मनोरञ्जन

    Showing ६१-७० of १४२ items.
  • विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड

    इटहरी । विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।यस फिल्मले एक सातामै ८ करोड २५ लाख कमाइ गरेको हो। एक साताको कमाइबारे फिल्म निर्माण टिमले जानकारी दिएको हो। यो कमाइ पहिलो हप्ताको सबैभन्दा ठूलो कलेक्सनमध्ये एक हो।त्यसैगरी ‘पूर्ण बहादुरको सारंगी’ले सबैभन्दा बढी शो पाउने फिल्मको रेकर्ड पनि बनाएको छ। बिहिबार यो फिल्म देशभरिका ८९ हलबाट ३८० शोसहित प्रदर्शन भएको थियो। यसअघि ‘बेहुली फ्रम मेघौली’ ले ३४० शो पाएको थियो।कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनरत यस फिल्मले सुरुवाती दिनमा सुस्त व्यापार गरेको थियो। ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’क

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ३४६ पटक पढिएको
  • अभिनयमा नयाँ परिचय खोजिरहेका विजय

    काठमाडौं । झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो  एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहेका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो ।उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी । सो प्रस्तावले विजय सुरुमा त अन्योलमा परे । केही दोधारको अवस्था भयो उनलाई । झण्डै दुई सातासम्म उनले प्रस्तावमाथि कुनै ठोस निर्णय गरेनन् । आफैलाई मन्थने ? आफूभित्रको अ

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ३१९ पटक पढिएको
  • ‘बेहुली फ्रम मेघौली’लाई ओटीटीमा उत्साहजनक साथ, २ दिनमै पायो ११ हजार दर्शक

    इटहरी । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा उत्साहजनक साथ पाइरहेको छ। गत शुक्रबार ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको यस फिल्मलाई अहिलेसम्म ११ हजारपटक हेरिएको छ।फिल्मकी निर्मात्री स्वस्तिमाले २ दिनमा ११ हजार प्लस स्ट्रिमिङ भएको भन्दै फेसबुकमा दर्शकलाई धन्यवाद दिएकी छन्।४०० रुपैयाँ तिरेर यस फिल्मलाई ओटीटीमा हेर्न सकिन्छ। यस अर्थमा ११ हजार स्ट्रिमिङ भएबापत फिल्मले ४४ लाख कमाइसकेको छ। दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ।फिल्मले मात्रै होइन, निश्चलको आँटको पनि यतिखेर प्रशंसा भइरहेको छ। निश्चलले हलमा चलिरहेको फिल्म उत्रारेर जोखिम मोलेर ओटी

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३९४ पटक पढिएको
  • अहिलेसम्मकै महंगो मूल्यमा नेपाल ल्याइयो अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’

    एजेन्सी । दक्षिण भारतीय सुपरहिट फिल्म ‘पुष्पा’ मंसीर २१ गतेबाट विश्वभर रिलिज हुँदैछ। यसैबीच, ‘पुष्पा २ : द रुल’ अहिलसम्ममै महंगो मूल्यमा नेपाल भित्रिने निश्चित भएको छ। नेपालका तीन ठूला वितरक कम्पनीले संयुक्तरुपमा फिल्मको वितरण अधिकार ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु) खरिद गरेका हुन्। कम्पनीहरुमा ए–एट्, डीसीएन र आरआर फिल्म्स रहेका रहेका छन्। नेपालमा रिलिज हुने निश्चित भएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि आफ्नो वेबसाइटमा कमिङ सुनतर्फ पुष्पाको पोस्टर राखेको छ।डिसीएनका बजार तथा वितरण प्रमुख दीपक दंगालले ४ करोडमा भारतीय रुपैयाँ किनेको जानकारी दिए। ‘हामीले ४

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ४२६ पटक पढिएको
  • ‘छक्का पञ्जा ५’ले दुई सातामै कमायो १७ करोड २० लाख

