौन दुर्व्यबहारको आरोपमा पक्राउ परेकोमा अदालतले सफाई दिएपछि फुटबलमा फर्किएका थिए । तर म्यानचेस्टर युनाइटेडका फ्यानहरुले उनको विरोध गरेपछि उनलाई गत सिजन लोनमा स्पेनिस क्लब गेटाफेबाट खेलेका थिए । गेटाफेमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ३६ खेलमा १० गोल समेत गरेका थिए ।
ताप्लेजुङ । ताप्लेजुङकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई तीन लाख ११ हजार एक सय ११ र उपविजेतालाई एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।
इटहरी । आइसीसीले नेपालसहित ६ देशलाई आइसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ । आइसीसीका एशोसियट देशमध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ । ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन् । जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ । त्यस्तै नेदरल्याण्डसले आइसीसी एशोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आइसीसी एशोसियटस मेम्बर वोमन्स परफरमेन्स अफ द