मनोरञ्जन

    Showing ३१-४० of १४२ items.
  • शाहरुख खान र दीपिका पादुकोणविरुद्ध एफआईआर दर्ता

    एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणविरुद्ध राजस्थानको भरतपुरमा एफआईआर दर्ता गरिएको छ।दुवै कलाकारविरुद्ध गुणस्तरहीन सवारीसाधनको ब्रान्डिङ गरिरहेको आरोप लगाइएको छ।जाहेरीमा हुन्डाई कम्पनीका प्रबन्ध निर्देशक अन्सो किम, पूर्णकालीन निर्देशक तथा सीओओ तरुण गर्ग र सोरुम मालिकहरूको नाम पनि छ। यो जाहेरी हुन्डाई अल्काजारसँग सम्बन्धित छ।राजस्थानका वकिलको निवेदनमा अदालतको आदेशभरतपुर निवासी वकिल कीर्ति सिंहको निवेदनमा अदालतले एफआईआर दर्ता गर्न आदेश दिएको हो। मथुरा गेट प्रहरी चौकीमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। कीर्ति सिंह भन्छन्, ‘मैले जुन २०२२ मा २३.९७

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ७११ पटक पढिएको
  • जन्मदिनमा दीपाश्रीलाई दीपकराजको शुभकामना : खुशी सापट दिएर पनि भुल्दिने साथी

    इटहरी । हाँस्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलालाई जन्म दिनको अवसरमा भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनले बताएका छन् ।आज (शनिबार) फेसबुकमार्फत दीपाश्रीको जन्मदिनका अवसरमा शुभकामना दिँदै गिरीले लेखेका छन्, ‘यस्ता अनेकौं प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बाबजुद निरन्तर आफ्नो कर्ममा लागेर प्रत्येक काममा अब्बलता प्रमाणित गर्ने तिमीलाई सर्वप्रथम सलाम छ ।’दीपाश्रीको प्रसंशा गर्दै कवितात्मक शैलीमा उनले लेखेका छन्, ‘तिमी सबैप्रति दयाभाव राख्ने, आफ्ना सुविधाभन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन वर्तमानमा बाँच्छौ, पीडाल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ५२४ पटक पढिएको
  • गोविन्दा पत्नी सुनिताले सम्बन्ध विच्छेदका दिइन् निवेदन

    एजेन्सी । बलिउड अभिनेता गोविन्दकी पत्नीले सुनिता आहुजाले सम्बन्ध विच्छेदका लागि बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी छन् ।सुनिताले पति गोविन्दाले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेकोलगायत आरोप लगाउँदै सम्बन्ध विच्छेदको माग गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।हटरफ्लाइको रिपोर्टअनुसार सुनिताले हिन्दु विवाह ऐन १९५५ को धारा १३ (१) (आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी हुन् ।रिपोर्टको दाबीअनुसार पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो र जुनदेखि दुवै जना मुद्दा समाधान गर्न प्रयास गरिरहेका छन् । सुनिता अदालतमा उपस्थित भइरहे पनि गोविन्दा भने गायब छन् ।गोविन

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ६४२ पटक पढिएको
  • गायक पशुपति शर्मा चढेको कार दुर्घटना

    इटहरी । गायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो ।आज (बुधबार) दिउँसो शर्मा सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । गायक शर्माको देब्रे हातमा चोट लागेको छ । कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । गाडीको अगाडि भागमा क्षति पुगेको र अहिले शर्मासहित सबै कार्यक्रमका लागि गइसकेको एसपी दधिराम न्यौपानेले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ५१७ पटक पढिएको
  • हाँस्य कलाकार पाँडेको निर्देशनमा डेब्यु : ‘झरीपछिको इन्द्रेणी’ शुभमुहूर्त

    इटहरी । चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेर चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेब्यु निर्देशकीय सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त गरेका हुन् ।गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगो नि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनको निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो सिनेमामा अर्जुन घिमिरे (पाँडे) ले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए । उक्त सिनेमा बक्स अफिसमा हिट भएपछि उनी आफै निर्देशनमा अग्रसर भएक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • ४९० पटक पढिएको
  • साझेदारले धोका दिएको भन्दै विशाल भण्डारीले गुहारे प्रधानमन्त्री

