राजनीति

    Showing २८१-२९० of ७८३ items.
  • निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसैप्रशंसा

    इटहरी ।  शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि आज सञ्चारमाध्यम तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गर्दैै समाचार लेख्नुका साथै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।सोचेभन्दा सहज तरिकाले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै सबैले प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन् ।अनलाइन खबर डट कमले ‘सुशीला कार्कीको विजय’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।अनलाइन खबरले नै नेपाली जनताको विजय, अतिवादको पराजय शीर्षकमा सम्पादकीय लेखेको छ ।शिलापत्र डट कमले ‘धन्यवाद सुशीलाः संकट टर्याे, संक्रमण नलम्बियोस्’ शीर्षकमा सम्पादकीय लेखेको छ ।शिलापत्रले नै ‘सुशीला कार्कीको इल

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • ३८१ पटक पढिएको
  • निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर चुनावी अपडेट दिने

    काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ दिने भएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए ।बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । ५ बजेसम्म लाइन बसेका मतादाताले ५ बजेपछि पनि मतदान गर्न पाउनेछन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १८७ पटक पढिएको
  • सुन्दरहरैंचाको गोठगाउँमा किरियापुत्रीले गरे मतदान

    गोठगाउँः मोरङ जिल्लाको क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा रहेको पञ्चायत मावि मतदान केन्द्रबाट किरियापुत्री दम्पत्तिले मतदान गरेका छन् ।सुन्दरहरैंचा–७ गोठगाउँ निवासी जितेन्द्र कार्की र उहाँकी श्रीमती रीता कार्कीले पञ्चायत मावि मतदान केन्द्रबाट दिउँसो सवा ३ बजे मतदान गर्नुभएको हो ।कार्कीकी आमाको फागुन १९ गते राति निधन भएको थियो ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १६४ पटक पढिएको
  • एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान

    भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेका छन् ।पूर्व प्रधानमन्त्री ओलाी प्रतिनिधिसभा चुनावमा झापा–५ बाट उम्मेद्वार रहेका छन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १९७ पटक पढिएको
  • मतदान गरेपछि डा. सुनिल शर्माले भने, ‘मत जनताले हाल्ने हो, जीत सुनिश्चित छ’

    बेलबारीः नेपाली कांग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. सुनिल शर्माले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेपछि बोल्दै उनले जनताको अपार मया र प्रगाढ स्नेहले जीत सुनिश्चित रहेको बताए । उनले मत जनताले दिने र आफू मात्रै जीतको लागि योग्य उम्मेद्वार भएको बताए ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५१ पटक पढिएको
  • १०७ वर्षीय गणेशबहादुर रावतद्वारा मतदान

    तनहुँः तनहुँको शुक्लागण्डकी नगरपालिका– ३ बन्केवानिवासी १०७ वर्षीय गणेशबहादुर रावतले मतदान गर्नुभएको छ ।तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १३० पटक पढिएको
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दीबारीबाट गरे मतदान

    दमकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार राजेन्द्र लिङ्देनले हल्दीबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।लिङ्देनले वडा कार्यालयको मतदान केन्द्रमा पुगेर आज बिहान साढे ७ बजे मतदान गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५७ पटक पढिएको
  • डा. शेखर कोइरालाले आदर्श मावि केन्द्र विराटनगरबाट गरे मतदान

    विराटनगरः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर क्षेत्र नम्बर ६ स्थित आदर्श माध्यामिक विद्यालयबाट प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नुभएको छ ।सोही क्षेत्रबाट उम्मेद्वार हुनुभएका कोइरालाले बिहान ८ बजेर ४० मिनेट जाँदा मतदान गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २०४ पटक पढिएको
  • गगनले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको’ दाबी गर्दै प्रकाशित समाचारविरुद्ध कांग्रेस कानुनी उपचारमा

    इटहरी ।  नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दाबी गर्दै प्रकाशन भएका समाचारविरुद्ध नेपाली कांग्रेस कानुनी उपचारमा गएको जनाइएको छ ।कांग्रेसले भ्रामक समाचारप्रति खेद जनाउँदै कारबाहीको माग गरेर निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी दिएको हो ।लालीगुराँस मिडियाले कांग्रेस सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दाबी गर्दै समाचार प्रकाशन गरेको थियो । सो तस्बिर नक्कली भएको कांग्रेसले दाबी गर्दै उजुरी दिएको हो ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • १९१ पटक पढिएको
  • धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेद्वारी खारेज

    जनकपुरधामः फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ का उम्मेद्वार किशोरी साह कमलको उम्मेद्वारी खारेज भएको छ ।धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेद्वार साहसँग स्पष्टीकरण माग गरेको थियो ।आयोगको १८ फागुनको निर्णयले उनको उम्मेद्वारी खारेजी गर्न

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १९० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल