राजनीति

    Showing ४५१-४६० of ८४० items.
  • बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

    काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm.com’ डोमेन लाइभ गरेको छ । यस अघि काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा ‘balenformayor.com’ डोमेन लाइभ गरेको थियो भने अहिले प्रतिनिधिसभाको निर्वाचनमा भाग लिँदै गर्दा प्रधानमन्त्री बन्नका लागि डोमेन लाइभ गरेको पाइएको हो ।डोमेन लाइभ गर्नुले प्रधानमन्त्री बन्ने तयारी गरेको बुझिएको छ । तर नेकपा (एमाले)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापाबाट प्रतिस्पर्धा गरेका शाहले यस अघि कार्यकारी प्रधानमन्त्री बन्ने जस्ता अभिव्यक्ति दिएका थिए । त

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ३८७ पटक पढिएको
  • चुनावी दौडमा ६ पूर्वअर्थमन्त्री, कसको ‘ग्राउन्ड’ कस्तो ?

    इटहरी ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्।विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा ओर्लिँदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन्।पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्व

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २५० पटक पढिएको
  • गगन थापा उम्मेदवार बन्ने भएपछि सर्लाही ४ मा रातारात एमालेको उम्मेदवार परिवर्तन

    सर्लाही । कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही ४ मा एमालेले अन्तिम घडीमा उम्मेदवार परिवर्तन गरेको छ। मंगलबार दिउँसोसम्म एमालेले आफ्नै पार्टीका पुराना कार्यकर्ता रविशंकर कुशवाहालाई सर्लाही ४ मा उम्मेदवार बनाउने तयारी गरेको थियो। सोही अनुसार कुशबाहा निर्वाचन अधिकृतको कार्यालयसमेत पुगिसकेका थिए। तर, अन्तिम घडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशबाहाको ठाउँमा अमनिश कुमार यादवलाई उम्मेदवार बनाइएको पत्र पठाएका हुन्। अमनिस सोमबार मात्रै नेकपा परित्याग गरेर एमाले प्रवेश गरेका शिवपुजन रायका छोरा हुन्। रायले आफ्ना छोरालाई सर्लाही ४ को टिकट दिन नेकपाका संयोजक प्रचण्डलाई दबाब द

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २६४ पटक पढिएको
  • पूर्वमन्त्रीसहित धनकुटामा १८ जनाले गरे मनोनयन दर्ता

    धनकुटाः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा पूर्वमन्त्रीसहित १८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।एमालेका तर्फबाट पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज राजेन्द्रकुमार राई, नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका शानबहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २२८ पटक पढिएको
  • रुपन्देहीमा सबैभन्दा बढी उम्मेद्वार, सबैभन्दा कम मुस्ताङमा

    विराटचोकः देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी रुपन्देहीमा परेको छ । निर्वाचन आयोगका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा ३५ र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा ३७ जनाको उम्मेद्वारी परेको छ ।सबैभन्दा कम मुस्ताङमा ४ जनाको उम्मेद्वारी परेको छ । मनाङमा ५ जनाको उम्मेद्वारी दर्ता भएको छ । ३०३ महिलासहित देशभर २ हजार ६५५ जनाले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २५८ पटक पढिएको
  • निर्वाचनलाई सफल पार्न खोटाङका दलहरूको सामूहिक प्रतिबद्धता

    खोटाङः माघ ५ गते भएको अन्तरक्रियामा खोटाङका राजनीतिक दलले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले हिजो दिक्तेलमा प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताको पालनाका बारेमा आयोजना गरेको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा सहभागी जिल्लाका ११ राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।छलफलमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यिस्ट पार्टी, रास्वपा, राप्रपा, जसपा, नेकपा माओवादी, श्रम संस्कृति पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जसपा नेपाल र म

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २५० पटक पढिएको
  • महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेद्वारी

    म्याग्दीः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएर आगामी निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।पुन आज बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २७८ पटक पढिएको
  • तेह्रथुममा रास्वपाका जिल्लादेखि वडा तहसम्मका कार्यकर्ताले दिए सामुहिक राजीनामा

    वसन्तपुरः पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई मिचेर उम्मेद्वार चयन गरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुमका जिल्ला कार्यसमितिसहित जिल्लाभरका सबै स्थानीय तहका कमिटीहरूले सामुहिक राजीनामा दिएका छन् ।पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा आगामी निर्वाचनका लागि उम्मेद्वार छनोट गर्दा केन्द्रले मनोमानी गरेको उल्लेख गरिएको छ ।अवेयर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई उम्मेद्वार बनाउने जिल्लास्तरमा राजनीतिक सहमति भए पनि पार्टी केन्द्रले उक्त सहमतिको उपेक्षा गर्दै जिल्ला र प्रदेश समितिको भावना विपरीत ऋतुराज

    • प्रकाशित मितिः माघ ६, २०८२
    • १७६ पटक पढिएको
  • देउवाको संसदीय यात्रामा दुःखान्त विश्राम , चुनाव नलडने निश्चित

    इटहरी । २०४८ देखि २०७९ सम्मका प्रत्यक्ष निर्वाचन डडेल्धुराबाट लडेर जितेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको संसदीय यात्रामा दुःखान्त विश्राम भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निश्चित भएको छ ।समाचारहरुमा विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति आएपछि देउवाले २१ फागुनको निर्वाचन नलड्ने घोषणा गरेको उल्लेख छ । तर स्रोतका अनुसार देउवालाई टिकट दिन थापा इच्छुक नभएपछि देउवाका स्वकीय सचिव भानु देउवाले यसपटक चुनाव नलड्ने जानकारी दिएका हुन् । अब उनको निर्वाचन क्षेत्र डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । उनका स्वकीय

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २०९ पटक पढिएको
  • पाल्पा २ : अन्तिममा ठाकुर गैरेले नै पाए टिकट

    काठमाडौं । नेकपा (एमाले) का नेता ठाकुर गैरे प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । पाल्पा क्षेत्र नम्बर २ बाट उनी चुनाव लड्ने पक्का भएको हो ।यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए । तर यसको तिव्र बिरोध र आलोचना भएपछि गैरले टिकट पाएका हुन् ।गैरेको नाममा टिकट आएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए। 'पाल्पाको क्षेत्र नं २ मा ठाकुर गैरे टिकट दिने भन्ने नि

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २४९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल