मनोरञ्जन

    Showing २१-३० of ५६ items.
  • कलाकारले भिजा नपाउँदा नेफ्टा अवार्ड रद्द

    काठमाडौँ । अन्ततः नेफ्टा अवार्ड नहुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यो अवार्ड यही जुलाई २२ मा अमेरिकाको टेक्सासमा हुने भनी आयोजकले प्रचारप्रसार गरेको थियो । आयोजकले प्रचारप्रसारसँगै मनोनयन पनि सार्वजनिक गरेको थियो । मनोनयन सार्वजनिक पछिको भिजा प्रक्रियाप्रति आयोजकले नै चित्त दुखाई गरेर पछाडि सरेपछि अवार्ड हुने वा नहुनेमा अन्योल थियो । अब भने अवार्ड रद्द भएसँगै त्यो अन्योलको अन्त्य भएको छ । अवार्डको मिति अब केबल ४ दिन मात्र बाँकी छ । मिति नजिकिँदै गएपछि कलाकारको भिजा प्रक्रियालाई लिएर अवार्ड हुन नसकेको आयोजकको दाबी छ ।अमेरिकास्थित अवार्डको स्थानीय आयोजक

    • प्रकाशित मितिः श्रावण २, २०८०
    • ५१ पटक पढिएको
  • अनुपको ‘एक कदम’मा स्मारिका र प्राञ्जलको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको नयाँ गीत ‘एक कदम’ सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द रहेको गीतमा यदिन गजमेरको संगीत र रुपम सिंह गुरुङको एरेन्ज छ ।अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको यो गीत रोमान्टिक शैलीमा तयार भएको छ । म्युजिक भिडियोमा मोडल स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोमा एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको छ । भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन्, भने मानकृष्ण मर्हजनको छायांकन र बान्दे प्रसादको सम्पादन छ । भिडियो:

    • प्रकाशित मितिः श्रावण २, २०८०
    • ३५ पटक पढिएको
  • आकाश र करुणा अभिनित ‘माया धोका’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौंँ । पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘माया धोका’ सार्वजनिक भएको छ । प्रेम र धोका देखाउन खोजिएको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।  सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा  रमेश लुइँटेलको शब्द छ । भिडियो भने उत्तम हुमागाईले  छायांकन र माधव बेलबासेको सम्पादन गरेका हुन् । भिडियो नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक भएको हो ।गीतकार रमेश लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । परदेशमा रहेर पनि नेपाली गीत लेखनमा निकै सक्रिय उनको यस अगाडि पनि थुप्रै गीत बाहिर आएका छन् । भिडियो:&nb

    • प्रकाशित मितिः श्रावण १, २०८०
    • २८ पटक पढिएको
  • म्युजिकल सिनेमा ‘समलिङ्गी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक  म्युजिकल सिनेमा सार्वजनिक छ ।  हालसम्म निस्केको र  बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको  निर्माण पक्षको दाबी छ।शिरिशा पौडेलको शब्द, भीम बिसीको सङ्गीत तथा समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उक्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटाले यो म्युजिकल भिडियोमा भने आफू क्रीएटिभ डाइरेक्टरका रूपमा काम गरेका बताए । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेकी हुन् ।भि

    • प्रकाशित मितिः असार ३१, २०८०
    • ७२ पटक पढिएको
  • ‘हिँड्दा हिँड्दै’ को टिजरमा झल्कियो आकाश र रेखाको प्रेम (टिजरसहित)

    काठमाडौँ । प्रेम कथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर साइराम पिक्चर्स मार्फत दर्शकमाझ ल्याइएको हो ।  नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशित चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नव अभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा देखाइएको छ, साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश, रेखा, सलोन ,सानियाका साथमा बिमल श्रेष्ठ, भोला सापकोटा, विशाल श्रेष्ठ, विकास थापा मगर र बालकलाकार अर्विन थिङ्गल

    • प्रकाशित मितिः असार २९, २०८०
    • ६८ पटक पढिएको
  • बाबुलको ‘माया केही त बोलन’ शिल्पा र राज (भिडियोसहित)

    काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गीत ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । संगीत समेत गिरीकै रहेको गीतमा ध्रुव कटुवालको शब्द छ । गीतको भिडियोमा राज कटुवाल र शिल्पा पोखरेलले अभिनय गरेका छन् । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।असारको धान रोप्ने परिवेशलाई भिडियोमा उतारिएको छ । भिडियोलाई ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन छ ।भिडियो:

    • प्रकाशित मितिः असार २७, २०८०
    • ३६ पटक पढिएको
  • स्वर्गीय गायक रोविन तामाङको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक

    काठमाडौँ । रक गायक रोविन तामाङको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै हिजो (आईतबार) अन्तिम संस्कार गरिएको छ । नेपाली गीतसङ्गीत र अभिनयको क्षेत्रमा गायक तामाङले योगदान उल्लेखनीय मानिन्छ । यस्तैमा उनै तामाङको स्वर रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरिएको हो ।गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले पनि स्वरमा साथ दिएका छन् ।सुरेश राईको शब्द

    • प्रकाशित मितिः असार २५, २०८०
    • ६१ पटक पढिएको
  • ट्रेलरमा यस्तो देखियो ‘लुङा’ फिल्म

    काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा माया प्रेम संगै,सामाजिक कथालाई विशेष स्थान दिइएको छ ।किरण राईको निर्देशन रहेको फिल्मका निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल र मनिशा पाठक रमेनुका घिमिरे र कैलाश राई र टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।पूर्वमा छायाँकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, नि

    • प्रकाशित मितिः असार २५, २०८०
    • ६३ पटक पढिएको
  • खरेलको ‘मै नाचिदिन्छु’ मा पुष्प र कविताको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ । गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ । जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्द

    • प्रकाशित मितिः असार १५, २०८०
    • ७७ पटक पढिएको
  • यस्तो छ फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’(भिडियोसहित)

    काठमाडौंँ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘लुङा’को ‘अल्लारे जोवन’ गीत सार्वजनिक भएको छ । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ । गीतमा अभिनेता भुवनसिंह राई र अभिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ । किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् ।

    • प्रकाशित मितिः असार १५, २०८०
    • ८३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.