राजनीति

    Showing ४७१-४८० of ९२७ items.
  • उज्यालो नेपालको घोषणापत्रः एक घर एक हजार कित्ता शेयर, शेयर किन्न सहुलियतमा ऋण

    काठमाडौंः उज्यालो नेपाल पार्टीले एक घर एक हजार कित्ता शेयर उपलब्ध गराउने घोषणापत्र जारी गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावी प्रतिवद्धतापत्रमा पूर्व ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले यस्तो दाबी गरेको हो ।‘सम्पूर्ण घरपरिवारलाई प्राथमिक शेयर मूल्यमा कम्तीमा १ हजार कित्ता जलविद्युत आयोजनाको शेयर उपलब्ध गराइनेछ । गरिब परिवारलाई प्राथमिक शेयर किन्न सहुलियत ऋण उपलब्ध गराउनुका साथै योजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई शेयरमा पनि रुपान्तरण गर्न सकिने व्यवस्था मिलाइनेछ’ प्रतिवद्धता पत्रमा भनिएको छ ।विद्युत खरिद सम्झौता भएको ३० वर्षपछि सरकारल

    • प्रकाशित मितिः फागुन ७, २०८२
    • २५३ पटक पढिएको
  • चुनाव प्रचार कार्यालय उद्घाटन समारोहमा नेकपा एमालेका उम्मेद्वार जीवन घिमिरेको प्रतिबद्धताः म जनताको सुख दुःखको साथी बन्नेछु

    विराटनगरः नेकपा एमाले मोरङ क्षेत्र नं–४ का उम्मेदवार जीवन घिमिरेले आफू जनताको सुखदुःखको सच्चा साथी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कटहरी गाउँपालिका–१ मा आयोजित कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विगतदेखि नै जनताको बीचमा रहेर काम गर्दै आएको स्मरण गर्नुभयो ।‘जनताको हरेक आवश्यकतामा, हरेक दुःख–सुखमा म उपस्थित हुन्छु’, कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सेवा गर्नु मेरो कर्तव्य मात्र होइन, जिम्मेवारी पनि हो ।’विगतमा आफूले गरेका कामहरू पूर्ण रूपमा जनहितमा केन्द्रित रहेकाले आगामी दिनमा पनि जनताले माया र भरोसा दिने उहाँको विश्वास थियो ।

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • ३६५ पटक पढिएको
  • मोरङ १ मा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोको घरदैलो अभियान, सुशासन र पूर्वाधार विकासमा प्रतिबद्धता

    लेटाङः मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोले सोमबार लेटाङ नगरपालिकाको वडा–८ तथा लेटाङ बजार क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गरिएको अभियानमा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उहाँले विकास, सुशासन र जनभावनाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्रीय सभापति शङ्कर राई तथा नगर सभापति दीपकचन्द्र राई लगायत महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।घरदैलोका क्रममा स्थानीयवासीले सडकको स्तरोन्

    • प्रकाशित मितिः फागुन ६, २०८२
    • २०३ पटक पढिएको
  • दुर्गा प्रसाईं फेरि पक्राउ

    काठमाडौंः सोमबार साँझ मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।प्रसाईँलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेर २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।पछिल्लो समय निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो । निर्वाचन बिथोल्ने योजनाअनुसार उनले फागुन ७ गतेदेखि आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए ।

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २६६ पटक पढिएको
  • रास्वपाले सार्वजनिक गर्याे नागरिक करार

    काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भएको खण्डमा पाँच वर्षमा गर्ने कामहरू उल्लेख गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’ सार्वजनिक गरेको छ ।रास्वपाले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना तथा पारदर्शी शासनको प्रतिबद्धता जनाएको छ । करारमा भ्रष्टाचार नियन्त्रण र असल शासनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।औसत वार्षिक प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्याउने, कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर नाघ्ने बनाउने तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ । पाँच व

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २६७ पटक पढिएको
  • मोरङ क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वार इरनकुमार राईको चुनावी एजेण्डा सार्वजनिक

    बेलबारीः मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेद्वार इरनकुमार राईले विकास र अनुशासनलाई जोड्ने भविष्यमुखी योजनासहितको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।ठूला रूपान्तरणकारी आयोजना र युवा सशक्तिकरणलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राख्नुभएका राईको प्रतिबद्धतापत्रमा सबैभन्दा बढी चर्चा बहुउद्देश्यीय चिसाङ नदी डाइभर्सन परियोजनाले पाएको छ । यसलाई उहाँले मोरङ क्षेत्र नम्बर ३ को समृद्धिको मेरुदण्डका रूपमा प्रस्तुत गर्नुभएको छ । यो परियोजना केवल सिँचाइमा मात्र सीमित नभई खानेपानी आपूर्ति, पर्यटन प्रवद्र्धन र विद्युत उत्पादनसम्म जोड्ने राईको दाबी छ । यसले क्षेत्रको कृषि क्षेत्र

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३१२ पटक पढिएको
  • आजदेखि १५ दिन चुनाव प्रचार गर्न पाइने, १८ गते रातिदेखि मौन अवधि शुरु हुने

    काठमाडौंः प्रतिनिधिसभाको निर्वाचन आउन अब १७ दिन बाँकी छ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि १५ दिनसम्म मात्र औपचारिक प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ ।आयोगका अनुसार फागुन १८ गते राति १२ बजेसम्म चुनावको प्रचार गर्न पाइनेछ । त्यसपछि ‘मौन अवधि’ शुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार, मत माग्ने गतिविधि वा मतदातालाई प्रभावित पार्ने कार्य पूर्ण रूपमा निषेध हुनेछ ।आयोगका अनुसार उम्मेद्वारलाई ६४ बुँदे निर्देशन जारी गरिएको छ । निर्देशनअनुसार उम्मेद्वारहरूले फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम गर्न पाउनेछन् । प्रचार कार्यक्रम बिह

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २२८ पटक पढिएको
  • प्रलोपाको प्रतिबद्धतापत्र सार्वजनिक

    काठमाडौंः यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।हिजो आयोजित पत्रकार सम्मेलनमार्फत् प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । मुलुक चरम आर्थिक सङ्कट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको प्रलोपाले जनाएको छ ।आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २९९ पटक पढिएको
  • हिन्दू धर्मको वकालत गर्नेलाई भोट दिनुहोस्ः दीनबन्धु शास्त्री

    गोठगाउँः महाशिवरात्रीको अवसरमा शिवपाञ्चायन मन्दिर सुन्दरहरैंचा–७ गोठगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा–५ मा रहेको नयाँ वृन्दावन गौशालाका संरक्षक पण्डित दीनबन्धु शास्त्रीले फागुन २१ गते हुने निर्वाचनमा हिन्दू धर्मको वकालत गर्ने पार्टीलाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।कार्यक्रममा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पनि उपस्थिति थियो ।

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • २२५ पटक पढिएको
  • नेपाल मजदुर किसान पार्टीले पनि सार्वजनिक गर्याे घोषणापत्र

    काठमाडौंः नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।आज एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।घोषणापत्रमा देशभक्तहरुको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउने, दुर्गम क्षेत्रहरुमा रोपवे, केबुलकार, सुरुङमाग, रेलमार्ग, अवलम्बन गर्नुपर्ने, सरकारी कर्मचारीलाई तलब खुलाउन ऋण लिने र ऋणको साँवा ब्याज तिर्न पनि ऋण लिने कामको विरोध जारी राख्न

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • २६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल