इटहरी ।  आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ तोकिएको छ ।