राजनीति

    Showing ४२१-४३० of ८४० items.
  • एमालेद्वारा मिक्लाजुङको तोरीबारीमा चुनावकेन्द्रित अभियान

    मधुमल्लाः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले मिक्लाजुङ गाउँपालिकामा उम्मेद्वारसहित वडास्तरीय मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ ।शनिबार मिक्लाजुङ–८ तोरीबारीमा पार्टीका कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्न आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा उम्मेद्वार घनश्याम खतिवडाले नेकपा एमालेको पहलमा मोरङ क्षेत्र नम्बर १ मा भएका विकासका कामहरूबारे जानकारी गराउनुभएको थियो ।इमान र निष्ठाको राजनीति गरेको भन्दै उम्मेद्वार खतिवडाले मोरङ क्षेत्र नम्बर १ को भूगोल र जनताका आवश्यकता आफुले जति अरुले नबुझेकाले जनता

    • प्रकाशित मितिः माघ १९, २०८२
    • २२७ पटक पढिएको
  • सकियो प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ

    इटहरी ।  निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ ।आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा, अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आ

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १६९ पटक पढिएको
  • श्रम संस्कृति पार्टीको सुन्दरहरैंचा नगर कमिटी गठन

    इटहरी ।  अजीव राईको अध्यक्षतामा श्रम संस्कृति पार्टीको सुन्दरहरैंचा नगर कमिटी बुधबार गठन गरिएको छ ।प्रेमबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव एवं समानुपातिक उम्मेद्वार जीवन बिष्ट हुनुहुन्थ्यो । विशेष अतिथिमा श्रम संस्कृति पार्टीका मोरङ क्षेत्र नम्बर ३ का उम्मेद्वार अमिर मगर, मोरङ क्षेत्र नं. ६ का उम्मेद्वार मातृका पौडेल रहनुभएको थियो । कार्यक्रममा श्रम संस्कृति पार्टी बेलबारी नगर अध्यक्ष पर्वत राई, इलाका प्रहरी कार्यालय विराटचोकका प्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो ।कार्यसमितिको उपाध्यक्षमा सीता छाराहाङ कुलुङ, ग

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २२४ पटक पढिएको
  • मधेसले विश्वास दिए कांग्रेसको एकमना सरकार बन्छ: गगन थापा

    धनुषा । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसले विश्वास दिएमा कांग्रेसको एकमना सरकार बन्ने बताएका छन्। शुक्रबार धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसको एकमना सरकार बनेमा मधेसका मुद्दा बोक्ने बताए। ‘मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ।त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ,’ थापाले भने, ‘चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन्, सबै मुद्दा कांग्रेसले बोक्छ।’त्यसैले मधेसलाई जोड्न आफू आएको उनको भनाइ थियो। ‘म निर्वाचन क्षेत्र नभएर यहाँ आएको होइन, मधेसलाई जोड्न आएको हुँ,’ उनले भने। 

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २१७ पटक पढिएको
  • तनहुँमा पुरुषभन्दा महिला मतदाता धेरै, जम्मा साढे २ लाख मतदाता

    बन्दीपुरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३९७ जना मतदाता कायम भएका छन् ।जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या १ लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या १ लाख ३० हजार ९०६ जना रहेको छ । जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेका छन् ।दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ मा १ लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा ज्ञ लाख १८ हजार २७९ मतदात रहेका छन् । क्षेत्र नं १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेन

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २५४ पटक पढिएको
  • कांग्रेस उम्मेदवार सुनिल शर्माविरुद्ध उजुरी

    बेलबारीः मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनले चुनाव प्रचारका क्रममा १० लाख रुपैयाँ बाँडेको आरोप लागेको छ ।सोही क्षेत्रका राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेद्वार भुवनकुमार वाग्लेले उजुरी दिएका हुन् । वाग्लेले दिएको उजुरीमा शर्माले चुनाव प्रचारकै दौरानमा यम बुद्ध फाउण्डेसनलाई १० लाख रुपैयाँ दिएको खबर सार्वजनिक भएको हुँदा चुनावमा प्रभावित गर्ने यस्ता गतिविधि तत्काल रोकी कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।निर्वाचन क्षेत्रका नागरिकलाई ५० प्रतिशत निःशुल्क उपचारका नाममा प्रभावित पार्न खोजेको समेत आरोप उजुरीमा लगाइएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २७६ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनबारे मोरङ क्षेत्र नम्बर १ मा एमालेले गर्याे छलफल

    उर्लाबारीः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र नम्बर–१ क्षेत्रीय कमिटीको आयोजनामा उर्लाबारीमा छलफल भएको छ ।क्षेत्रीय कमिटी संयोजक अग्नि भट्टराईको सभापतित्वमा एमालेको नगर कार्यालयमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एमालेका पूर्व उपाध्यक्ष गुरुप्रसाद बराल रहनुभएको थियो । कार्यक्रम सञ्चालन क्षेत्रीय समन्वय कमिटी सह–संयोजक सरला राईले गर्नुभएको थियो ।कार्यक्रममा सभापति भट्टराईका साथै एमालेका मोरङ जिल्ला सचिव सोमराज थापा, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवं जिल्ला सचिवालय सदस्य उमाकान्त गौतम, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २५७ पटक पढिएको
  • उर्लाबारीमा कांग्रेसले स्थापना गर्याे मोरङ क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय

    उर्लाबारीः एक कार्यक्रमका बीच नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. १ ले उर्लाबारी–४ भद्रमारीमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।सम्पर्क कार्यालय उद्घाटन समारोह क्षेत्रीय सभापति शंकर राईको अध्यक्षतामा भएको थियो । प्रदेश सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खड्गबहादुर फागो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।कार्यक्रममा सभापति राईले संगठनलाई थप सक्रिय बनाउँदै जिम्मेवार र संयमित ढंगले चुनावी अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले एकताबद्ध भएर मैदानमा उत्रिएमा कांग्रेसको जीत सुनिश्चित हुने बताउनुभयो ।पार्टीको न

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २५२ पटक पढिएको
  • चुनावी अनुगमनमा लागि निर्वाचन आयोगले अनुगमन गर्ने १० शर्त

    इटहरी ।  निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका अनुगमन गर्ने भएको छ । त्यसका लागि आयोगले निम्नलिखित १० वटा कार्यशर्तको अधीनमा रहेर अनुगमन गर्ने भएको छ ।(क) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २६ बमोजिम राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्ति वा अन्य कुनै व्यक्तिले सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गरे नगरेको यकिन विवरण तयार गर्ने,(ख) निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २७ को व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल, उम्मेद्वार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका लागि प्रचलित निर्वाचन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १६० पटक पढिएको
  • चुनावमा केन्द्रित हुन अनुरोध गर्दै सबै जिल्ला सभापति र क्षेत्रीय सभापतिलाई कांग्रेसले पठायो पत्र

    काठमाडौंः निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाको साथ खोज्दै नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनावमा केन्द्रित हुन सबै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गरेर परिपत्र गरेको छ ।महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई पनि विधि विधानले पाएको विषय भन्दै जीतहारको कुरा नगरी चुनावमा केन्द्रित हुन निर्देशन दिइएको छ ।अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास परिपत्रमा गरिएको छ ।‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढ

    • प्रकाशित मितिः माघ १३, २०८२
    • १४२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल