इटहरी । दैलेख क्षेत्र नम्बर २ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल दोस्रो प्रयासमा प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।१३ हजार ८८९ मत ल्याएर विजयी भएका पोखरेल अघिल्लो निर्वाचनमा १६७ मतान्तरले पराजित हुनुभएको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही २० हजार १८३ मत ल्याएर विजयी हुँदा पोखरेलले २० हजार १६ मत ल्याउनुभएको थियो ।यस पटक विजयी भएका पोखरेलले कांग्रेसका तिनै शाहीलाई ४ हजार ३०० भन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ९ हजार ५५२ मत ल्याउनुभएको छ । रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र ने
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेद्वार तोसिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले अघिल्लो पटकभन्दा झण्डै १२ हजार बढी मत ल्याउनुभएको हो ।यस पटक ४३ हजार ९६ मत ल्याएर विजयी भएकी कार्की गत निर्वाचनमा ३१ हजार १३६ मत ल्याएर विजयी हुनुभएको थियो ।कार्कीका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याउनुभयो ।नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत, राप्रपाका सबिनकुमार खड्काले २ हजार ३७ मत, श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत र उज्यालो
इटहरी । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अभिषेकप्रताप साह विजयी भएका छन् । अघिल्लो निर्वाचनमा साह नेकपा एमालेका मंगलप्रसाद गुप्तासँग पराजित भएका थिए ।निर्वाचन आयोगका अनुसार साह २३ हजार ५३५ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ९९० मत ल्याए । अघिल्लो निर्वाचनमा राप्रपाका उम्मेद्वार रहेका रजौरियाले अघिल्लो निर्वाचनमा १४ हजार ३० मत ल्याएका थिए ।मत परिणामअनुसार नेकपा एमालेका वीरेन्द्रकुमार कानोडियाले १४ हजार ७६३, राष्ट्रिय मुक्ति पार्टी नेपालका ईश्वरदयाल मिश्रले ५ हजार १७ र नेपाली कम्युनिष्ट पार्टीका
इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा ३० हजार ४३४ मत पाउँदै विजयी हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर ५ मा ७८ हजार ४४९ मत खसेकोमा ७० हजार ५६० मत सदर र ७ हजार ८८९ मत बदर भएको थियो ।झाका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार फूलकुमार लालबानीले ९ हजार ४१५ मत ल्याउँदा जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत ल्याउनुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत र नेकपा एमाले उम्मेद्वार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत पाउनुभएको छ ।राष्ट्रिय ऊर्जाशील पार्टीक
अछामः नेपाली कांग्रेसका भरतकुमार स्वार प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछामबाट विजयी हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका भीम रावललाई ५२६ मतान्तरले पराजित गर्दै स्वार विजयी हुनुभएको हो ।निर्वाचन आयोगका अनुसार स्वारले १० हजार ७५९ मत पाउँदा रावलले १० हजार २३३ मत ल्याउनुभएको थियो । नेकपा एमालेका दीपकबहादुर साउदले ७ हजार ३८९ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याउनुभयो ।राप्रपाका लोकेन्द्रबहादुर शाहले १०२, नेपाल कम्युुनिष्ट पार्टी माओवादीका लोकेन्द्रबहादुर शाहीले ७५, स्वतन्त्र उम्मेद्वार भीमबहादुर कुँवरले ४१ र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाहीले १० मत ल्याउनुभएको छ ।अछाममा अ
इटहरी । फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्यको पदको लागि भएको निर्वाचनमा समानुपातिकतर्फ खसेको मत पनि गणना हुन थालेको छ ।आज दिउँसो ४ बजेसम्मको मत गणनाको नतिजामा रास्वपा अगाडि देखिएको छ । रास्वपाले १ लाख ७२ हजार ७७७ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५२ हजार ६३२ मत प्राप्त गरेको छ ।नेकपा एमालेले ४० हजार १९, नेपाली कम्युनिष्ट पार्टीले १६ हजार ५२९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ३९७, श्रम संस्कृति पार्टीले ७ हजार ७४८, नेपकिपाले १ हजार ३४३, जनता समाजवादी पार्टीले ५३८ र प्रगतिशील लोकतान्त्रिक पार्टीले ४०६ मत प्राप्त गरेको छ ।समानुपातिकमा धेरै मत पाएको रास्वप
जाजरकोटः नेपाली कम्युनिष्ट पार्टीबाट जाजरकोटमा उम्मेद्वार रहेका पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । बस्नेतले १७ हजार ४०७ मत ल्याउँदा नेपाली कांग्रेसका खड्गबहादुर बुढा २० हजार १४२ मत ल्याएर विजयी भएका हुन् ।नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत र रास्वपाका राघव कार्कीले २ हजार ४७१ मत पाए ।अन्य उम्मेद्वारले ३६० भन्दा कम मत पाएका छन् ।जाजरकोटमा अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार बनेका शक्ति बस्नेत ३४ हजार १५१ मत ल्याएर विजयी भएका थिए । उनै बस्नेतलाई बुढाले पराजित गरेका हुन् ।योसँगै नेपाली कांग्रेसले जितेको सिट संख्या ७
इटहरी । ५९ हजार २७७ मतसहित चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेद्वार सोविता गौतम विजयी भएकी छिन् । यो मत हालसम्मका विजयी उम्मेद्वारले पाएको मतमध्ये सबैभन्दा धेरै हो ।यो अहिलेसम्मकै सर्वाधिक मतको जीत हो । गौतमकी निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६६२ छ । बाँकी उम्मेद्वारको जमानत जफत भएको छ ।पराजित भएपछि फेसबुकमा स्टाटस लेखेर सोवितालाई रेनुलाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छिन् ।नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ र एमाले
इटहरी । पत्रकारिता छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत् पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।मिश्रले आज सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ती जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका हुन् । लगातार तीन पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएपछि मिश्रले यस्तो निर्णय लिएका हुन् ।राजसंस्था पुनस्र्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा आफ्ना अडान यथावत रहने र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र अडानहरू मुखरित गर्ने उनले बताएका छन्
भक्तपुरः फागुन २१ गते भएको निर्वाचनमा भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । गत निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री २४ हजार २३९ मत ल्याएर विजयी भएका थिए ।खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन् । बस्नेत अघिल्लो निर्वाचनमा २३ हजार २८२ मत ल्याउँदा पनि पराजित भएका थिए ।नेपाली कांग्रेसका कविर राणाले ८ हजार ३०५ मत प्राप्त गरेका छन् । नेमकिपाका रमेश वैद्यले ३ हजार १५४ र नेपाली कम्युनिष्ट पार्टीका रामप्रस