खेलकुद

    Showing ५३१-५४० of ५६२ items.
  • यू–१९ विश्वकप छनोटमा आज नेपाल हङकङसँग भिड्दै

    काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ ।नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै  दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए । हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।पहिलो खेलमा कुवेतमाथि

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • १३९ पटक पढिएको
  • केपी ओली कप आजबाट सुरु हुँदै

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस र सातदोबाटो युथ क्लब खेल्दै छन् । यी दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन दिउँसो ३ बजे सुरु हुनेछ ।उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।प्रतियोगितामा एु डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।१७ गते हुने फाइनलका लागि भने टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • १६६ पटक पढिएको
  • नेयमार एक महिना मैदान बाहिर रहने

    काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिली फरवार्ड नेयमार कम्तीमा एक महिना मैदान बाहिर रहने भएका छन् ।फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेका थिए । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।यो पिएसजीको लागि ठुलो झट्का हो । किनभने नेयमारले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग गुमाउनेछन् । पहिलो लेगमा १–० ले पछि रहेको पिएसजीले दोस्रो लेग बायर्नकै मैदानमा मार्च ८ मा खेल्दैछ ।प्रभावशाली नेयमार नहुँदा प्रशिक्षक क्रिस्

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • १२६ पटक पढिएको
  • भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १(० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन ।यस्तै भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो । साबिक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मि कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रीति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मिले निर्णायक गोल गरिन् । अब नेपालले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ । फाइनल

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • ३१७ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

    काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल साँझ साढे बजेबाट सुरु हुनेछ।नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन। किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ।नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो।भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ। समूह चरणमा

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २५१ पटक पढिएको
  • महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रालाई डेंगी संक्रमण

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ । भण्डारीलाई आइतबार डेंगी पुष्टि भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगी भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् ।

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १६० पटक पढिएको
  • श्रीलंकाले जित्यो एसिया कपको उपाधि

    काठमाडौं । एसिया कप क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १४७ पटक पढिएको
  • एएफसी यू–२० च्याम्पियनसिप छनोटमा नेपाल भूटानसँग पराजित

    काठमाडौं । एएफसी यू–२० च्याम्पियनसिप २०२३ छनोट अन्तर्गतको खेलमा नेपाल भूटानसँग २–० गोलले पराजित भएको छ ।समूहको पहिलो खेलमै नेपाल भूटानसँग पराजित हुन पुगेको हो ।शनिबार राति बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा पनि एक गोल गर्न सफल भएको थियो ।भूटानका लागि खेलको ३३ औं मिनेटमा सोनाम चोजाङले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको सुरुवातमै भूटानले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो ।कर्मा टासी जाम्सोले भूटानका लागि अर्को गोल गरेका थिए । खेलको अन्त्यतिर नेपालका खेलाडीले रातो कार्ड खाँदै १० जनामा सिमित भएको थियो ।खेल अवधिभर नेपालले भूटानब

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १२० पटक पढिएको
  • यू–१७ च्याम्पियनसिप : नेपालद्वारा भारत ३–१ गोलले पराजित

    काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।नेपालको लागि सागर दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे । भारतको लागि ड्यानीले १ गोल गरे ।  २४ औँ मिनेटमा गोल गर्दै ड्यानीले भारतलाई अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा सागरले गोल गरेर बराबरीमा ल्याए । उनेशले ५० औँ मिनेटमा नेपालका लागि दोस्रो गोल गरे । सुवासले ६८ औँ मिनेटमा गोल गरेपछि नेपाल ३-१ अन्तरले विजयी भयो । नेपालले पहिलो खेलमा भुटानलाई २-१ अन्तरले हराएको थियो । लगातार दुई जितपछि ६ अंक

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १२३ पटक पढिएको
  • सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको सामना गर्ने

    काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् ।आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् । उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कान

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • १०६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल