खेलकुद

    Showing ४१-५० of ५६२ items.
  • लगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स नकआउट चरणमा प्रवेश

    इटहरी । लगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।खेलको १४ औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । मध्यान्तरअघिको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो ।खेलको ५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।उस्मान डेम्बेलेले ६६ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाएका थिए ।समूह चरणको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थि

    • प्रकाशित मितिः असार ९, २०८३
    • १२७ पटक पढिएको
  • विश्वकपमा मेसीका कीर्तिमान थपिँदै, नयाँ इतिहास रच्दै अर्जेन्टिनी कप्तान

    इटहरी ।  अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा पनि कीर्तिमानमाथि कीर्तिमान थपिरहेका छन् । विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेसीले विश्वकप इतिहासका थुप्रै महत्वपूर्ण रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।अस्ट्रियाविरुद्ध दुई गोल गरेपछि मेसी विश्वकप इतिहासकै सर्वाधिक १८ गोल गर्ने खेलाडी बनेका छन् । यससँगै उनले विभिन्न दुर्लभ कीर्तिमान समेत कायम गरेका छन् ।मेसीका प्रमुख विश्वकप कीर्तिमानहरूःविश्वकप इतिहासका सर्वाधिक गोलकर्ता – १८ गोललगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी५ फरक विश्वकपमा गोल गर्ने खेलाडीमध्ये एकविश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी (३८ वर्ष)स

    • प्रकाशित मितिः असार ९, २०८३
    • २५२ पटक पढिएको
  • ४–० गोलअन्तरले साउदी अरेबियामाथि स्पेनको जीत

    इटहरी ।  फिफा विश्वकप २०२६ को खेलमा स्पेनले साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।स्पेनका मिकेल ओयार्जाबलले दुई तथा लामिन यमालले एक गोल गरे भने साउदीका हसन अल्ताम्बक्तिले एक आत्मघाती गोल गरेका थिए ।यो जीतसँगै दुई खेलबाट ४ अंक जोडेर स्पेन समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।स्पेनले नकआउट पुग्ने सम्भवना बलियो बनाएको छ । उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक अंक छ ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • १९४ पटक पढिएको
  • नेदरल्याण्ड्सले स्वीडेनलाई हराउँदा बनेको दुर्लभ रेकर्ड

    इटहरी ।  नेदरल्याण्ड्सले स्वीडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा आफ्नो स्थान लगभग निश्चित गरेसँगै सो खेलले विश्वकप इतिहासमा धेरै दुर्लभ कीर्तिमानहरू बनाएको छ ।खेलको सबैभन्दा रोचक पक्ष के रह्यो भने, खेलमा भएका सबै ६ गोल इंग्लिस प्रिमियर लिगमा खेल्ने खेलाडीहरूले गरे । नेदरल्याण्ड्सका लागि सन्डरल्याण्डका ब्रायन ब्रोबे र लिभरपुलका कोडी गाक्पोले दुई–दुई गोल गरे भने वेस्ट ह्यामका क्राइसेन्सियो समरभिलले पाँचौं गोल थपे । स्वीडेनका तर्फबाट गरिएको एक मात्र सान्त्वना गोल न्युक्यासलका एन्थोनी एलाङ्गाको नाममा रह्यो ।खेलको ५४ औं मिनेटमा कोडी गाक्पोले गोल ग

    • प्रकाशित मितिः असार ८, २०८३
    • ६१ पटक पढिएको
  • कुरासाओसँग गोलरहित बराबरीमा रोकियो इक्वेडर

    इटहरी । फिफा विश्वकप २०२६ मा इक्वेडरले कुरासाओसँग बराबरी खेलेको छ । गोलरहित बराबरी खेलेपछि इक्वेडर दबाबमा देखिएको छ ।उसको एक अंक मात्रै हुँदा समान खेल खेलेका आइभोरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ । दुवै खेल जितेको जर्मनी शीर्ष स्थानमा छ ।अब इक्वेडरले जर्मनीसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । कुरासाओले आइभोरी कोस्टसँग खेल्नेछ ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • ५७ पटक पढिएको
  • जर्मनी पुग्यो नकआउट चरणमा

    इटहरी । डेनिस उन्डाभको दुई गोलमा जर्मनी लगातार दुई खेल जितेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।जीतसँगै जर्मनी समूह ‘इ’ बाट ६ अंक जोड्दै एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।खेलको ३० औं मिनेटमा फ्रान्क कसीले आइभरी कोस्टलाई अग्रता दिलाए पनि दोस्रो हाफमा वैकल्पिक खेलाडी उन्डाभले दुई गोल फर्काए ।पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • ५९ पटक पढिएको
  • नेदरल्याण्ड्सद्वारा स्वीडेन ५–१ गोलअन्तरले पराजित

    इटहरी ।  फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सको जीतमा ब्रायन ब्रोबी र कोडी गाक्पोले दुई–दुई गोल तथा क्रिसेन्सियो समरभिलले १ गोल गरेका थिए ।यो जीतसँगै दुई खेलबाट ४ अङ्क जोड्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जीत हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ ।पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समूह एफ को दोस्रो स्थानमा छ ।ब्रायन ब

    • प्रकाशित मितिः असार ७, २०८३
    • २४४ पटक पढिएको
  • पाराग्वेसँग पराजित भएपछि बाहिरियो टर्की

    इटहरी ।  सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।सहआयोजक अमेरिका लगातार दोस्रो जीतसँगै एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमा गरेको गोल नै टर्कीविरुद्धको खेलमा निर्णायक बनेको थियो ।समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।सबै टोलीले एकएक खेल्न बाँकी छ ।टर्कीएमाथि १–० को जीत निकाल्न पाराग्वेका माटियास गालार्जाले निर्णायक गोल गरका थिए । उनले खेलको

    • प्रकाशित मितिः असार ७, २०८३
    • २६२ पटक पढिएको
  • ब्राजिल पुग्यो समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

    विराटचोकः समूह ‘सी’ को दोस्रो खेलमा जीतका नतिजासँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।यो जीतसँगै ब्राजिल २ खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको हो ।फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।ब्राजिलको सहज जीतमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।खेलको २३ औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए ।त्यसपछि ३६ औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मध्यान्तरअघिको अतिरिक्त समयमा भिनिसियसले पुनः अर्काे गोल गरेका थिए ।मध्यान्तरपछि भने कुनै पनि समूहल

    • प्रकाशित मितिः असार ७, २०८३
    • १३३ पटक पढिएको
  • खेलको दोस्रो मिनेटमा गरेको गोलले स्कटल्यान्डलाई हराउँदै मोरक्को पुग्यो समूह ‘सी’ को शीर्ष स्थानमा

    इटहरी । दुई खेलबाट ४ अंक जोड्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ ।बोस्टन स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जीतका लागि निर्णायक भएको थियो । आज पराजित स्कटल्यान्ड ३ अंकसहित समूहको दोस्रो स्थानमा छ ।मोरक्कोले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो । आज पराजित भएको स्कटल्याण्डले पहिलो खेलमा हाइटीलाई हराएको हुनाले उसको तीन अंक छ ।

    • प्रकाशित मितिः असार ६, २०८३
    • १९५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल