शिक्षा

    Showing १११-१२० of २९४ items.
  • एसईई नतिजा दुई दिनभित्र आउने, पहिलो पटक परीक्षा सकिएको १ महिनामै नतिजा हुने भो प्रकाशन

    इटहरी ।  राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र प्रकाशन गरिने जनाएको छ ।योसँगै पहिलो पटक परीक्षा सकिएको एक महिनामा नै नतिजा सार्वजनिक हुन लागेको हो । यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुँदा नतिजा छिटो आउन सम्भव भएको बोर्डले जनाएको छ ।बोर्डले त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा समयमा सार्वजनिक गर्नका लागि ३० जनाभन्दा बढी कर्मचारीले सार्वजनिक बिदाको दिनमा पनि काम गरिरहेको बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १८० पटक पढिएको
  • रिक्त रहेका ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    इटहरी । आज सार्वजनिक सूचना जारी गर्दै सरकारले आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न अनुरोध गरिएको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • २०१ पटक पढिएको
  • १२ कक्षाको परीक्षामा शिक्षकले नै चिट चोराएपछि विराटनगरका दर्जन बढी विद्यालयलाई सोधियो स्पष्टीकरण

    विराटनगरः कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले मोरङको विराटनगरका १४ वटा विद्यालयलाई स्पष्टीकरण सोधेको छ । विराटनगरस्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निर्देशक प्रकाशकुमार खरेलले ती विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका छन् ।अनुगमनका क्रममा सोमबार ७ विद्यालय र मंगलबार ७ विद्यालयले अमर्यादित गरेको पाइएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्पष्टीकरण सोधिएका विद्यालयहरूमा जनपथ मावि, सिटी मावि, ग्रीनल्याण्ड मावि, राधाकृष्ण भूपालमान सिंह मावि, अर्किड मावि, मेरील्याण्ड मावि, आदर्श बालिका मावि, बालकल्याण विद्यामन्दिर, गोग्राहा म

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १७८ पटक पढिएको
  • यी हुन् त्रिविले जग्गा खाली गर्न पत्राचार गरेका १७ संघसंस्था

    काठमाडौंः त्रिभुवन विश्वविद्यालयले १७ वटा संघसंस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्राचार गरेको छ । विश्वविद्यालयको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गर्ने संघ–संस्थालाई बैशाख ४ गते ३५ दिने सूचना जारी गरेको हो ।विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरिएको बताइएको छ । विश्वविद्यालयको २ हजारभन्दा बढी रोपनी जग्गा निजीदेखि धार्मिक संघ–संस्थाले प्रयोग गरेको पाइएको छ ।विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २३० पटक पढिएको
  • धरानमा सञ्चालनमा आयो ‘धरान नोबेल कलेज’

    धरान : धरानमा ‘धरान नोबेल कलेज’ सञ्चालनमा आएको छ। धरान–१२, चतारालाइनमा अवस्थित उक्त कलेज यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हो। सञ्चालकहरूले बैशाख २० गते शनिबार औपचारिक रूपमा पूजा–अर्चना गरी कलेजको शुभारम्भ गरेका हुन्।माध्यमिक तह (कक्षा ११ र १२) सञ्चालन गर्ने उद्देश्यसहित स्थापना गरिएको कलेज ७ जना सञ्चालकहरूको लगानीमा सञ्चालनमा आएको हो। कलेज स्थापना गर्न करिब २ करोड रुपैयाँ लगानी गरिएको सञ्चालक सदस्य सोभित यादवले जानकारी दिए।कलेजमा म्यानेजमेन्ट, साइन्स, कम्प्युटर साइन्स तथा फेसन डिजाइन विषयहरू अध्ययन गराइनेछ। साथै, निकट भविष्यमा स्नातक तहका कक्षाहरू समेत सञ्चालन गर्ने योजना कलेज प्रशासनले अघि

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २२८ पटक पढिएको
  • सुविजीमुरमा नेतृत्व विकास तालिम

    विराटचोकः सुविजीमुर मेमोरियल माध्यमिक सुन्दरहरैंचाद्वारा आयोजित नेतृत्व विकास कार्यक्रम अन्तर्गत इन्द्रपुर जुनियर जेसीजको सहकार्यमा ‘द बोल्ड स्टुडेन्ट’ शीर्षकको तालिम समापन भएको छ ।सो तालिममा सहभागी विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चार कला तथा समूहमा सहकार्य गर्ने सीपसम्बन्धी महत्वपूर्ण ज्ञान प्रदान गरिएको थियो । तालिमका सहभागीले विभिन्न अभ्यास, छलफल तथा अन्तरक्रियात्मक गतिविधिहरूमार्फत् व्यावहारिक अनुभव समेत हासिल गरेको जनाइएको छ ।कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, जिम्मेवारीबोध तथा नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १९८ पटक पढिएको
  • अध्यादेश आउनुअघि नै त्रिविका पदाधिकारीले दिए राजीनामा

    काठमाडौंः सरकारले सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको छ । सो अध्यादेश आउनुअघि नै नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका छन् ।आज बिहान बैठक बसी त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सामुहिक राजीनामा दिएका हुन् ।उनीहरुले कर्मचारीमार्फत् राजीनामा पठाएको बताइएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारको ह्वाट्सअपमा पनि सो राजीनामा पत्र पठाइएको बताइएको छ ।उपकुलपति अर्याल केप

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १८४ पटक पढिएको
  • दमकको हिमालय माविमा ९३ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचारको आशंका, प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    दमकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।दमक नगरपालिका–२ स्थित विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध मुद्दा दायर भएको हो ।उनीहरुले आर्थिक वर्ष २०७७–७८ देखि विभिन्न शीर्षकमा विद्यालयको रकम हिनामिना तथा दुरुपयोग गरेको अख्तियारको ठहर छ ।विद्यालय भवन निर्माणमा ठूलो अनियमितता भएको अनुसन्धानबाट खुलेको छ । नमुना विद्यालय भवन निर्माणका क्रममा गरिएको मूल्याङ्कनअनुसार पहिलो तला निर्माणमा जम्मा १ करोड ४८ लाख ५३ हजार

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १९६ पटक पढिएको
  • तयार भयो निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन नपाउने मस्यौदा

    काठमाडौंः सरकारले निजामती कर्मचारीले अब लोक सेवा आयोग र सार्वजनिक निकायबाट हुने पदपूर्तिको लागि लिइने परीक्षाको तयारी कक्षा पढाउन नपाउने प्रस्तावसहितको विधेयकको मस्यौदा तयार पारेको छ ।शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको निजामती सेवा विधेयकको मस्यौदामा सो व्यवस्था गरिएको छ । मन्त्रालयले विधेयकको मस्यौदामा सात दिन म्याद राखेर संशोधन मागेको छ ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १२३ पटक पढिएको
  • विवादमा परे ओखलढुङ्गाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेल

    काठमाडौंः ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले आफ्नो क्षेत्रको विद्यालयका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । सर्वत्र आलोचना र विरोध भएपछि सांसद पोखरेल विवादित बनेका छन् ।पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको भन्दै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • २२५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल