इटहरी । ‘धनकुटा धरान, कुन ठाउँमा जन्म हुन्छ नी लैलै कहाँ हुन्छ मरन...‘यस सन्देशमूलक भावले भरिएको लोकदोहोरी गीत ‘धनकुटा धरानको उल्लेखनीय सफलता पछि, पूर्वकी चर्चित लोक दोहरी गायिका गंगा गौतम आचार्यले यसको दोस्रो श्रृंखला ‘धनकुटा धरान–२’ सार्वजनिक गरेकी छिन् ।पूर्वी नेपालको पहाडी भूगोल, सांस्कृतिक धरोहर र पर्यटन सम्भावनालाई समेट्ने उद्देश्यले निर्माण गरिएको यो गीत गायिका गौतमकै शब्द र स्वरमा तयार पारिएको हो । लोकप्रिय गायक शम्भु राईसँगको सहकार्यमा बनेको यो गीतले गीत–संगीतप्रेमी दर्शक–श्रोतामाझ पुनः एक पटक गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।‘पूर्वको गाउँ रमाइलो ठाउँ, धनकुटा धरान... हासखेल गरौं,
इटहरी डेस्क । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफूहरूलाई लाञ्छना लगाउनेहरूविरुद्ध उत्रिएका गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको प्रशंसा गरेका छन्। गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लागेको भनी प्रधानमन्त्री ओलीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत तारिफ गरेका हुन्। ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ’, उनले लेखेका छन्, समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन 'गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने' यी दुई गायिकाको
इटहरी डेस्क । हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा अप्सरा आमाको भूमिकामा देखिएकी कलाकार लक्ष्मी श्रेष्ठ अस्वस्थ भएकी छिन्। स्तन क्यान्सरबाट रोगबाट पीडित उनी ओछ्यानमा थलिएकी हुन्। गएको दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। तर, डाक्टरले उपचार सम्भव नभएको भन्दै दुई साताअघि घर फर्काइदिएको थियो।काठमाडौंको कपन बालुवाखानीस्थित घरमा रहेकी लक्ष्मीको छोरीले रेखदेख गरिरहेकी छन्। दुई सातादेखि उनलाई एकदमै गाह्रो भएको परिवारले जनाएको छ। उनको औषधि छुटाइसकेको र झोल खानेकुराबाहेक खाना खान छाडेकी छन्।बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना
इटहरी । कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ । टेलिशृङ्खला र प्रहसनहरूमा ‘नक्कली प्रचण्ड’ बनेर अभिनय गरेर चर्चित भएका उनको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कलाकार गौतम विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए।भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्तालमा उपचारकै क्रममा सोमबार उनको निधन भएको हो। ४३ वर्षीय गौतमले मेरी बास्सै टेली टेलिशृंखलामा समेत अभिनय गरेका थिए । सडक नाटक, रेडियो नाटक, कचहरीमा सक्रिय उनले विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउँथे । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्ठि गर्ने तयारी छ।
इटहरी । बलिउड अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए । हालसालै आईसीयूमा भर्ना भएका थिए । यद्यपि उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । मुकुल देव हिन्दी, पञ्जाबी र दक्षिणी फिल्मका साथै टेलिभिजन जगतमा पनि सक्रिय थिए ।मुकुल देवसँग फिल्म ‘सन अफ सरदार’ मा काम गरेका अभिनेता विन्दु दारा सिंहले उनको निधनमा शोक व्यक्त गरेका छन् । मुकुललाई श्रद्धाञ्जली दिँदै उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनीसँगको एउटा भिडियो शेयर गरेका छन्। क्याप्सनमा विन्दुले लेखेका छन्, ‘तिम्रो आत्माले शान्ति पाओस्, मेरो भाइ मुकुल देव । तिमीसँग बिताएको समय सधैं सम्झनायोग्य रहनेछ ।
इटहरी । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको अन्ततः सम्बन्ध विच्छेद भएको छ । गत भदौमा बिवाह गरेका उनीहरूले आठ महिनामै सम्बन्ध विच्छेद (डिभोर्स) गरेका हुन्। अरुणिमाले गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । युवराजले गत आइतबार अर्थात वैशाख २८ गते सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन् । जुन कुरा स्वयम युवराजले टिकटक लाइभमा पृष्टि गरेका छन् ।हालै टिकटक लाइभमा युवराजले भने, ‘मैले बैशाख २८ गते दिनको ४ः१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो । बाँकी कुरा
इटहरी । चैत १ गते रिलिज हुने फिल्म ‘राजागंज’ सेन्सर रोकिएको छ। चलचित्रभित्र समावेश शब्द र सामग्रीमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सेन्सर रोकेको हो। समितिले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भाषणको दृश्य समेटेकामा आपत्ति जनाउँदै यस फिल्मलाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो।केही वर्षअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए।जुन भाषण फिल्ममा समावेश गरेपछि सेन्सर बोर्डले आपत्ति जनाएको हो। जाँच समितिले प्रधानमन्त्री ओलीबाट अनुमति लिएको प्रमाण पेस गर्न सम
इटहरी । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटक–पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम हस्तान्तरण नगरेको भन्दै कम्पनीले उनीहरूविरुद्ध लेनदेनको कसुरमा मुद्दा दायर गरेको हो ।चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाबाट आर्थिक अभाव भएको भन्दै धुर्मुस–सुन्तलीले हात झिकिसकेका छ भने यसका बाँकी काम भरतपुर महानगरपालिका
एजेन्सी । बलिउडका कमेडी र एक्सप्रेसन किङ्ग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ, जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि सँगसँगै छन्, त्यसैले उनीहरुको सम्बन्ध विच्छेदको खबरले सबैलाई हल्लाएको छ ।यस विषयमा गोविन्दाले आफू अहिले ब्यापारिक कुराकानीमा व्यस्त रहेको बताएका छन् । किनभने, उनी फेरि फिल्ममा काम गर्ने तयारीमा रहेका छन् । उनले समाचारबारे केही भनेका छैनन् । तर, अहिले उनको नजिकका एक व्यक्तिले भने यो सम्पूर्ण मामिलामा सत्यता खोलेका छन् ।गोविन्दा र सुनिता दुवैले प्रेम विवाह गरेका थिए । यस विवाहबाट उ
एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा सैफ मात्र घाइते भएका छन् । मुम्बईमा सैफमाथि भएको हमलाले मुम्बईमा त्रास फैलाएको छ । बान्द्रा प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको जनाएको छ ।