खेलकुद

    Showing ४८१-४९० of ५६२ items.
  • रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

    सुनसरी - यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनलमा पुगेको  छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड  फाइनलमा पुगेको हो ।सुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो । उनले खेलको ८८ औँ मिनेटमा र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।रियलले अब फाइनलमा उपाधिका

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • २९३ पटक पढिएको
  • टी-२० सिरिजको अन्तिम खेल : वेष्टइण्डिजमाथि नेपालको जित

    इटहरी  : वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जित निकालेको छ। आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो।वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए। कुशल मल्ल ३७ रनमा नटआउट रहे। बलिङतर्फ वेस्टइन्डिजका ओवेद मकोयले ३ र माथ्यू फोर्डले एक विकेट लिए।यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। वेस्ट इन्

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • २६५ पटक पढिएको
  • क्रिकेटको विश्व वरीयतामा नेपाल एक स्थान खस्कियो

    इटहरी - क्रिकेटको विश्व​ वरीयतामा नेपालको स्थान खस्किएको छ।अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको हो ।यसअघि टी–२० वरीयताको १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ स्थानमा झरेको हो। नेदरल्यान्ड्स १५ औँ स्थानमा यथावत् रहँदा युएई एक स्थान माथि उक्लँदै १६ औं स्थानमा पुगेको छ।एकदिवसीयतर्फ पनि नेपालको वरीयता दुई स्थान खस्किएको छ। यसअघि १५ औँ स्थानमा रहेको नेपाल १७ औँ स्थानमा झरेको छ।टी–२० र एकदिवसीयको दुबै वरीयतामा भारत शीर्ष स्थानमा रहँदा टेस्टतर्फ अस्ट्रेलियाले शीर्ष स्थान कब्जा गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • ३२८ पटक पढिएको
  • नेपालले गुमायो टी-२० सिरिज

    इटहरी  : नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–ट्वेन्टी सिरिज एक खेल अगावै गुमाएको छ।बिहीबार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३-१ ले गुमाएको हो।सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।चौथो खेलमा नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१  रनमा समेटियो।नेपालका क्याप्टेन रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान गरे। आक्रामक ब्याटिङ 

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • ५२४ पटक पढिएको
  • टी-ट्वान्टी विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा

    इटहरी : नेपाल क्रिकेट संघ (क्यान)ले आज टी-ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा रोहित पौडेल कप्तान‚ आशिफ शेख‚ अनिलकुमार साह‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ दीपेन्द्रसिंह ऐरी‚ ललित राजवंशी‚ करण केसी‚ गुल्सन झा‚ सोमपाल कामी‚ प्रतीश जीसी‚ सन्दीप जोरा‚ अविनाश बोहरा‚ सागर ढकाल र कमलसिंह ऐरी छन्।जेठ २० गते (जुन २ तारिख) देखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना हुँदै छ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • ३५८ पटक पढिएको
  • वेस्ट इन्डिज 'ए' सँग नेपालको फराकिलो हार

    इटहरी – वेस्ट इन्डिज 'ए' टाेलीसँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा नेपाल  ७६ रनको फराकिलो अन्तरले पराजित भएकाे छ ।वेस्ट इन्डिज 'ए' ले दिएकाे २ सय २८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयाे । नेपालका लाेकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, अनिल साहले १४ । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज 'ए' का हेडन वाल्शले ३, गुदाकेश माेटीले २ विकेट लिए ।यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे । वेस्ट इन्डिज 'ए' का ओपनर ब्याटर

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • २९२ पटक पढिएको
  • नेपालले आज वेष्ट इण्डिजसँग तेस्रो खेल खेल्दै

    इटहरी - वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी-२० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ। खेल दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन् । शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो । नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • ३८९ पटक पढिएको
  • वेष्ट इण्डिज ‘ए’ सँगको दोस्रो खेलमा नेपाल १० रनले पराजित

    सुनसरी -वेष्ट इण्डिज ‘ए’ विरुद्दको खेलमा नेपाल १० रनले पराजित भएको छ। जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा  नेपालका  गुलशन झा २६, लोकेश बम १७,आरिफ शेख १२, आकाश चन्द ७,  दिपेन्द्रसिंह ऐरी ३,सोमपाल कामी ३,  कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्यमा आउट भएका थिए। कप्तान रोहित पौडेल अविजित ७१ रन बनाए।टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो।   कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  मैत्रिपूर्ण टी-२० को दोस्रो श्रृङ्खलामा  आज दोस्रो खेल हो।  नेपालका लागि  सागर ढकाल र कुशल भुर्तेलले समान दुई द

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ३१४ पटक पढिएको
  • टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

    इटहरी - टि २० सिरिजका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले जितका लागि नेपाललाई १६१ रनका लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको हो।

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • २८९ पटक पढिएको
  • नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी–२० शृंखलाको पहिलो खेल भोलि

    सुनसरी: नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी–२० शृंखलाको पहिलो खेल भोलि हुँदै छ।वेष्ट इण्डिजको ए र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:१५ बजे शुरु हुनेछ। आईसीसी टी–२० विश्वकप २०२४ को तयारीस्वरुप नेपालले वेष्ट इण्डिजको ए टोलीसँग खेल्न लागेको हो। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इण्डिजको ‘ए’ टोलीबीच ५ खेलको टी–२० शृङ्खला हुँदै छ। वेष्ट इण्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो। नेपाल र वेस्टइण्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गत

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ५६७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल