मनोरञ्जन

    Showing ११-२० of ५६ items.
  • ‘मेरो कथाको’मा रोमाण्टिक देखिए आकाश र उषा (भिडियोसहित)

    काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको  प्रेम र रोमान्सले भरिपूर्ण गीत ‘मेरो कथाको’ सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर छ ।प्रेमील शैलीको गीतमा शब्द गीतकार गोपाल लोहार छ । गीतमा संगीत तथा संगीत संयोजन वरिष्ठ संगीतकार रन्जित गजमेरले गरेका छन् । सुदिप बरालको छायाँकन रहेको गगीतको भिडिया बन्दे प्रसादले सम्पादन गरेका हुन् ।कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा रहेको भिडियो गोलो प्रडक्शनले सार्वजनिक गरेकोछ । 

    • प्रकाशित मितिः श्रावण ३०, २०८०
    • ५५ पटक पढिएको
  • रीता राउतको ‘तीजमै नाचिन्छ, कम्मर भाँचिन्छ’ तीज गीत सार्वजनिक (भिडियोसहित)

    इटहरी । नव गायिका रीता राउतको नयाँ तीज गीत तीजमै नाचिन्छ, कम्मर भाँचिन्छ सार्वजानिक भएको छ ।सुरेशचन्द्र दाहालको शब्द रचना, राजन क्षेत्रीको संगीत, विनोद बाजरालीको एरेन्ज रहेको गीत पूर्वेली इन्टरटेनमेन्टमार्फत हिजो  (आईतबार) सार्वजनिक भएको हो ।वसन्त बस्नेतको निर्देशन, विशाल श्रेष्ठको सम्पादन रहेको उक्त गीतमा रुपा थापाको अभिनय रहेको छ । गीत मोरङको सुन्दरहरैँचास्थित नयाँ वृन्दाबनको गौशालाका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ ।

    • प्रकाशित मितिः श्रावण २९, २०८०
    • ७७८ पटक पढिएको
  • ‘इलामैको चिया बगान’ मा जंगसँग नग्माको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् ।  सर्वजीत राई र शिव माप्चनको शब्द रहेको गीतमा एरेन्ज पविधन खालिङको छ । गीतको भिडियोमा इलामको सुन्दर दृश्य उतारिएको छ । चिया बगान भित्र हुने सुख दुःखका कथा समेटिएको भिडियो कमल राईले निर्देशन गरेका हुन् । भिडियोमा जंग मगर र नग्मा श्रेष्ठको अभिनय छ । भिडियोमा एक प्रेमीले जोडीको रोमाञ्चक प्रेमकथा पनि बुनिएको छ । भिडियोको छायांकन तथा सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माको अलावा रेनुका हुमागाई, दीपक रा

    • प्रकाशित मितिः श्रावण २९, २०८०
    • ५८ पटक पढिएको
  • सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द तथा योगेशकाजी शाहको सङ्गीत–एरेञ्ज रहेको छ ।गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र अनिता ग्वाचाको शृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल भएकी छिन् । 

    • प्रकाशित मितिः श्रावण १४, २०८०
    • ६३ पटक पढिएको
  • ‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई (भिडियोसहित)

    काठमाडौँ ।  तीज पर्व नजिकिएसँगै  गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन्। गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन्।भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तीज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा  बबिनाकै सङ्गीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ। केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

    • प्रकाशित मितिः श्रावण १४, २०८०
    • ४३ पटक पढिएको
  • फिल्म ‘जय हो’को गीत ‘राजारानी’मा रोमान्टिक केकी र सलोन (भिडियोसहित)

    काठमाडौं । भदौको ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’मा समावेश ‘राजारानी’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रवार बिहान राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा फिल्मका दुई मुख्य कलाकारहरू अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेत प्रस्तुत छन् । सागर आले मगर र सदीक्षा कट्टेलको स्वर रहेको गीतमा केकी र सलोन रोमान्टिक देखिएका छन् । शोभित बस्नेतको प्रस्तुति रहेको ‘जय हो’ फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा केकी र सलोनसँगै अर्पण थापा, निशा अधिकारी माओत्से गुरुङ लगायतका कलाकारहरू शीर्ष भूमिकामा छन् । फिल्मको निर्माता सुरज सरकार र राज के. अधिक

    • प्रकाशित मितिः श्रावण १२, २०८०
    • ३३ पटक पढिएको
  • ‘ए झरी’को फिमेल भर्सनमा मालाको हट अवतार

    काठमाडौँ । ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नवीन के भट्टराईको उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ । गायक नवीन के भट्टराईले झन्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूले फिमेल भर्सनमा ल्याएकी हुन् ।गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बूले अभिनय गरेका छन् । प्रेम र प्रकृति भावलाई दर्साएको भिडियोमा पुष्प र मालाको केमेस्ट्री दमदार देखिएको छ । ‘ए झरी’ गीतमा सङ्गीत अर्जिनल भर्सनलाई नै राखिएको छ, अर्थात सङ्गीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजीत बास्कोट

    • प्रकाशित मितिः श्रावण १०, २०८०
    • ६७ पटक पढिएको
  • प्रताप र रिज्योनाको ‘माइत जाने हो’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा विष्णु तामाङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, विजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरूको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

    • प्रकाशित मितिः श्रावण १०, २०८०
    • ३४ पटक पढिएको
  • शिव परियारले ल्याए ‘तिमी हौ सबथोक मेरो’(भिडियोसहित)

    काठमाडौं ।गायक शिव परियारको नयाँ गीत ‘तिमी हौ सबथोक मेरो’सार्वजनिक भएको छ । प्रेमभावको यो गीतको शब्द रचना सागर फुयालले गरेका हुन् । गीतमा शिव परियारको संगीत र रिदम कँडेलको एरेन्ज छ ।शुक्रबार राइजिङ मलस्थित क्युज सिनेमाजमा आयोजित पत्रकार सम्मेलनमा उक्त एल्बममा समावेश गीत ‘तिमी हौ सबथोक मेरो’ गीत रिलिज गरिएको हो । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । यो रोमान्टिक गीतमा मिरुना र अनुपलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।हरि हुमागाईंले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्माता सागर फुयाल हुन् । ‘

    • प्रकाशित मितिः श्रावण ७, २०८०
    • ५५ पटक पढिएको
  • ‘मिसेस तामाङ २०२३’को उपाधि सरिता तामाङलाई

    काठमाडौं । ‘मिसेस तामाङ २०२३’को उपाधि सरिता तामाङले जितेकी छिन् । शुक्रबार काठमाडौंको नाचघरमा सम्पन्न सो प्रतियोगितामा अन्य १२ प्रतिस्पर्धीलाई पछि पार्दै सरिता ‘मिसेस तामाङ २०२३’ बनेकी हुन् ।एसके इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगिताले तामाङ महिलाको व्यक्ति विकाशमा महत्वपूर्ण भूमिका खेल्ने कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङले बताए ।प्रतियोगितामा फष्ट रनर अपको उपाधि दुर्गा तामाङले, सेकेण्ड रनर अपको उपाधि सुस्मिता तामाङले हाँसिल गरे । मिना तामाङ थर्ड रनर अप र मनिषा तामाङ फोर्थ रनर अप घोषित भए ।अन्तिम प्रतिश्पर्धाको निर्णायकहरुमा गायकहरु आनन्द कार्की, विश्व दोंग, रो

    • प्रकाशित मितिः श्रावण ७, २०८०
    • ६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.