    इटहरी डेस्क । कमेडी च्याम्पियनका निर्माता तथा निर्देशन विशाल भण्डारीले आफूलाई साझेदारले धोका दिएको भन्दै प्रधानमन्त्री गुहारेका छन् । उनले आफूलाई एक साझेदारले सहमति विपरीत गएर रकम असुल गरेको साथै मानसिक तनाव समेत दिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको गुहार लगाएका हुन् ।साझेदारले आफूलाई सिध्याउने नियतले अनेक कानूनी झमेलामा फसाएको साथै सहमति अगावै आफ्नो रकम लगेर पनि थप ९० लाख लिएर गएको र फिर्ता नगरेको उनको भनाइ छ । न्यायका लागि जाँदा प्रहरीले पनि आफूलाई साथ नदिएको उनले गुनासो गरेका हुन् ।भण्डारीका अनुसार १९ महिनाअघि ती गैरआवासीय नेपाली ३.५ करोड रुपैयाँ लगानी गर

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ६५५ पटक पढिएको
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली हानिँदा कर्मचारी भित्रै थिए: प्रहरी

    एजेन्सी । क्यानडामा भारतीय हास्य कलाकार (कमेडियन) कपिल शर्माको क्याफेमा गोली हानिएको घटनामा स्थानीय प्रहरीको प्रतिक्रिया आएको छ। शर्माले यही जुलाई ७ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित सरेमा उद्घाटन गरेको क्याप्स क्याफेमा गोली प्रहार गरिएको थियो।यस विषयमा सीबीसी न्युजले सरे पुलिस सर्भिस (एसपीएस) लाई उद्धृत गर्दै भनेको छ, 'बिहीबार बिहान न्युटन क्षेत्रको १२०औँ स्ट्रिटमा रहेको क्याफेमा गोली चलाइएको थियो। यस समयमा कर्मचारीहरू क्याफेभित्रै थिए।'प्रहरीले आक्रमणमा कोही पनि घाइते नभएको बताएको छ। यद्यपि क्याफेमा क्षति भएको छ। गोलीले झ्यालका सिसा फुटेका छन्।यस विषयमा कपिल शर्माले भने अहिलेसम्म

    • प्रकाशित मितिः असार २७, २०८२
    • २,४६७ पटक पढिएको
  • ६१ लाख पारिश्रमिकबारे माग्ने बुढाको स्पष्टीकरण– फिल्म प्रचारका लागि बोलिएको फण्डा हो

    इटहरी । केही समयदेखि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को पारिश्रमिकको कुरा चर्चामा छ। चलचित्र ‘माग्ने राजा’मा ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्दै उनी मंहगो अभिनेता बनेको भनेर चर्चा चलेको थियो। तर, घिमिरेले भने प्रचार गरिए जस्तो आफूले पारिश्रमिक नलिएको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको भन्दै त्यस खबरको खण्डन गरे। ‘मैले त्यो रकम लिएको होइन, कति रकम लिएको भन्ने कुरा सार्वजनिक रुपमा भन्न चाहन्नँ,’ घिमिरेले भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ।’

    • प्रकाशित मितिः असार २२, २०८२
    • ५५० पटक पढिएको
  • ‘मेरी बास्सै’की अप्सरा आमाको निधन

    इटहरी । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ ।श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले जानकारी दिइन् ।श्रेष्ठ ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिकामा थिइन् । उनको यो भूमिका धेरै रुचाइएको थियो ।श्रेष्ठ लामो समयदेखि स्तन क्यान्सर पीडित थिइन् । उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

    • प्रकाशित मितिः असार २१, २०८२
    • ३८२ पटक पढिएको
  • के सँधैका लागि बन्द भएको हो ‘सक्किगोनी’ ?

    इटहरी डेस्क । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को तेस्रो सिजन समाप्त भएपछि दर्शकहरु चौंथो सिजनको पर्खाइमा छन् । तर, ‘सक्किगोनी’ फेरि टेलिभिजनमा कहिले फर्किन्छ भन्ने अनिश्चित देखिएको छ ।तेस्रो सिजनमा ९३ श्रृंखला उत्पादन र प्रशारणपछि निर्माण टीमले केही समय विश्राम लिने घोषणा गरेको थियो । त्यसबेला जारी गरिएको सूचनामा छिट्टै चौंथो सिजनमा भेट्ने वाचा गरिएको थियो । तर चार महिना बितिसक्दा पनि अर्को सिजनको कुनै तयारी र सुरसार छैन ।निर्माण स्रोतका अनुसार प्रोडक्सन खर्च उच्च भएको भन्दै पहिलेको विज्ञापन एजेन्सीले अर्को सिजन ल्याउन आँट गरेको छैन । एउटा एपिसोडमै ३ लाखभन्दा बढी खर्च हुने गरेको निर्मा

    • प्रकाशित मितिः असार २०, २०८२
    • ५८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल