विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा समी लामा नियुक्त हुनुभएको छ ।अधिकारीले २०५३ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सेवा शुरु गरेर २०५७ सालमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्थायी नियुक्त हुनुभएको थियो ।शैक्षिक र प्रशासनिक दुवै क्षेत्रमा खारिएका अधिकारी २०६३ सालमा रिडर (सह–प्राध्यापक) र २०६९ सालमा प्रोफेसर हुनुभएको थियो । भौतिक शास्त्रका विज्ञ अधिकारीले सन् २०१२ मा भारतको टीएम भागलपुर युनिभर्सिटीबाट फिजिक्समा विद्यावारिधी गर्नुभएको छ ।भोजपुरमा जन्मिएका
विराटचोकः काठमाडौंबाट वैदेशिक शिक्षासम्बन्धी परामर्श सेवा दिइरहेको जीआईईसी कन्सल्टेन्सीले मोरङको सुन्दरहरैंचा–९ विराटचोकबाट पनि आफ्नो सेवा शुरु गरेको छ ।पूर्वी नेपालका विद्यार्थीहरूलाई लक्षित गर्दै संस्थाले वैदेशिक अध्ययनसम्बन्धी सम्पूर्ण जानकारी तथा मार्गदर्शन प्रदान गर्न सेवा बिस्तार गरेको जनाएको छ ।संस्थाका प्रतिनिधि हिमालय पोख्रेलका अनुसार जीआईसीईसीले विगत १७ वर्षदेखि काठमाडौंमा रहेर वैदेशिक शिक्षासम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
विराटनगर।एभरेष्ट साइन्स सेन्टर नेपाल (Everest Science Centre Nepal–ESCN) को आयोजनामा सम्पन्न “First ESCN STEAM Workshop & Competition 2082” तथा “Grand Science Exhibition 2082” विराटनगरमा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।माघ १२ देखि १६ गतेसम्म सञ्चालन भएको उक्त पाँचदिने राष्ट्रियस्तरको कार्यक्रमले विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) क्षेत्रमा व्यावहारिक ज्ञान, अनुसन्धानमुखी सोच र नवप्रवर्तनतर्फ अभिप्रेरित गरेको आयोजकले जनाएको छ।ESCN का अनुसार यो कार्यक्रम केवल प्रतियोगितामा सीमित नभई भविष्यका वैज्ञानिक, इन्जिनियर तथा प्रविधि उद्यमी उत्पादन गर्ने
गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविको ६१ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सवमा विद्यालयमा हालै नियुक्त हुनुभएका शिक्षक तथा कर्मचारीलाई स्वागत गरिएको थियो ।विद्यालयमा गत वर्षको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कक्षागत रूपमा पुरस्कृत गरिएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै हालै भएको सुन्दरहरैंचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कास्य पदक जित्ने विद्यार्
विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा समी लामा नियुक्त हुनुभएको छ ।ती पदका लागि २९ जना प्राज्ञिक व्यक्तित्वले आवेदन दिनुभएको थियो ।नवनियुक्त अध्यक्ष प्रा.डा. अधिकारीले आफ्नो झन्डै तीन दशक लामो प्राज्ञिक अनुभवलाई अब विश्वविद्यालयको जनशक्ति व्यवस्थापन र वृत्ति विकासमा खर्चिने बताउनुभएको छ ।लामो समयदेखि सेवा आयोगमा पदाधिकारी नहुँदा शिक्षक र कर्मचारीहरूको वृत्ति विकास ठप्पप्रायः थियो । कर्मचारी बढुवा तथा नयाँ जनशक्तिको लागि खुला प्रतियोगिता गराउनुपर्ने दायित्व पनि अधि
इटहरीः इटहरीस्थित प्रिमियर कलेजमा पत्रकार सम्मेलन गरी सुनसरीका निजी विद्यालय सञ्चालकहरूले जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई आन्दोलनमा पठाएर तोडफोड तथा आगजनी गर्न उक्साएको भन्ने इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको आरोपको खण्डन गरेका छन् ।नगरप्रमुख पौडेलका अभिव्यक्तिहरू कपोकल्पित, आधारहीन र पूर्वाग्रही भएको दाबी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले गरेको हो । सार्वजनिक रूपमा लगाइएका आरोपको प्रमाण प्रस्तुत गर्न नगरप्रमुखलाई हिसानले चुनौति दिएको छ ।नगरप्रमुख पौडेलले भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनका क्रममा इटहरीमा मात्र तोडफोड र आगजनी भएको दाबी
विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्थापना हुने “यमबुद्ध छात्रवृत्ति कोष” मा मोरङ क्षेत्र नं.३ का पूर्व सांसद डा.सुनिल शर्माले १० लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।यम बुद्ध फाउन्डेसनद्वारा मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको अभियानमा उक्त सहयोग प्रदान गरिएको हो । फाउन्डेसनका अनुसार सो अक्षयकोष सुकुना बहुमुखी क्याम्पसमा स्थापना गरिनेछ ।फाउन्डेसनको सिफारिसमा नोबेल मेडिकल कलेजबाट ५ जनालाई शतप्रतिशत निःशुल्क उपचार तथा ५० जनालाई ५० प्रतिशत छुटमा उपचार प्रदान गर्ने घोषणा पनि शर्माले गर्नुभएको छ । त्यस्तै काठमाडौं मेडिकल कलेजबाट १० जनालाई शतप्रतिशत न
लेटाङः लेटाङ नगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको महाभारत माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ ।चालु आर्थिक वर्षका लागि वडा नम्बर ६ को विनियोजित बजेटअन्तर्गत ‘शैक्षिक अभिवृद्धि’ शीर्षकमा छुट्याइएको १ लाख ५० हजार रुपैयाँबाट स्मार्ट बोर्ड खरिद गरी विद्यालयमा जडान गरिएको हो ।सो स्मार्ट बोर्ड उद्घाटन कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष जङ्गवीर तामाङले समयसापेक्ष शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।
लेटाङः विगत ५ वर्षदेखि निरन्तर सञ्चालित ‘छात्रासँग उपमेयर’ कार्यक्रमलाई मोरङको लेटाङ नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ ।लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयबाट यस वर्षको कार्यक्रमको औपचारिक माघ ११ गते शुभारम्भ गरिएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी विद्यालयस्तरीय रूपमा सञ्चालन गरिएको यो कार्यक्रम माघ २५ गतेसम्म सञ्चालन हुने शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ ।यो कार्यक्रमले छात्राहरूको क्षमता अभिवृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि प्रभावकारी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रम अन्तर्गत छात्राहरूको समग्र व्यक्तित्व विका
काठमाडौंः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना सिद्धान्तमा आधारित रहेर शोध गर्ने सानुमैयाँ खड्कालाई नेपाल संस्कृत विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गरेको छ ।खड्काको शोधले ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई गहिरा दार्शनिक अर्थ रहेको निष्कर्ष निकालेको छ । शोधमा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा दर्शनको रूपमा विकसित भएको भनी विश्व अन्य नेताहरूको भाषणसँग तुलना गरिएको छ । उक्त आकांक्षा अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड रहेको छ ।नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्य