मनोरञ्जन

    Showing ४१-५० of ५६ items.
  • चलचित्र संघले सोमबार देशभरका हल बन्द गर्ने

    काठमाडौं । चलचित्र संघले सोमबार हल बन्द गर्ने भएको छ। आज बसेको कार्यसमितिको बैठकले सोमबार सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताए। उनले भने ‘चलचित्र प्रदर्शकहरुलाई चौतर्फी आक्रामण भैरहेको र व्यवसाय नै संकटमा परेको भन्दै यस्तो निर्णय गर्न बाध्य भएका हौं, प्रदर्शकहरुलाई हिन्दी चलचित्रको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं ।’  उनले आफुहरुको माग सुनुवाइ नभए अनिश्चितकालीन हड्ताल गर्ने बताए।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ३६ पटक पढिएको
  • पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने

    दमौली । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए । नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै २५ हजार जरिवाना र दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • १५ पटक पढिएको
  • काठमाडौं क्षेत्र नम्बर ५ बाट ‘सक्किगोनि’का ‘सिते बा’ले चुनाव लड्ने

    काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’का कलाकार मधुसुदन पाठक (सिते बा)ले काठमाडौंबाट चुनाव लड्ने भएका छन्।आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्। ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि हुन्।स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्।उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १५ पटक पढिएको
  • ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा सार्वजनिक गरिएको ट्रेलरमा राजयुग र प्रेमयुगबीचको लडाइँलाई प्रस्तुत गरिएको छ । यसअघि टिजर दुवै भाषामा सार्वजनिक गरिएको थियो । चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङलाई मुख्य पात्रका रूपमा देख्न सकिन्छ ।सार्वजनिक ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको छ । छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिएका छन् भने शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा यसअघि सार्वजनिक भएका २ टिजरका अधिकांश दृश्य समावेश गरिएको छ ।राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा सुनिल थाप

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १९ पटक पढिएको
  • चलचित्र ‘महापुरुष’को ‘बा’ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’ सार्वजनिक गरिएको छ । बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ ।रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्रीलाई देख्न सकिनेछ । कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • १७ पटक पढिएको
  • नक्कली कागज पेस भएको भेटिएपछि आर्यन र केकीको नर्वे भिसा रिजेक्ट

    काठमाडौं । फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएपछि भिसा रिजेक्ट भएको छ ।नर्वेमा फिल्म ‘तिम्रो नजर’ को छायांकनको लागि पेस गरीएको कागजमा नक्कलि हस्ताक्षर प्रयोग भएको भेटिएको प्रहरीले जनाएको छ । नक्कलि हस्ताक्षर भेटिएपछि अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । साथै लेटरप्याड पनि नक्कलि भएको बुझिएको छ । भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।शंका लागेपछि कलाकारसहितको भिसा आ

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १४ पटक पढिएको
  • आज पल शाहको मुध्दाको सुनुवाई स्थगित

    काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुध्दाको सुनुवाई बुधबार (आज) स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा आजका लागि तोकिएको पेशी सुनुवाई नभई स्थगित भएको हो ।न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा सुनुवाईका लागि मुद्दा पेशीमा चढेको थियो ।

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • १५ पटक पढिएको
  • हिन्दी भाषामा ‘प्रेमगीत ३’, एकसाथ चार वटा गीत रिलिज गरियो

    काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत–३’ हिन्दी भाषामा स्वरांकन गरेर नेपालसँगै भारतलगायत विभिन्न मुलुकमा एकै दिन रिलिज गरिने तयारी हुँदै छ । नेपालसँगै भारतमा आगामी ७ असोजमा ‘प्रेमगीत ३’ रिलिज तयारी हुँदै गर्दा बलिउडका विभिन्न कलाकारका स्वरमा रेकर्ड गरेर गीतसमेत रिलिज गरिएको छ ।निर्माण टोलीले भारतको जी म्युजिकको युट्युब च्यानलबाट हिन्दी भाषाको चारवटै गीत सोमबार रिलिज गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले रिलिज मिति नजिकिँदै गरेकाले चारवटै गीत एकसाथ रिलिज गर्नुपरेको बताएका छन् । यी गीतमा भारतीय गायकगायिकाले स्वर दिएका छन् ।‘जहान भी जाओ आई सनम’मा गायक राहत फतेह अली खानको स्वर र देवराजको संगी

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • १३ पटक पढिएको
  • फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीतमा पूजा र आकाशको रोमान्टिक अवतार (भिडियोसहित)

    काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक भएको छ। सोमबार ‘हराएँ हराएँ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको छ भने भिडिओमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ। रोमान्टिक गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।अनन्द अधिकारीको शब्द रहेको गीतमा गायक लिम्बुको संगीत छ भने सहास शाक्यको संगीत संयोजन रहेको छ। त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको फिल्ममा पूजा र आकाशसँगै सोनम तोप्देन, सरोज खनाल, धिरन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय देख्न सकिन्छ। कभर गायक सोनम तोप्देनले य

    • प्रकाशित मितिः श्रावण ३०, २०७९
    • २५ पटक पढिएको
  • बलिउडको नम्बर वान अभिनेत्री बनिन् दीपिका पादुकोण

    काठमाडौं । दीपिका पादुकोण बलिउडको नम्बर वान अभिनेत्री बन्न सफल भएकी छन् ।   एक लोकप्रिय संस्थाले गरेको सर्भेक्षणमा दीपिका नम्बर १ मा रहन सफल भएकी हुन् । सर्भेक्षणको नतिजाअनुसार दोस्रो नम्बरमा क्याटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौँ नम्बरमा कंगना रनावत छन् ।  क्लोज अप दन्तमन्जनको विज्ञापन हुँदै रंगिन दुनियाँमा प्रवेश गरेकी दीपिकाले लामो समयदेखि बलिउडमा धमाका पिटिरहेकी छन् । 

    • प्रकाशित मितिः श्रावण २९, २०७९
    • १२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.