खेलकुद

    Showing ५११-५२० of ६३९ items.
  • टी–२० विश्वकप क्रिकेट उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

    एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ती भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इङल्याण्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो ।दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइन

    • प्रकाशित मितिः असार १५, २०८१
    • १८३ पटक पढिएको
  • विश्वकप क्रिकेट : इङ्ल्याण्डलाई रोमाञ्चक रुपमा हराउँदै भारत फाइनलमा

    एजेन्सी । भारत आइसिसी टी–ट्वेन्टी विश्वकपको फाइनल प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।गुयनामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६ दशलमव ४ ओभरमा १३ रनमा समेटियो । इङ्ल्याण्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित

    • प्रकाशित मितिः असार १४, २०८१
    • २६७ पटक पढिएको
  • टी–२० विश्वकप : भोलिदेखि सेमिफाइनलका खेल

    काठमाडौँ । जारी टी– २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् ।सुपर आठको समूह–१ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समूह–२ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् । अब सेमिफाइनलका दुवै खेल बिहीबार हुनेछन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि शुरु हुनेछ ।दक्षिण अफ्रिका

    • प्रकाशित मितिः असार १२, २०८१
    • २३३ पटक पढिएको
  • विशवकप क्रिकेट : अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

    इटहरी । आईसीसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत अफगानिस्तानले बंगलादेश समक्ष ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो ।एर्नोस भेले ग्राउन्डमा जारी खेलमा अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको पारी खेले भने अन्य कुनै पनि खेलाडी बंगलादेशी बलरहरूका सामु धेरैबेर टिक्न सकेनन् ।अजमतुल्लाह ओमरजाई १०, मोहम्मद नाइब १, इब्राहिम जदरान १८ रनमा आउट भए भने कप्तान राशिद खानले नट आउट रहँदै १९ र करिम जनतले नट आउट रहँदै ७ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले स

    • प्रकाशित मितिः असार ११, २०८१
    • ४३१ पटक पढिएको
  • आयोजक अमेरिकालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

    एजेन्सी। आईसीसी टी–२० विश्वकपअन्तर्गत गए राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा शुरुवाती ब्याटिङ गरेको अमेरिका ११५ रन बनाउँदै अलआउट भएको थियो । ११६ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९.४ ओभरमा कुनै पनि विकेट नगुमाई ११७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।अमेरिकाका लागि स्टिभन टेलरे १२ तथा एन्ड्रिज गउजले ८ रन जोडे । त्यस्तै नितिश कुमारले ३०, एरोन जोन्स १०, कोरी एन्डरसन २९, मिलिन्द कुमार ४, हरमित सिंह २१ रनमा आउट भए । साडली भान सचलकेवाक शून्यमा नटआउट हुँदा अन्य ब्याटरहरू शून्यमै आउट भए ।इङ्ल्याण्डका लागि चेरिस जोर्डनले ह्याट्र

    • प्रकाशित मितिः असार १०, २०८१
    • २५५ पटक पढिएको
  • अष्ट्रेलिया विरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

    इटहरी -आइसिसी टी- २० विश्वकपको सुपर ८ मा  अष्ट्रेलियालाई हराउँदै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ। जारी  विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो ।अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए। त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए। अफगानिस्तानका लागि गुलबद

    • प्रकाशित मितिः असार ९, २०८१
    • ३०९ पटक पढिएको
  • विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

    इटहरी । आइसीसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’ मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ । शनिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो । बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए । तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । अर्शदीप सिंह

    • प्रकाशित मितिः असार ९, २०८१
    • २२८ पटक पढिएको
  • युरोकपः आयोजक जर्मनी अन्तिम १६ मा

    एजेन्सी ।  युरो कप २०२४ अन्तर्गत समूह ‘ए’ मा लगातार दोस्रो जित निकाल्दै आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी सुपर १६ मा पुग्ने पहिलो टोली बनेको हो। जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १ गोल गरे। खेलको २२ औँ मिनेटमा गुनडोगानको पासमा मुसियालाको गोलमा जर्मनीले सुरुवाती अग्रता बनाएको थियो। ७६ औँ मिनेटमा गुन्डोगानको गोलमा जर्मनीले अग्रता दोब्बर पारेको थियो। समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो जित निकालेको जर्मनलीले लगातार दोस्रो जित दर्ता गरेको हो। लगाता

    • प्रकाशित मितिः असार ६, २०८१
    • ३८५ पटक पढिएको
  • युरोकप : क्रोएसिया र अल्बानियाको रोमाञ्चक बराबरी

    एजेन्सी । युरोकप २०२४ अन्तर्गत समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।बुधबार राति भएको समूह बीको खेलमा क्रोएसिया र अल्बानियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन्। समूह चरणको दोस्रो खेलमा अंक बाँडेसँगै अल्बानिया अंक तालिकाको तेस्रो र क्रोएसिया चौथो स्थानमा छन्। हारनजिक रहेको अल्बानियाले अन्तिम समयमा गोल फर्काउँदै रोमाञ्चक बराबरी गरेको हो। खेलको ११औँ मिनेटमा कासिम लासीको हेडर गोलमा अल्बानियाले सुरुवाती अग्रता बनाएको थियो।पहिलो हाफमा अग्रता बनाएको अल्बानियाले दोस्रो हाफमा भने गोल खान पुग्यो। खेलको ७४औँ मिनेटमा आन्द्रेज क्रामारिचको गोलमा क्

    • प्रकाशित मितिः असार ६, २०८१
    • ३३० पटक पढिएको
  • ‘सुपर एट’को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

    एजेन्सी ।  आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा आयोजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको छ। गएराति भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा १ सय ७६ रन मात्र बनाउन सक्यो। अमेरिकालाई कम स्कोरमा रोक्न कागिसो रवाडाले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३२ रन दिए। केशव महाजन, एनरिच नोर्तेज  तब्राहिज साम्सीले समान १ विकेट लिए। अमेरिकाका एन्ड्रिस जोसले सर्वाधिक ० रनको योगदान दिएपनि टोलीको हार टार्न स

    • प्रकाशित मितिः असार ६, २०८१
    • ३३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल