राजनीति

    Showing ३४१-३५० of ८३६ items.
  • डा. शेखर कोइरालाले आदर्श मावि केन्द्र विराटनगरबाट गरे मतदान

    विराटनगरः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर क्षेत्र नम्बर ६ स्थित आदर्श माध्यामिक विद्यालयबाट प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नुभएको छ ।सोही क्षेत्रबाट उम्मेद्वार हुनुभएका कोइरालाले बिहान ८ बजेर ४० मिनेट जाँदा मतदान गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • २२४ पटक पढिएको
  • गगनले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको’ दाबी गर्दै प्रकाशित समाचारविरुद्ध कांग्रेस कानुनी उपचारमा

    इटहरी ।  नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दाबी गर्दै प्रकाशन भएका समाचारविरुद्ध नेपाली कांग्रेस कानुनी उपचारमा गएको जनाइएको छ ।कांग्रेसले भ्रामक समाचारप्रति खेद जनाउँदै कारबाहीको माग गरेर निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी दिएको हो ।लालीगुराँस मिडियाले कांग्रेस सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दाबी गर्दै समाचार प्रकाशन गरेको थियो । सो तस्बिर नक्कली भएको कांग्रेसले दाबी गर्दै उजुरी दिएको हो ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • २३० पटक पढिएको
  • धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेद्वारी खारेज

    जनकपुरधामः फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ का उम्मेद्वार किशोरी साह कमलको उम्मेद्वारी खारेज भएको छ ।धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेद्वार साहसँग स्पष्टीकरण माग गरेको थियो ।आयोगको १८ फागुनको निर्णयले उनको उम्मेद्वारी खारेजी गर्न

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • २०७ पटक पढिएको
  • देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    काठमाडौंः निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा यही फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो ।मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयंसेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको छ । यस पटक पनि यस प्रयोजनका लागि उनीहरुलाई नै जिम्मेवारी दिइएको थियो ।आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रका माध्यमबाट निर्वा

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १३४ पटक पढिएको
  • मोरङ १ मा नेपाली कांग्रेसको चुनावी र्यालीमा नेता, कार्यकर्ताको उत्साहपूर्ण सहभागिता

    उर्लाबारीः नेपाली कांग्रेसको तर्फबाट मोरङ–१ मा उम्मेद्वार बन्नुभएका खड्ग फागोको आज भएको चुनावी र्याली उत्साह, व्यापक जनसहभागिता सहित सम्पन्न भएको छ ।क्षेत्र नम्बर १ को पश्चिमी सिमाना केराबारीको चोक्टीबाट सुरु भएको र्याली केराबारी बजार हुँदै लेटाङ बजार, मिक्लाजुङको टाँडी, मधुमल्ला बजार पार गर्दै उर्लाबारीमा आयोजित कोणसभामा पुगेर टुङ्गिएको थियो । उर्लाबारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै फागोले मोरङ–१ को विकास यात्रालाई गति दिन आफू स्पष्ट योजना र दृढ अठोटसहित अघि बढेको बताउनुभयो ।कोणसभामा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, क्षेत्रीय सभापति शङ्कर राई, महासमिति सदस्य शोभा चेम्ज

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २५२ पटक पढिएको
  • केराबारीमा विभिन्न दलमा आबद्ध ६० जनाभन्दा बढी व्यक्ति एमालेमा प्रवेश

    केराबारीः मोरङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडालाई जिताउन भन्दै विभिन्न पार्टी परित्याग गरी केराबारीका ६० जना भन्दा बढी युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनीहरूलाई नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडा, नेता खड्ग बस्नेत, डिल्ली शर्मा अधिकारी, शान्ति लिम्बू लगायतले टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । राष्ट्रियताको विषयमा नेकपा एमालेले लिएको अडान तथा केराबारी क्षेत्रको विकासका लागि घनश्याम खतिवडाले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै एमालेमा प्रवेश गरेको नवप्रवेशीले बताएका छन् ।केराबारी ५ का राष्ट्रिय युवा संघका नेता सनम थेगिम लगायतको सक्रियतामा युवा

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २०५ पटक पढिएको
  • मोरङ–६ का ६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी निष्क्रिय पार्दै शेखर कोइरालालाई गरे समर्थन

    विराटनगरः मोरङ–६ का ६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी निष्क्रिय गर्दै नेपाली कांग्रेसका उम्मेद्वार डा. शेखर कोइरालालाई समर्थन गर्ने भएका छन् ।प्रत्यक्षतर्फ कांग्रेसका उम्मेद्वार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गर्दै उनीहरुले विज्ञप्ति निकालेका छन् ।नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै डा. कोइरालालाई सघाउने निर्णय गरेका हुन् ।यसअघि नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेनजी सम

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २११ पटक पढिएको
  • सञ्चार उद्यमीसहित इटहरीका ४ उद्यमी रास्वपामा प्रवेश

    इटहरीः इटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।आज आयोजित एक औपचारिक कार्यक्रममा बालेन शाहको हातबाट उनले पार्टी सदस्यता ग्रहण गरेका हुन् । कार्यक्रममा समीर कार्कीसँगै इटहरीका व्यवसायीहरू सुनिल भुसाल, सुवास लुइँटेल, निशान खत्रीलगायत अन्य व्यवसायीहरू पनि रास्वपामा प्रवेश गरेका छन् ।

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १९० पटक पढिएको
  • सुन्दरहरैंचा–२ का ५० युवा नेपाली कांग्रेसमा प्रवेश

    विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ का करिब ५० जना युवा जीवन लिम्बूको नेतृत्वमा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।विभिन्न दल परित्याग गरेका ती युवा विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका हुन् ।पार्टीमा प्रवेश गर्नेहरूलाई मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. शेखर कोइरालाले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।सुन्दरहरैंचाका जीवन लिम्बू, देउमान लिम्बू, अरुण माझी, पदम अधिकारी, सुनिल लिम्बू, अभिषेक तामाङ, ओम सुब्बा, सुनिल मगर, राजु परियार, विशाल बस्नेत, रुपेश चौधरी, निब्सन कटवाल, राजेश चौधरी, रमे

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १६९ पटक पढिएको
  • मोरङ–६ का उज्यालो नेपालका उम्मेद्वार वसन्त बुढाथोकी एमालेमा प्रवेश

    विराटनगरः मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेद्वारी निष्क्रिय पार्दै नेकपा एमालेका उम्मेद्वार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् । २५ वर्षीय बुढाथोकी सो क्षेत्रका सबैभन्दा कान्छा उम्मेद्वार थिए ।आइतबार बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत् औपचारिक रूपमा उम्मेद्वारी निष्क्रिय पारिएको घोषणा गर्दै उनी एमाले प्रवेश गरेका छन् । कार्यक्रममा एमाले उम्मेद्वार विनोद ढकालसहित, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतलगायतले बुढाथोकीलाई पार्टीमा स्वागत गरेका छन् । बुढाथोकीले आफू अब उम्मे

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १९४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल