लेटाङः मोरङको लेटाङ नगरपालिकामा नेकपा एमाले पार्टी प्रतिको आकर्षण बढेको पाइएको छ । शुक्रबार मात्र लेटाङ १ आरुवोटे टोलमा नेपाली कांगे्रस लगायतका पार्टी परित्याग गरी १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसका तत्कालीन भोगटेनी गाविस सचिव नगेन्द्र मगरसहित १० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडालागयतले खादा र टीका लागाएर पार्टीमा स्वागत गर्नुभयो ।राष्ट्रियताको संरक्षण गर्दै देशको विकास गर्ने पार्टी नेकपा एमाले नै भएको ठहर गर्दै पार्टी प्रवेश गरेको नवप्रवेशी नगेन्द्र मगरले जानकारी दिनुभयो ।लेटाङ नगरपालिकाको वडा नम्बर १ न
इटहरी । एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ ।स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेद्वारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालय
दमकः प्रधानमन्त्री पदलाई खेलौनाजस्तो बनाइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेद्वार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको भनी उहाँले टिप्पणी गर्नुभएको हो ।आज दमकमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्ड घोषणासभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।सो क्षेत्रमा निर्वाचन प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै ओलीले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्न सक्ने बताउनुभएको हो ।
दमकः प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज चुनावी वाचापत्र सार्वजनिक गर्नुभएको छ ।सो निर्वाचन क्षेत्रमा रहेका सुकुम्बासीहरूको बसोबास समस्या समाधानका लागि सय दिनमा आयोग बनाउने र हजार दिनमा समस्या समाधान गर्ने वाचा गरिएको छ ।दमक क्षेत्रलाई आईटी हबको रूपमा स्थापित गर्नका लागि संरचना निर्माण गर्ने पनि घोषणा गरिएको छ । दमकको भ्यु टावर सञ्चालन गरिने पनि वाचापत्रमा उल्लेख छ ।वाचापत्रमा पूर्वाधार, शिक्षा, कृषि तथा रोजगारी, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, महिला तथा बालबालिका, सुशासन, पर्य
केराबारीः नेकपा एमालको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडाले केराबारी गाउँपालिकामा पर्ने मोरङका पहाडी गाउँहरु सिंहदेवी, पाटीगाउँ, याङ्सीला लगायत क्षेत्रमा पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै मत माग्नुभएको छ ।आफ्नै पहलमा बिजुली बालेर उज्यालो बनाएका उत्तरी मोरङका यी गाउँमा पुगेका घनश्याम खतिवडालाई स्थानीयवासीले स्वागत सम्मान गर्दै मत दिएर जिताउने प्रतिबद्धता जनाएका छन् ।घनश्याम खतिवडा सांसद हुनुभन्दा अघि मोरङका पहाडी गाउँका थोरै ठाउँहरुमा मात्र बिजुली पुगेको थियो । तर खतिवडा सांसद निर्वाचित भएपश्चात् खतिवडाको पहलमा मोरङका पहाडी गाउँहरु सिंहदेवी, पाटीगाउँ, याङ्सीला, भोगटे
उर्लाबारीः नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार घनश्याम खतिवडाले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।नेकपा एमाले निर्वाचन परिचालन कमिटीको कार्यालय उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत् उहाँले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै आफू क्षेत्रको भूगोल बुझेको, समस्या बारे जानकार रहेको र अनुभवी उम्मेद्वार रहेको बताउनुभयो ।सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा तमोर चिसाङ डाइभर्सन परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा सम्पन्न गर्ने, साथै क्षेत्रका सिँचाइ कुलो, पैनी र नहरको निर्माण तथा स्तरोन्नति गर्ने उल्लेख छ ।कृषि आधुनिकिकरण, पकेट
इटहरी । निर्वाचन प्रचारमा उम्मेदवारले सनरूफ (छतबाट टाउको निकाल्न मिल्ने गाडी) प्रयोग गर्न नपाउने भएका छन् ।बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।उम्मेद्वारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सनरूफ गाडी प्रयोग गर्न नदिइने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।चुनावी प्रचारका क्रममा विभिन्न दलका उम्मेद्वारले यस्ता गाडी प्रयोग गर्दै आएका थिए ।
बुटवल । रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी अभियान अन्य दलको भन्दा फरक छ। शुक्रबारदेखि बुटवल उपमहानगरपालिकाको १२ नम्बर वडाबाट घरदैलो सुरु गरेको राप्रपाले अन्य दलले जस्तो आफ्नो उम्मेदवारको बखान गरिरहेको छैन। पार्टीले टिकट दिएकी कर्भिका थापाले पीआर (स्थायी बसोबास अनुमति) त्यागेको तीन महिना नपुगेपछि राप्रपाले अर्को उम्मेदवार उठाउने समय पाएन। प्रत्यक्षमा उम्मेदवार नभएपछि समानुपातिकका लागि मत माग्न घरदैलो अभियान सुरु गरेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए। प्रत्यक्षमा राप्रपाले २०७९ मा एमाले र २०७४ मा कांग्रेसलाई समर्थन गरेको
जनकपुरः नेपाली कांग्रेसले हिजो जनकपुरमा आयोजित कार्यक्रममा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।जनकपुरमा दिउँसो साढे २ बजेदेखि शुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।यी हुन् कांग्रेसका प्रतिज्ञापत्रका १० दृष्टिकोण१. सम्मानित भएर बाँच्न पाउने नेपाल२.सपना देख्न सक्ने नेपाल३.सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल४.पेटभरी खुवाउने, देशलाई चिनाउने नेपाल५.ओखती र ओत दिने नेपाल६.छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल७.बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल८.मौलिकता गर्व गर्ने आधुनिक नेपाल९.विश्वल
काठमाडौंः उज्यालो नेपाल पार्टीले एक घर एक हजार कित्ता शेयर उपलब्ध गराउने घोषणापत्र जारी गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावी प्रतिवद्धतापत्रमा पूर्व ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले यस्तो दाबी गरेको हो ।‘सम्पूर्ण घरपरिवारलाई प्राथमिक शेयर मूल्यमा कम्तीमा १ हजार कित्ता जलविद्युत आयोजनाको शेयर उपलब्ध गराइनेछ । गरिब परिवारलाई प्राथमिक शेयर किन्न सहुलियत ऋण उपलब्ध गराउनुका साथै योजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई शेयरमा पनि रुपान्तरण गर्न सकिने व्यवस्था मिलाइनेछ’ प्रतिवद्धता पत्रमा भनिएको छ ।विद्युत खरिद सम्झौता भएको ३० वर्षपछि सरकारल