खेमचन्द्र अधिकारीविराटचोकः ‘तपाईँ क्षेत्र नम्बर २ को बासिन्दा हुनुहुन्छ तर क्षेत्र नम्बर ३ मा किन उम्मेद्वारी दिनुभएको ? चुनावमा विजयी भएपछि के गर्ने योजना छ ?मोरङको क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई स्थायी ठेगाना भए पनि मोरङको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका तेजप्रसाद भण्डारी प्रश्न सुनेपछि अकमकिनुभयो ।‘चुनाव प्रचारप्रसार कसरी गर्दै हुनुुहुन्छ’, भण्डारीलाई अर्काे प्रश्न सोधियो ।‘मैले अहिले प्रचारप्रसार शुरु गरेको छैन । म इटहरीमा छु । घरायसी सामान किनमेलमा व्यस्त छु । बोल्न भ्याउँदिनँ ।’‘कसलाई जिताउन कि हराउन उम्मेद्वारी दिनुभएको’, भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘म अह
विराटनगरः मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले क्षेत्र नं. ६ का उम्मेदवारहरूसँग हिजो आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केही उम्मेद्वारहरुले भोट माग्ने जान सक्ने अवस्था नरहेको भन्दै सुरक्षा प्रत्याभूति दिलाउन माग गरेका थिए ।राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले आफू महिला उम्मेदवार भएकाले अन्यको तुलनामा बढी सुरक्षा चुनौती महसुस गरिरहेको बताउनुभयो । प्रशासनको अमूर्त आश्वासनले मात्र ढुक्क हुने अवस्था नभएकाले ठोस सुरक्षा योजना र अनुसन्धानको कार्यविधि (प्रिलिमिनरी इन्भेस्टिगेसन अप्रोच) चाहिने उहाँको भनाइ थियो ।राप्रपाका उम्मेदवार सबिन निरौलाले प्रशासनको कार्यशैलीमाथि प्रश
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकीएसँगै शीर्ष नेताहरु चुनावी प्रचार गर्न देश दौडाहामा निष्कीएका छन् । कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायत अन्यदलका प्रमुख र शीर्ष नेताहरु गाउँगाउँमा प्रचार अभियान नै बनाएर हिडेका हुन् ।कांग्रेस सभापति गगन थापा शुक्रबार पोखरा पुगेर काठमाडौं फर्किएका छन् । एमाले अध्यक्ष केपी ओली झापा, रास्वपा सभापति रवि लामिछाने चितवन र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ महोत्तरी पुगेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने काठमाडौंकै चुनावी कार्यक्रममा व्यस्त छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन भने पूर्वी नेपालबाट रामेछाप, दोलखा, सिन्धुप
इटहरी । निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ६ को नमूना मतपत्र सार्वजनिक गरेको छ ।सो नमुना मतपत्रमा पहिलो लाइनमा एमालेको सूर्य चुनाव चिह्न सबैभन्दा अगाडि छ । त्यसपछि नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिस्ट पार्टीको पाँचकुने तारा, रास्वपाको घण्टी र राप्रपाको हलो छ ।चार लाइनमा चुनाव चिह्न भएको सो नमूना मतपत्रको पहिलो, दोस्रो र तेस्रो लाइनमा पाँच पाँच चुनाव चिह्न छन् भने अन्तिम लाइनमा २ चुनाव चिह्न छन् ।
काठमाडौंः फागुन २१ गते हुने निर्वाचनको स्वच्छता प्रवद्र्धनका लागि आज निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गर्नुभएको छ ।सो कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो ।
काठमाडौंः निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेद्वारको नाम हटाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।उम्मेद्वारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको बताइएको छ ।कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा समावेश नभएका १ जना, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना, महिलाको ठाउँमा पुरुष उम्मेद्वारको रुपमा पेश भएका १ ज
मधुमल्लाः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले मिक्लाजुङ गाउँपालिकामा उम्मेद्वारसहित वडास्तरीय मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ ।शनिबार मिक्लाजुङ–८ तोरीबारीमा पार्टीका कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्न आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा उम्मेद्वार घनश्याम खतिवडाले नेकपा एमालेको पहलमा मोरङ क्षेत्र नम्बर १ मा भएका विकासका कामहरूबारे जानकारी गराउनुभएको थियो ।इमान र निष्ठाको राजनीति गरेको भन्दै उम्मेद्वार खतिवडाले मोरङ क्षेत्र नम्बर १ को भूगोल र जनताका आवश्यकता आफुले जति अरुले नबुझेकाले जनता
इटहरी । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ ।आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा, अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आ
इटहरी । अजीव राईको अध्यक्षतामा श्रम संस्कृति पार्टीको सुन्दरहरैंचा नगर कमिटी बुधबार गठन गरिएको छ ।प्रेमबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव एवं समानुपातिक उम्मेद्वार जीवन बिष्ट हुनुहुन्थ्यो । विशेष अतिथिमा श्रम संस्कृति पार्टीका मोरङ क्षेत्र नम्बर ३ का उम्मेद्वार अमिर मगर, मोरङ क्षेत्र नं. ६ का उम्मेद्वार मातृका पौडेल रहनुभएको थियो । कार्यक्रममा श्रम संस्कृति पार्टी बेलबारी नगर अध्यक्ष पर्वत राई, इलाका प्रहरी कार्यालय विराटचोकका प्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो ।कार्यसमितिको उपाध्यक्षमा सीता छाराहाङ कुलुङ, ग
धनुषा । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसले विश्वास दिएमा कांग्रेसको एकमना सरकार बन्ने बताएका छन्। शुक्रबार धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसको एकमना सरकार बनेमा मधेसका मुद्दा बोक्ने बताए। ‘मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ।त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ,’ थापाले भने, ‘चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन्, सबै मुद्दा कांग्रेसले बोक्छ।’त्यसैले मधेसलाई जोड्न आफू आएको उनको भनाइ थियो। ‘म निर्वाचन क्षेत्र नभएर यहाँ आएको होइन, मधेसलाई जोड्न आएको हुँ,’ उनले भने।