इनरुवा : पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ।
बिहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव ३ लाख १६ हजार ७९६ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
पानीको बहाव बढ्दो क्रममा रहेकाले कोशी ब्यारेजमा जोखिमको अवस्था ‘अत्यन्त खतरनाक’ रहेको जनाइएको छ।
बहाव उच्च भएपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।


















