विराटनगरः नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं– ६ का उम्मेद्वार डा. शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउनुभएको छ ।आइतबार नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य विजय कामत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । कामत तत्कालीन नेकपा माओवादीबाट विराटनगर वडा नं –६ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी विराटनगर महानगर समिति सदस्य सन्तोष साहलगायत १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।
इटहरी । मोरङको क्षेत्र नम्बर ३ मा उम्मेद्वारी दिएका जय मातृभूमि पार्टीका नवराज मास्केले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडीका साथै रेफ्री एशियन कराते महासंघका पदाधिकारी मास्केले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को विकासका लागि १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।यस्ता मास्केका चुनावी प्रतिबद्धता१) नागरिकको स्वास्थ्य, शिक्षा र अवसरको दायित्व सरकारको हो । इमान्दारिता र देशभक्ति नागरिकको कर्तव्य हो । गर्भावस्थादेखि नै आमा र बच्चालाई निःशुल्क चिकित्सा र पौष्टिक आहारको व्यस्थापन गर्ने नीति ल्याइनेछ ।२) प्रविधि र सुविधा
लेटाङः नेकपा एमालेले हिजो लेटाङ नगरपालिकामा मोटरसाइकल र्यालीसहित कोणसभा सम्पन्न गरेको छ ।लेटाङ बजारको बीपी चोकबाट शुरु भएको मोटरसाइकल र्याली मिलन चोकबाट खेरुवा, जाँते बजार, जाँते मदनचोक, बुढौली चोकबाट खेरुवा हुँदै पुन लेटाङ बजार पुगेर बजार क्षेत्र परिक्रमा गरि बीपी चोकमा कोणसभामा परिणत भएको थियो ।सो र्यालीमा सयौँ मोटरसाइकलसहित सहभगी भएका नेकपा एमालेका नेता कार्यकर्ताले नेकपा एमालेको पक्षमा नाराबाजी गर्नुका साथै नाचगान समेत गरेका थिए । उनीहरुले भोट के मा सूर्यमा, नेकपा एमाले जिन्दावाद, मोरङ १ ले के भन्छ, घनश्याम खतिवडा ले भन्छ, जस्ता नारा लगाएका थिए ।मोटरसाइकल र्यालीपछि भएको कोणसभालाई मोरङ
उर्लाबारीः मोरङको सुनवर्षी नगरपालिका–८, हरिचन्द्रगढीस्थित रहमान टोलको सिङ्गो मुस्लिम बस्ती नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको छ ।बिहीबार साँझ नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले आयोजना गरेको निर्वाचनलक्षित भेलाका क्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार दिलिप बगडियाले पार्टीमा स्वागत गरेका थिए ।बगडियाले स्वागतका क्रममा उनीहरूलाई आगामी निर्वाचनमा एमालेको पक्षमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले एमाले सरकार र नेतृत्वले विकास, सुशासन र समावेशीताका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै सबै समुदाय
उर्लाबारीः २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार रहेका सो पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।उहाँ ०७९ को आम चुनावमा मोरङ २ बाट उम्मेद्वार हुँदै उल्लेख्य मतका साथ तेस्रो हुनुभएको थियो । मोरङको रतुवामाई– ९ भौडाहा निवासी न्यौपानेले रास्वपा स्थापनाकालदेखि नै दक्षिणी मोरङमा पार्टीको सङ्गठन बिस्तारको काम गर्नुभएको थियो ।
पथरीः आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खड्ग फागोले चुनावी अभियानलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेस का तर्फबाट मोरङ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका फागो पछिल्लो समय गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय देखिएका छन् ।चुनावी प्रचारलाई औपचारिक कार्यक्रममै सीमित नराखी मतदाताको घर आँगनसम्म पुग्ने रणनीति अपनाएका फागोले जनताको दैनिक जीवनसँग जोडिएका समस्या प्रत्यक्ष रूपमा सुन्ने अभियान सञ्चालन गरिरहेका छन् । घरदैलो कार्यक्रममार्फत् उनले स्थानीय नागरिकसँग संवाद गर्दै उनीहरूको अपेक्षा, गुनासा र विकाससम्बन्धी सुझाव संकलन गरिरहेका छन् ।घरदैलो अभिय
परासीः फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आफ्नो निर्वाचन लक्षित ‘प्रतिज्ञा–पत्र’ सार्वजनिक गरेका छन् ।चौधरीले आफ्नो क्षेत्रको विकास र राष्ट्रिय समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेका हुन् । जसमा उनले नवलपरासीलाई ‘आर्थिक केन्द्र’ बनाउने सोच प्रस्तुत गरेका छन् । अर्बपति व्यवसायीसमेत रहेका चौधरीले आफ्नो क्षेत्रमा उद्यमशीलता र स्वरोजगारलाई मुख्य प्राथमिकता दिएका छन् । उनले क्षेत्रभित्र औद्योगिक ग्रामहरू स्थापना गरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू सञ्चालन गर्
उर्लाबारीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार खड्ग फागो यतिबेला गाउँ–गाउँमा सक्रिय रूपमा घरदैलो अभियानमा जुट्नुभएको छ ।फागोले बुधबार मिक्लाजुङ गाउँपालिका वडा नम्बर १, ४ र ५ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । घरदैलो कार्यक्रममार्फत नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझावहरू उहाँले ध्यानपूर्वक सुन्नुभएको थियो ।भेटघाटका क्रममा स्थानीयवासीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको, सडक पूर्वाधार अभावका कारण दैनिक जीवन कष्टकर बनेको तथा युवाहरू रोजगारीको खो
काठमाडौंः आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् ।मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ ।नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश छ ।ती अस्थायी मतद
जाँतेः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले लेटाङ नगरपालिकाको बजार क्षेत्र र जाँते बजार क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।त्यस क्रममा उहाँले बजारदेखि बस्तीसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याहरू सुन्नुका साथै समाधानका लागि स्पष्ट र ठोस प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।घरदैलोका क्रममा स्थानीयले सडक पूर्वाधारको कमजोर अवस्था, सहज स्वास्थ्य उपचारको अभाव, खानेपानी समस्या तथा उत्पादित कृषि सामग्रीले उचित बजार मूल्य नपाएको गुनासो राखेका थिए ।फागोले यी सबै विषयलाई संघीय तहबाट नीतिगत पहलमार्फत सम्बोधन गर्ने प्रत