    इटहरी । आक्रामक व्यापार गरिरहेको फिल्म ‘छक्का पञ्जा ५’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ। दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज भएको यस फिल्मले दुइ सातामा १७ करोड २० लाख ग्रस कलेक्सन गरेको हो। दुई सातामा ‘छक्का पञ्जा ५’ १७ करोड २० लाख कमाइ गरेको यस फिल्मका वितरक मनोज राठीले जानकारी दिए।‘दुइसातामा फिल्मले १७ करोड २० लाख हाराहारीमा ग्रस कलेक्सन गरेको छ। आज तेस्रो सातामा पनि फिल्मले दर्शकहरुको राम्रो साथ छ पाइरहेको छ ।ब्यांकटेस इन्टरटेनमेन्टले यस फिल्मलाई नेपालभर वितरण गरिरहेको छ। पहिलो साता भने फिल्मले साढे ११ करोड कमाइ गरेको थियो।   दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, व

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • ५३५ पटक पढिएको
  • विवादमा आलियाको फिल्म ‘जिगरा’, स्क्रिप्ट चोरीको आरोप

    एजेन्सी । आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘जिगरा’ विवादमा परेको छ। फिल्म रिलिज हुनुअघि नै यसको विषयवस्तु र कथालाई लिएर धेरै प्रश्न उठेका थिए। जसको असर फिल्मको व्यापारमा पनि परेको छ। किनकी यस फिल्मले ६ दिनमा भातरमा जम्मा २० करोड मात्रै कमाएको छ।अर्कोतर्फ, टी(सिरिजकी मालिक दिव्या खोसला कुमारले पनि आलियाको आलोचना गरेकी छिन्। दिव्याले जिगराको कथा आफ्नो फिल्म सावीसँग मिल्दोजुल्दो रहेको आरोप लगाएकी छन्। उनले केही दिनअघि एउटा तस्विर पोष्ट गरेका थिइन्, जसमा थिएटरभित्रका सिटहरू खाली देखिएका थिए। आलियाले जिगराको सबै टिकट आफैंले किनेर झुटो संकलन गरेको उल्लेख गरेकी थिइन्।एक प्रयोगकर्ताले दिव्य

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २८७ पटक पढिएको
  • चर्चित पप गायक लियाम पेनको बार्दलीबाट खसेर मृत्यु

    एजेन्सी । चर्चित पप गायक लियाम पेनको दुर्घटनामा परेर मृत्यु भएको छ । ‘वन डिरेक्सन’ ब्यान्डका पूर्व सदस्य समेत रहेका पेनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ । पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्य समेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिक जस्ता कलाकार समेत आबद्ध थिए । केही दिनअघि मात्र अर्जेन्टिनामा उनले ‘वन डिरेक्सन’ कै पूर्व सदस्य नियाल हो

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • २२८ पटक पढिएको
  • कपिल शर्मा शोका कमेडियन अतुल परचुरेको निधन

    एजेन्सी । चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ।एक वर्षअघि मात्र उनले क्यान्सरबाट निको भएको जानकारी दिएका थिए।अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता थिए। उनले मराठी चलचित्र, नाटक र धारावाहिकमा अभिनय गरेका छन्।क्यान्सरबाट निको भएर अतुल परचुरेले फेरि अभिनय गर्न थालेका थिए।बीबीसीको मराठी सेवाका अनुसार तर पाँच दिनअघि फेरि समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।उपचारकै क्रममा उनको निधन भएको हो। भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सामाजिक सञ्जालमार्फत अभिनेता अतुल परचुरेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • २९७ पटक पढिएको
  • सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना : कस्ताे छ अवस्था ?

    एजेन्सी । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गए राति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ ।त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटुसम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् । रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • २६८ पटक पढिएको
  • दयाहाङले सके ‘अञ्जिला’ को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिज मिति तोकिने

    इटहरी । अभिनेता दयाहाङ राईले फिल्म ‘अञ्जिला’को स्वराङ्कन (डबिङ) सकेका छन्। व्यस्त समय तालिकाबीच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन्।‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। मिलन चाम्स निर्देशित यो फिल्म यो फिल्म आगामी फागुन २९ गते रिलिज हुँदैछ।चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ।चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन्। साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका अभिनय छ। निर्माता प्रेम कुमार

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ४३८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल