इटहरी ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ। निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।
विराटचोकः ‘पेशागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक तथा गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने नारासहित नेपाल प्रगतिशील प्राध्यापक संगठन, कोशी प्रदेशको तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।सुकुना बहुमुखी क्याम्पसमा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष सह–प्रा. डा. पदमप्रसाद खतिवडाले गर्नुभएको थियो । अधिवेशनका अवसरमा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।अधिवेशनमा वर्तमान शैक्षिक अवस्थाबारे ‘कोशी संवाद’ शीर्षकमा विश्लेषणात्मक छलफल भएको थियो । सो संवादमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया र
विराटचोकः विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज होस् भनेर र्याप गायक यमबुद्ध (स्व. अनिल अधिकारी)को नाममा मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरिने भएको छ ।मङ्गलबार यमबुद्ध फाउन्डेशनले सुकुना बहुमुखी क्याम्पसका पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना हुन लागेको जानकारी दिएको हो । फाउण्डेसनका अनुसार यमबुुद्धको सपना पूरा गर्न अक्षयकोष स्थापना गर्न यमबुद्धको स्मृति दिवसको अवसर पारेर श्रद्धाञ्जली कार्यक्रमका साथमा साङ्गीतिक कार्यक्रम हुन लागेको हो ।साङ्गीतिक कार्यक्र
विराटनगरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले उत्कृष्ट नतिजा ल्याउने १३ जना विद्यार्थी र उत्कृष्ट १५ जना शिक्षकलाई सम्मान गरेको छ ।विराटनगरमा सोमबार आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलामा १५ जना शिक्षक र १३ जना विद्यार्थीहरू सम्मानित भएका हुन् । गत वर्षको एसइईको परीक्षामा मोरङका संस्थागत विद्यालयहरूबाट ४ जीपीए ल्याउने १३ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो ।प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार सम्मानित हुनेमा विराटनगरका ११ जना र पथरीका २ जना विद्यार्थी रहेका छन् । विराटनगरका अभिनास राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पोदार, प
विराटचोकः यम बुद्ध फाउन्डेशनको आयोजनामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा स्वर्गीय ¥यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ ।माघ १ गते हुने कार्यक्रम यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मान स्वरूप आयोजना गर्न लागिएको जनाइएको छ । कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहने भएको छ । कार्यक्रममा सङ्गीतमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुका साथै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्न ‘यम ब
पनौती, काभ्रेपलाञ्चोक ।मिति २०८२ पौष २५ गते शुक्रबार पनौती नगरपालिका–३ स्थित विहावर आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि न्यानो स्वेटर र टोपी ५० सेट वितरण कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम सार्वजनिक सरोकार (Public Concern) का संयोजक तथा विद्यालयका प्रधानाध्यापक गणेश सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटा रहनुभएको थियो।कार्यक्रममा Devine Youth Club का अध्यक्ष सुशील जी.सी. सभापति रहनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश सापकोटा, सार्वजनिक सरोकार काभ्रेक
विराटचोकः मोरङको सुकुना बहुमुखी क्याम्पसमा दुई प्रदेशका क्याम्पस प्रमुख सहभागी भई शैक्षिक गुणस्तरको विषयमा अन्तरक्रिया शुरु भएको छ । हिजो शुरु भएको कार्यक्रम आज समापन हुनेछ ।विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् (इक्युएएसी) को आयोजनामा भएको गुणस्तर सुनिश्चितताका बदलिँदा आयामहरू विषयक अभिमुखीकरण तथा पुनर्ताजगी कार्यक्रममा विविध विषयमा अन्तरक्रिया तथा छलफल गरी सुझाव सङ्कलन गरिने भएको छ ।ती दुई प्रदेशका क्युएए प्राप्त तथा हालै क्युएए प्राप्त क्याम्पसहरूलाई लक्षित गरी आयोजित कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज
इटहरीः राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको चौथो वार्षिक साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ । नेका कोशी प्रदेशका अध्यक्ष सन्तोष कुरुम्वाङ्गको अध्यक्षतामा भएको साधारणभामा नेकाका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख आतिथ्यता रहेको थियो ।साधारणसभामा नेका कोशीका अध्यक्ष सन्तोष लिम्बूले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्दन माझीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकाका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शैक्षिक परामर्शदाताहरूको हकहितका सवालमा आवाज उठाउनुका साथै यस क्षेत्रमा देखिएका चुनौतीहरू सामना गर्न एकजुट भएर अघि बढ्न आवश्यक रह
विराटनगरः मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान सांसद डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका–९ मा रहेको जनता माध्यमिक विद्यालयमा २ करोड रुपैयाँ लागतमा भवन बनाउने भएका छन् । साथै उनले १ करोड रुपैयाँको अक्षयकोष पनि स्थापना गरेका छन् ।सो विद्यालयका पूर्वविद्यार्थी शर्माले संघीय शिक्षा नियमावली तथा स्थानीय शिक्षा नियमावली अनुसार २ करोड बराबरको जिन्सी तथा नगद विद्यालयको खातामा जम्मा गरेर विद्यालयको नाम परिवर्तन गरी आफ्ना आमाबुबाको नाम पनि थपेका छन् । अब सो विद्यालयको नाम परिवर्तन गरेर श्री जनता लोकनाथ होमादेवी मावि बनाइएको छ ।५–५ कोठाको २ तले भवनको सोही विद्यालयका पूर्वविद्य
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले पुस २४ गते विभिन्न कार्यक्रमका साथ आफ्नो ३५ औँ आफ्नो स्थापना दिवस मनाउने भएको छ ।प्याब्सनका प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको बताइएको छ । कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ दीपावली गरिने भएको छ ।