मनोरञ्जन

    Showing ३१-४० of ५६ items.
  • बाल गायिका अमिसाले ल्याइन् गीत ‘नाचूँ नाचूँ लाग्छ’(भिडियोसहित)

    काठमाडौँ । बाल गायिका अमिसा बजगाईँको स्वर रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत रहेको गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन पनि सङ्गीतकार बजगाईँले गरेका हुन् ।भिडियोमा गायिका अमिसा नै देखिएकी छन् । केशव विश्वकर्माको छायाङ्कन, राजेश कुँवरको सम्पादन रहेको  भिडियो म्युजिक किचन स्टुडियोले तयार पारेको भिडिया त्रिमूर्ति इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।भिडियो:

    • प्रकाशित मितिः असार ११, २०८०
    • १२८ पटक पढिएको
  • विवाहको ११ वर्षपछि बुवा बने ‘आरआरआर’ अभिनेता राम चरण

    एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् ।सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ । अस्पतालको मेडिकल बुलेटिनमा लेखेका छ, ‘उपासना कामिनेनी र राम चरणले २० जून २०२३ मा हैदराबादको अपोलो अस्पताल जुबली हिल्समा छोरीलाई जन्म दिएका छन् ।अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक भएको जानकारी दिएको छ । यी दुईलाई धेरैले बधाई दिइरहेका छन् । १४ जून २०१२ मा यी दुईको विवाह भएको थियो । विवाहको ११ वर्षपछि उनीहरुले छो

    • प्रकाशित मितिः असार ५, २०८०
    • ४६ पटक पढिएको
  • उदय र मनिलाले गाए ‘जालहारी ठूली’(भिडियोसहित)

    काठमाडौँ । लामो समयपछि गायक उदय सोताङ र मनिला सोताङको युगल गीत सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा सफल गायन जोडीको रुपमा चिनिएका उदय र मनिलाको स्वरमा ‘जालहारी ठूली’ बोल गीत आएको छ । लोकशैलीको ‘जालहारी ठूली’ गीतको शब्द युकेमा रहेका मिलन नाल्बोले लेखेका हुन् । पुष्पराज बरालको संगीत र पवन भाटको संगीत संयोजन रहेको गीतको भिडियोलाई सांग्रिला क्रियशनले निर्माण गरेको हो । गीतको भाव अनुसार गाउँले परिवेश भिडियोमा उतारिएको छ ।बेदना थुलुङ र दिनेश कायस्थको अभिनय रहेको भिडियोमा उदय र मनिला पनि देखिएका छन् । सुजन तोलङ्गीले छायाँकन गरेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।भिडियो: 

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ४३ पटक पढिएको
  • यस्तो छ फिल्म ‘अन्तिम संस्कार’ को नयाँ गीत

    काठमाडौँ । प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को ओएसटी गीत ‘अल्झिन्छ सम्झना, बिर्सन्छु भने नि बिर्सन्न’ सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर छ । गीत भिडियोमा फिल्मका केही दृश्यहरु पनि समावेश गरिएको छ । असार ८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अभिनेता विजय लामाले न्युड सिन दिएको चर्चा छ ।साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मले सामाजिक एवं सांस्कृ

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • ५५ पटक पढिएको
  • बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक (भिडियोसहित)

    विराटनगर । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ ।प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीतहरु सार्वजनिक भइरहेका छन् ।भिडियो:

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • ६२ पटक पढिएको
  • अभिनेता पल शाह जेलबाट रिहा हुँदा समर्थकको नाराबाजी

    काठमाडौँ । अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै कारागार परिसरमा भेला भएका उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका हुन् । सफाइ पाएर रिहा हुँदा पललाई अबिर माला समेत लगाइएको थियो । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।तनहुँ र नवल

    • प्रकाशित मितिः फाल्गुन १५, २०७९
    • ७७ पटक पढिएको
  • ‘छड्के २’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । १९ फागुनबाट प्रदर्शन हुने फिल्म ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा अभिनेता अनमोल केसी ग्याङस्टारको लुक्समा देखिएका छन् । उनको शरीरभरि ट्याटु छ । फिल्मले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा उठाएको छ । पैसाका लागि मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र त्यसमा आफ्नो एकाधिकार जमाउन खोज्नु ग्याङको उद्देश्य फिल्ममा देखाइएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार

    • प्रकाशित मितिः फाल्गुन ११, २०७९
    • ७१ पटक पढिएको
  • ‘छक्का पञ्जा ४’ फागुन १९ गतेबाट रिलिज हुने

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ फागुन १९ गतेदेखि हलमा रिलिज हुने भएको छ । चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन् । आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । चलचित्रको अघिल्ला ३ श्रृंखला भने दीपाश्री निरौलाले गरेकी थिइन् ।  चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा लगायतको अभिनय देख्न सकिन्छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • १३१ पटक पढिएको
  • समिक्षा अधिकारीले १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने

    काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफुले क्षतिपुर्तिको रकम नलिने बताएकी छिन् । मंगलबार एक स्टाटस लेख्दै अधिकारीले आफूले त्यो रकम नलिने मनसाय रहेको जानकारी दिएकी हुन् । नायक पल शाहविरुद्ध जबर्जस्ती करणी मुद्धा दर्ता गरेकी उनलाई अदालतले क्षतिपुर्ति स्वरुप १० लाख रुपैयाँ दिन फैसला गरेको थियो । तर समिक्षाले आफुले त्यस्तो क्षतिपुर्ति पाउँ भनेर कतै माग नगरेको र उक्त रकम लिने मनसाय समेत नभएको स्पष्ट पारेकी छिन् । 

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • ७४ पटक पढिएको
  • सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता

    काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलमा सहमति भएको हो ।चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ । आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • ३८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.