राजनीति

    Showing २६१-२७० of ८३५ items.
  • श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, सो पार्टीबाट निर्वाचित हुने पहिलो उम्मेद्वार भए आरेन राई

    इटहरी ।  श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा खोटाङबाट प्रतिनिधित्व गर्ने भएको छ । सो पार्टीका उम्मेद्वार आरेन राई १६ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष रहेको सो पार्टीले राईको पुख्र्याैली थलो खोटाङबाट पहिलो जीत निकालेको हो । अध्यक्ष राईले पनि सुनसरी १ बाट अग्रता लिइरहनुभएको छ ।अन्तिम मतपरिणामअनुसार निकटतम प्रतिष्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टीका डा. हरि रोकाले ९ हजार ४४३ र रास्वपाका रुद्र गिरीेले ५ हजार ७०४ मत ल्याउनुभएको

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५५ पटक पढिएको
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी

    इटहरी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा दोब्बर मत ल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक विजयी हुनुभएको छ ।विजयी पाठकले ३८ हजार ६७४ मत ल्याउनुभएको थियो । प्रमुख प्रतिष्पर्धी राप्रपा अध्यक्ष लिङ्देनले १७ हजार २९४ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ मत ल्याउनुभएको छ ।नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिमल्सिनाले ७ हजार ३३९ र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १ हजार ४५० मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ५४० भन्दा कम मत ल्याउनुभएको छ ।अघिल्लो निर्वाचनमा राप्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १९१ पटक पढिएको
  • पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी, श्रम संस्कृति पार्टी दोस्रो

    फिदिमः प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत पाँचथर जिल्लाको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । केरुङले १७ हजार २३३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत ल्याउनुभएको छ ।नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४४३, रास्वपाका महेन्द्रविक्रम थाम्सुहाङले ४ हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले २ हजार ८२५ मत पाउनुभएको छ ।अन्य उम्मेद्वारले १००० भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २०९ पटक पढिएको
  • अर्बपति विनोद चौधरीलाई पराजित गर्दै नवलपरासी १ मा रास्वपाका विक्रम खनाल निर्वाचित

    इटहरी ।  फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका अर्बपति विनोद चौधरीलाई पराजित गर्दै रास्वपाका विक्रम खनाल निर्वाचित हुनुभएको छ ।अन्तिम मतपरिणामअनुसार विजयी खनालले ४५ हजार २४१ मत पाउँदा निकटतम प्रतिष्पर्धी चौधरीले ९ हजार ५०२ मत ल्याउनुभएको छ ।नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टीका ह्दयेश त्रिपाठीले ७ हजार ८३२, राप्रपाका नवनीतकुमार मिश्रले १ हजार ५९३ र नेपाली कम्युनिष्ट पार्टीका सिन्धु जलेसा बुढाथोकीले १ हजार ५६ मत पाउनुभएको छ ।अन्य उम्मेद्वारले ७६० भन्दा कम मत पाउनुभएको छ ।गत निर्वाचनमा सो क्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १४९ पटक पढिएको
  • सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी

    इटहरी ।  प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनबाट हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी हुनुभएको छ ।विजयी कार्कीले १३ हजार १६६ मत ल्याउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीका असिम राईले ९ हजार ४१४, नेकपा एमालेकी कल्पना राईले ८ हजार २२८, रास्वपाका ऋषिधन थुलुङ राईले ३ हजार ६४२ र श्रम संस्कृति पार्टीका वियस राईले ३ हजार ३६३ मत ल्याउनुभएको हो ।अन्य उम्मेद्वारले २८० भन्दा कम मत ल्याउनुभएको छ ।गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमालेका मानवीर राई १९ हजार ३२४ मतसहित विजयी हुनुभएको थियो ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २३४ पटक पढिएको
  • मोरङ ३ मा रास्वपाका गणेश कार्की विजयी, यस्तो छ सबै उम्मेद्वारले पाएको मत

    बेलबारीः प्रतिनिधि सभा चयनका लागि बिहीबार भएको निर्वाचनबाट मोरङ क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्की विजयी हुनुभएको छ । नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मालाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।विजयी कार्कीले ३६ हजार ९२४ मत ल्याउँदा नेपाली कांग्रेसका शर्माले २४ हजार ३५४ मत ल्याउनुभएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका शर्मा विजयी हुँदा ४८ हजार ६३१ मत ल्याउनुभएको थियो । अघिल्लो पटक पाएको मतभन्दा आधा मत शर्माले पाउनुभएको हो ।त्यसैगरी, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७५२, नेपाली कम्युनिष्ट पार्टीका डा. देउमान सम्बाहाम

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५४ पटक पढिएको
  • हुम्लाबाट कांग्रेसका जयपति रोकाया विजयी

    इटहरी ।  प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट हिमाली जिल्ला हुम्लामा नेपाली कांग्रेसका जयपति रोकाया निर्वाचित हुनुभएको छ ।विजयी रोकायाले ८ हजार ७९७ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत ल्याउनुभएको छ । नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ र रास्वपाकी टासी ल्हान्जोमले १ हजार ६४ मत ल्याउनुभएको छ ।प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत ल्याउनुभएको छ ।गत निर्वाचनमा हुम्लाबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका छि

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १७२ पटक पढिएको
  • रास्वपाले १०० सिट जित्दा २५ स्थानमा अगाडि, समानुपातिकमा साढे १० लाख मत

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका १६५ सिटमध्ये १०० सिट जितेको छ भने मतगणना भइरहेका २५ सिटमा रास्वपा अगाडि छ । समानुपातिकमा रास्वपाले १० लाख ५५ हजार मत ल्याएको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १४ सिट जित्दा २ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा कांग्रेसले ३ लाख ५० हजार मत ल्याएको छ ।तेस्रो स्थानमा रहेको नेकपा एमालेले ७ सिट जित्दा ४ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा एमालेले २ लाख ७८ हजार मत ल्याएको छ ।चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ६ सिट जित्दा १ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकमा नेकपाले १ लाख २३ हजार मत ल्याएको छ ।राष्ट्रि

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १९० पटक पढिएको
  • धनकुटाबाट एमालेका राजेन्द्र राईले गरे जीतको ह्याट्रिक

    विराटचोकः धनकुटाबाट लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदै राजेन्द्र राईले धनकुटामा एमालेको साख जोगाउने काम गर्नुभएको छ ।अन्तिम मत परिणामअनुसार एमालेका राईले १८ हजार १३२ मत ल्याउँदा नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत ल्याउनुभएको छ ।श्रम संस्कृति पार्टीका शानबहादुर राईले ११ हजार ९३२, रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ र स्वतन्त्र उम्मेद्वार लाक्पा तामाङले १ हजार १८१ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ७१० भन्दा कम मत ल्याउनुभएको छ ।२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले कांग्रेस नेता सुनिल थापालाई १ हजार ३

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १६४ पटक पढिएको
  • मोरङ २ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी

    इटहरी ।  मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिलीपकुमार अग्रवालले १५ हजार ६२४ मत ल्याउनुभएको छ ।नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले १२ हजार ७६४ मत ल्याउनुभएको छ । श्रम संस्कृति पार्टीका अबुहो रैरहले १ हजार ८२२ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका चन्द्रवीर राईले १ हजार ३६६ मत ल्याउनुभएको छ ।अन्य उम्मेद्वारले ८०० भन्दा कम मत ल्याउनुभएको छ ।अघिल्लो निर्वाचनमा मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसकी

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २४५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल