राजनीति

    Showing ३११-३२० of ७८३ items.
  • निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्ष कैद हुने

    इटहरी ।  निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेद्वारलाई निर्वाचन प्रचारप्रसारमा कुनै प्रकारको अवरोध नपुर्याउन चेतावनी दिएको छ । हालै विभिन्न राजनीतिक दल वा उम्मेद्वारको प्रचारप्रसारमा अवरोध सिर्जना गर्ने घटनाको उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता, २०८२ अनुसार, कुनै पनि दल, उम्मेद्वार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, बैठक वा कार्यक्रममा विघटन वा बाधा पुर्याउन पाइँदैन । साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार निर्वाचन प्रचारप्रसार वा मतदान अधिकार प्रयोग गर्न रोक लगाउने कार्यमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्ने आयो

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २५१ पटक पढिएको
  • यस्ता छन् मङ्गलबारको मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण २५ निर्णयहरू

    इटहरी ।  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओेमप्रकश अर्यालका अनुसार कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।त्यसैगरी, सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । १६ औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ ।यस्ता छन् मन्त्रीपरिषद् बैठकका २५ निर्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २६३ पटक पढिएको
  • बैंक खातामार्फत् निर्वाचन खर्च नगर्नेलाई कारबाही गरिनेः निर्वाचन आयोग

    इटहरी ।  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत् नगर्ने राजनीतिक दल तथा उम्मेद्वारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेद्वारलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगले बैंक खातामार्फत् मात्र खर्च गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । आयोगले तोकेको व्यवस्था उल्लङ्घन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुने उहाँको भनाइ छ ।ह

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २४० पटक पढिएको
  • कांग्रेसको पहलमा गोठगाउँमा मेडिकल कलेज सञ्चालन भयोः कांग्रेस उम्मेद्वार शेखर कोइराला

    गछियाः हिजो सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २, ३ र ७ मा नेपाली कांग्रेसका नेता एवम् मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेद्वार डा. शेखर कोइरालाले चुनावी प्रचारसभा गर्नुभएको छ ।सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ को ठडिया, कामत टोल र गोठगाउँ तथा वडा नम्बर २ को जोगियारे खोटाङे टोल र वडा नम्बर ३ को गछियामा सभा आयोजना गरिएका थिए । ती सभामा बोल्दै डा. कोइरालाले कांग्रेसले गरेको विकासको प्रचार मतदातासमक्ष हुन नसकेको बताउनुभयो ।गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित मेडिकल कलेजले सुन्दरहरैंचा नगरपालिका क्षेत्रको मुहार परिवर्तन गर्ने भए पनि नेपाली कांग्रेसको पहलमा भएको सो

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २६९ पटक पढिएको
  • पितृशोकको १३ दिनपछि सफेद वस्त्रमा एमालेका विनोद ढकाल चुनावी प्रचारमा सक्रिय, एकै दिन १६ स्थानमा कोणसभा

    विराटनगरः १३ दिन अघि घरदैलोका क्रममा मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेकै समयमा बुबाको निधनको खबर सुनेर घर फर्किनुभएका मोरङ क्षेत्र नम्बर ६ का नेकपा एमालेका उम्मेद्वार विनोद ढकाल हिजोदेखि चुनावी प्रचारमा लाग्नुभएको छ । बुबाको १३ दिने काजकिरिया सकेर हिन्दू परम्पराअनुसार सेतै वस्त्रमा मतदातामाझ उपस्थित भएका ढकालले विकासको एजेन्डासहित आफ्नो अभियानलाई तीव्र बनाउनुभएको हो ।माघ २९ गते १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधनपछि संस्कार र धार्मिक विधिअनुसार उहाँ कोरामा रहनुभएको थियो । फागुन ३ गते उहाँले क्षेत्रगत विकास, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै कोराबाटै ३० बुँद

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २९५ पटक पढिएको
  • मोरङ–४ मा कांग्रेसका गुरुराज घिमिरेको ३९ बुँदे प्रतिबद्धतापत्र

    विराटनगरः नेपाली कांग्रेसका महामन्त्री एवं मोरङ क्षेत्र नम्बर ४ का उम्मेद्वार गुरुराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ३९ बुँदे सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ ।सोमबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उम्मेद्वार घिमिरेले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मेरुदण्ड मानेर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुभएको हो । उहाँका एजेण्डामा विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सो क्षेत्रलाई ‘खेलकुद ग्राम’ का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने उल्लेख छ ।विराटन

    • प्रकाशित मितिः फागुन १३, २०८२
    • २४६ पटक पढिएको
  • इटहरी आएर बालेनले भने, ‘उद्योग खोल्न नेतालाई ढोग्ने र उद्योग खुलेपछि चन्दा दिनुपर्ने अवस्था अन्त्य गर्छाैँ’

    इटहरीः आज इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था आफूहरूले अन्त्य गर्ने बताएका छन् ।‘देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्र हो यो । यहाँ खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरु छन् । तर जुनबेला खुले त्यसबेलादेखि नयाँ खुलेका छैनन्’, सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘नयाँ खोल्नुपर्यो भने १० नेतालाई ढोग्नुपर्छ । कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल फ्याक्ट्री खुल्छ र चलाउन थालेपछि आतङ्क सुरु हुन्छ । रास्वपा त्यो हटाउन चाहन्छ ।’

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • २७८ पटक पढिएको
  • भोगटेनी गाविसका कांग्रेसका पूर्व सचिवलगायत एमाले प्रवेश

    लेटाङः मोरङको लेटाङ नगरपालिकामा नेकपा एमाले पार्टी प्रतिको आकर्षण बढेको पाइएको छ । शुक्रबार मात्र लेटाङ १ आरुवोटे टोलमा नेपाली कांगे्रस लगायतका पार्टी परित्याग गरी १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसका तत्कालीन भोगटेनी गाविस सचिव नगेन्द्र मगरसहित १० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडालागयतले खादा र टीका लागाएर पार्टीमा स्वागत गर्नुभयो ।राष्ट्रियताको संरक्षण गर्दै देशको विकास गर्ने पार्टी नेकपा एमाले नै भएको ठहर गर्दै पार्टी प्रवेश गरेको नवप्रवेशी नगेन्द्र मगरले जानकारी दिनुभयो ।लेटाङ नगरपालिकाको वडा नम्बर १ न

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • ३०२ पटक पढिएको
  • स्थानीय तहका जनप्रतिनिधिलाई चुनाव प्रचारमा संलग्न नहुन निर्वाचन आयोगको निर्देशन

    इटहरी ।  एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ ।स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेद्वारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालय

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • ३०३ पटक पढिएको
  • बालेनलक्षित ओलीको टिप्पणीः बच्चाले पनि पछि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छन्

    दमकः प्रधानमन्त्री पदलाई खेलौनाजस्तो बनाइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेद्वार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको भनी उहाँले टिप्पणी गर्नुभएको हो ।आज दमकमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्ड घोषणासभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।सो क्षेत्रमा निर्वाचन प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै ओलीले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्न सक्ने बताउनुभएको हो ।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २९५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल